Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

सर्लाहीमा ३१ हजारभन्दा बढी मत बदर

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, फाल्गुन २६, २०८२
|
|
३९ पटक हेरिएको
Shares
सर्लाहीमा ३१ हजारभन्दा बढी मत बदर

सारांश

  •   प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ को मतगणना परिणामअनुसार सर्लाहीमा ३१ हजारभन्दा बढी मत बदर भएको छ ।
  • प्रत्यक्षतर्फको आइतबार र समानुपातिकतर्फको सोमवार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार प्रत्यक्ष र समानुपातिक गरी ३१ हजार ८९९ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ ।
  • जिल्ला निर्वाचन कार्यालयको प्रतिवेदनअनुसार जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ १९ हजार ७२२ मत बदर भएको छ भने समानुपातिकतर्फ १२ हजार १७७ मत बदर भएको छ ।

२६ फागुन, सर्लाही ।  प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ को मतगणना परिणामअनुसार सर्लाहीमा ३१ हजारभन्दा बढी मत बदर भएको छ ।

प्रत्यक्षतर्फको आइतबार र समानुपातिकतर्फको सोमवार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार प्रत्यक्ष र समानुपातिक गरी ३१ हजार ८९९ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ ।
जिल्ला निर्वाचन कार्यालयको प्रतिवेदनअनुसार जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ १९ हजार ७२२ मत बदर भएको छ भने समानुपातिकतर्फ १२ हजार १७७ मत बदर भएको छ ।

क्षेत्रगत रूपमा प्रत्यक्षतर्फ सर्लाही निर्वाचन क्षेत्र नम्बर १ मा ५ हजार ३६५, निर्वाचन क्षेत्र नम्बर २ मा ५ हजार ४०८, निर्वाचन क्षेत्र नम्बर ३ मा ४ हजार २६८ र निर्वाचन क्षेत्र नम्बर ४ मा ४ हजार ६८१ मत बदर भएको छ ।
त्यस्तै समानुपातिकतर्फ निर्वाचन क्षेत्र नम्बर १ मा ३ हजार ४८१, निर्वाचन क्षेत्र नम्बर २ मा ३ हजार २५५, निर्वाचन क्षेत्र नम्बर ३ मा २ हजार ८२३ र निर्वाचन क्षेत्र नम्बर ४ मा २ हजार ६१८ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका नायब सुब्बा मनिष कुमार साहले जानकारी दिए ।

चार वटा निर्वाचन क्षेत्र रहेको सर्लाहीमा प्रत्यक्षतर्फ जम्मा ५ लाख ११ हजार ६०६ मतदाता कायम गरिएकोमा प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा ३ लाख १७ हजार १३३ जनाले मतदान गरेका थिए ।
त्यस्तै समानुपातिकतर्फ ५ लाख १७ हजार ६८७ मतदाता कायम गरिएकोमा ३ लाख १८ हजार १४२ जनाले मतदान गरेका थिए ।

जसमध्ये प्रत्यक्षतर्फ २ लाख ९७ हजार ४११ मत सदर भएको छ भने १९ हजार ७२२ मत बदर भएको हो । समानुपातिकतर्फ ३ लाख ५ हजार ९६५ मत सदर भएको छ भने १२ हजार १७७ मत बदर भएको छ ।
प्रत्यक्षतर्फ सबैभन्दा बढी मत सर्लाही निर्वाचन क्षेत्र नम्बर २ मा बदर भएको छ भने समानुपातिकतर्फ निर्वाचन क्षेत्र नम्बर १ मा सबैभन्दा बढी मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज यी पाँच प्रदेशका ११ जिल्ला र आसपास तीव्र वेगको हुरी चल्ने सम्भावना
आज यी पाँच प्रदेशका ११ जिल्ला र आसपास तीव्र वेगको हुरी चल्ने सम्भावना
काँग्रेस—एमाले गठबन्धन सरकार ०८४ को निर्वाचनसम्मैः प्रधानमन्त्री ओली
काँग्रेस—एमाले गठबन्धन सरकार ०८४ को निर्वाचनसम्मैः प्रधानमन्त्री ओली
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
मधेश प्रदेश लोकसेवा आयोगको अध्यक्षमा शिवराम यादव नियुक्त
मधेश प्रदेश लोकसेवा आयोगको अध्यक्षमा शिवराम यादव नियुक्त
अदालतको आँगनमा न्यायाधीश ‘मूर्दावाद’ नाराबाजी
अदालतको आँगनमा न्यायाधीश ‘मूर्दावाद’ नाराबाजी
आगामी शनिबार १२ बजेसम्ममा सबै बन्धक रिहा नगरे युद्धविराम नै भंग हुने डोनाल्ड ट्रम्पको चेतावनी
आगामी शनिबार १२ बजेसम्ममा सबै बन्धक रिहा नगरे युद्धविराम नै भंग हुने डोनाल्ड ट्रम्पको चेतावनी
ताँजाकाेट गाउँपालिका कार्यालयमा आगलागी
ताँजाकाेट गाउँपालिका कार्यालयमा आगलागी
मधेस प्रदेशमा छठमा थप एक दिन सार्वजनिक बिदा
मधेस प्रदेशमा छठमा थप एक दिन सार्वजनिक बिदा
धनुषाका मिटरब्याज पीडितहरु अनिश्चितकालिन आन्दोलनमा, प्रहरी कार्यालय अगाडि प्रदर्शन
धनुषाका मिटरब्याज पीडितहरु अनिश्चितकालिन आन्दोलनमा, प्रहरी कार्यालय अगाडि प्रदर्शन
आज एकैदिन भूकम्पका तीन धक्का
आज एकैदिन भूकम्पका तीन धक्का