१८ फाल्गुन २०८२, सोमबार

कांग्रेसले उपत्यकाका ६ ठाउँमा चुनावी सभा गर्ने

१७ फागुन, काठमाडौं ।

नेपाली कांग्रसले आज काठमाडौं उपत्यकाका ६ ठाउँमा चुनावी सभा गर्ने भएको छ । आज हुने चुनावी सभामा पार्टी सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा र प्रवक्ता देवराज चालिसेले सम्बोधन गर्ने भएका छन् । चुनावी सभा दिउँसो १ बजे काठमाडौं १० को कीर्तिपुर, दिउँसो २ बजे भक्तपुरको ठिमी र दिउँसो ३ बजे बालाजुमा हुनेछ । यसैगरी, दिउँसो ३ः३० बजे काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ र ६ को संयुक्त चुनावी सभा सभामुखी चोकमा हुनेछ ।

यस्तै, दिउँसो ४ बजे काठमाडौं क्षेत्र नम्बर ४ को बालुवाखानीमा चुनावी सभा हुनेछ । दिउँसो १ बजे काठमाडौं १० को कीर्तिपुरमा हुने चुनावी सभामा सभापति गगनकुमार थापा र प्रवक्ता देवराज चालिसेले सम्बोधन गर्नेछन् । दिउँसो २ बजे भक्तपुरको ठिमीमा हुने कांग्रेसको चुनावी सभामा पार्टी उपसभापति विश्वप्रकाश शर्माले सम्बोधन गर्ने छन् । काठमाडौं ९२ को पेप्सीकोला टाउनप्लानिङमा हुने चुनावी सभामा पनि उपसभापति शर्माले सम्बोधन गर्ने भएका छन् । काठमाडौं ९७ को बालाजुमा दिउँसो ३ बजे हुने चुनावी सभामा सभापति गगन थापा र प्रवक्ता देवराज चालिसेले सम्बोधन गर्नेछन् ।

Post Comment

छुटाउनुभयो कि ?