धनुषा–१ बाट निर्वाचित मातृका यादवले पाए निवार्चन आयोगबाट प्रमाणपत्र

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, फाल्गुन २६, २०८२
|
|
३२ पटक हेरिएको
Shares
धनुषा–१ बाट निर्वाचित मातृका यादवले पाए निवार्चन आयोगबाट प्रमाणपत्र

सारांश

  • धनुषा १ मा रास्वपाका उम्मेदवार किशोरी साह कमलको मुद्दा अदालतमा चलिरहेको बेला नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट उठेका प्रतिनिधिसभा सदस्य उम्मेदवार मातृका प्रसाद यादवलाई निर्वाचित भएको प्रमाण पत्र प्रदान गरिएको छ ।
  • निर्वाचन अधिकृतको कार्यालयले सोमबार साँझ यादवलाई प्रमाणपत्र हस्तान्तरण गरेको छ ।
  • नेकपाका कार्यकर्ता तथा समर्थकहरूको व्यापक दबाबपछि निर्वाचन अधिकृतको कार्यालयले यादवलाई निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गरेको हो ।

२६ फागुन, धनुषा ।

धनुषा १ मा रास्वपाका उम्मेदवार किशोरी साह कमलको मुद्दा अदालतमा चलिरहेको बेला नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट उठेका प्रतिनिधिसभा सदस्य उम्मेदवार मातृका प्रसाद यादवलाई निर्वाचित भएको प्रमाण पत्र प्रदान गरिएको छ । निर्वाचन अधिकृतको कार्यालयले सोमबार साँझ यादवलाई प्रमाणपत्र हस्तान्तरण गरेको छ । नेकपाका कार्यकर्ता तथा समर्थकहरूको व्यापक दबाबपछि निर्वाचन अधिकृतको कार्यालयले यादवलाई निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गरेको हो ।

निर्वाचन आयोगले रास्वपाका उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गरे पनि उनलाई आएको मतको लगत राख्न भनेको थियो । तर त्यसको अर्को दिन पुनः अर्को पत्र जारी गर्दै निर्वाचित भएकालाई प्रमाणपत्र उपलब्ध नगराउन र मतगणनाको परिणाम सार्वजनिक नगर्न आदेश दिएको थियो । मातृकाप्रसाद यादवले १० हजार ४२८ मत प्राप्त गरेका थिए भने नेपाली कांग्रेसका उम्मेदवार रामपलटन साहले ९ हजार ४८५ र नेकपा (एमाले) का रामचन्द्र मण्डलले ९ हजार २२० मत प्राप्त गरेका थिए । रास्वपाका उम्मेदवार कमलको उम्मेदवारी खारेज भए पनि उनको चुनाव चिन्हमा झन्डै मातृका भन्दा दोब्बर मत परेको थियो ।

नेकपा केन्द्रीय कार्यालयका सचिव गोविन्द आचार्यले पनि एक विज्ञप्ति जारी गर्दै निर्वाचन आयोगले निर्वाचन ऐन, २०७४ बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज गरिसकेकोमा विजयी उम्मेदवार यादवलाई प्रमाणपत्र नदिनु गम्भीर विषय भएको बताएको थियो । आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पत्रको आधारमा मत परिणाम सार्वजनिक गरिए पनि निर्वाचित भएका यादवलाई प्रमाणपत्र दिन आलटाल गर्दै आएको थियो । रास्वपाका उम्मेदवार कमलको कालोसूची सम्बन्धी मुद्दा अहिले सर्वोच्च अदालतमा चलिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौँमा सशस्त्र प्रहरीको पनि निःशुल्क बस सेवा
काठमाडौँमा सशस्त्र प्रहरीको पनि निःशुल्क बस सेवा
गाउँकै उत्पादन गाउँमा नै उद्योग, गाउँमा नै रोजगारी
गाउँकै उत्पादन गाउँमा नै उद्योग, गाउँमा नै रोजगारी
टप एन्ड टी-२० सिरिज : सोमपालको ५ विकेटमा नेपालको लगातार दोस्रो जित
टप एन्ड टी-२० सिरिज : सोमपालको ५ विकेटमा नेपालको लगातार दोस्रो जित
आजको मौसम : मनसुनीसहित चार वायु थप सक्रियहुँदा भारी वर्षाको सम्भावना
आजको मौसम : मनसुनीसहित चार वायु थप सक्रियहुँदा भारी वर्षाको सम्भावना
हनुमानढोका दरबार सङ्ग्रहालय पुनर्संरचना गर्दै सञ्चालनमा ल्याउने तयारी
हनुमानढोका दरबार सङ्ग्रहालय पुनर्संरचना गर्दै सञ्चालनमा ल्याउने तयारी
घुमुवा प्रहरी भन्दै ठगी गर्ने पक्राउ
घुमुवा प्रहरी भन्दै ठगी गर्ने पक्राउ
न्यायपालिकाको हस्तक्षेपले कार्यपालिका र व्यवस्थापिकाले काम गर्न सकेनन् : योगेश भट्टराई
न्यायपालिकाको हस्तक्षेपले कार्यपालिका र व्यवस्थापिकाले काम गर्न सकेनन् : योगेश भट्टराई
बंगलादेशसँग पराजित हुँदै नेपाल साफ यू-२० च्याम्पियनसिपबाट बाहिरियो
बंगलादेशसँग पराजित हुँदै नेपाल साफ यू-२० च्याम्पियनसिपबाट बाहिरियो
पठाओ राइडरको कोठामा भेटियो स्वचालित इन्सास ह*तियार, एक जना पक्राउ
पठाओ राइडरको कोठामा भेटियो स्वचालित इन्सास ह*तियार, एक जना पक्राउ
सौराहामा होटलको चौथो तलाबाट खस्दा सिन्धुलीकी छात्रा स्नेहा पाख्रिनको मृ*त्यु
सौराहामा होटलको चौथो तलाबाट खस्दा सिन्धुलीकी छात्रा स्नेहा पाख्रिनको मृ*त्यु