२६ फाल्गुन २०८२, मंगलवार

समानुपातिकतर्फ रास्वपा साढे ४९ लाख नजिक, अरुको मत कति ?

 

२६ फागुन, काठमाडौं ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड दुई लाख ९० हजार ५४६ मतगणना भएको छ । निर्वाचन आयोगले उपलब्ध गराएको बिहान ७ : २७ बजेसम्मको विवरणअनुसार, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबैभन्दा बढी अर्थात् ४९ लाख ४७ हजार ५२३ मत प्राप्त गरेको छ । यस्तै, नेपाली कांग्रेसले १६ लाख ७३ हजार ९८३, नेकपा (एमाले)ले १३ लाख ८९ हजार ८२०, नेपाली कम्युनिस्ट पार्टीले ७ लाख ५२ हजार ९४६, श्रम संस्कृति पार्टीले ३ लाख ४७ हजार ७८५, राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २२ हजार ४७२ मत प्राप्त गरेको छ ।

यस्तै, जनता समाजवादी पार्टी नेपालले एक लाख ६९ हजार ४१६, राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ६५ हजार ३२ र जनमत पार्टीले ७५ हजार ४७१ मत प्राप्त गरेको छ । समानुपातिक तर्फको मतगणना जारी छ । हालसम्म रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाले थ्रेसहोल्ड कटाइसकेका छन् । प्रत्यक्ष तर्फका १६५ वटै क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ । प्रत्यक्षतर्फ रास्वपाले १२५, नेपाली कांग्रेसले १८, एमालेले ९, नेकपाले ८, श्रम संस्कृति पार्टीले ३ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ सिट जितेको छ ।

Post Comment

छुटाउनुभयो कि ?