बाजुरामा कांग्रेसका उम्मेदवार जनक गिरीको अग्रता
२३ फागुन,बाजुरा ।
प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत बाजुराको पछिल्लो मतगणना अपडेट सार्वजनिक भएको छ । मतपरिणामअनुसार रुख चिन्हका उम्मेदवार जनक गिरीले ७८५२ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी सूर्य चिन्हका लालबहादुर थापाले ६६९२ मत प्राप्त गरेका छन् । त्यस्तै घण्टी चिन्हका हेमराज थापाले ३३४४ मत पाएका छन् ।

यसैगरी तारा चिन्हका प्रकाश शाहले १४०४ मत प्राप्त गरेका छन् भने हलो चिन्हका केशर शाहीले १७९ मत पाएका छन् ।अन्य उम्मेदवारहरूमा आँखा चिन्हका दिपक डिसीले ८५, गुलाब चिन्हका भुपेन्द्र विकले १०९ र भंगेरो चिन्हका उपेन्द्र शाहीले ५७ मत प्राप्त गरेका छन् । मतगणनामा ११८ मत बदर भएको जनाइएको छ । मतगणना अझै जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी रहेको निर्वाचन स्रोतले जनाएको छ ।



Post Comment