Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

टी–२० विश्वकपमा आज तीन वटा खेल हुँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, फाल्गुन २, २०८२
|
|
६८ पटक हेरिएको
Shares
टी–२० विश्वकपमा आज तीन वटा खेल हुँदै

सारांश

  • भारतमा जारी टी–२० विश्वकपमा आज तीन वटा खेल हुँदैछन् ।
  • शनिबार पहिलो खेलमा समुह बी अन्तर्गत आयरल्याण्ड र ओमानबीच प्रतिस्पर्धा हुँदैछ ।
  • श्रीलंकाको कोलम्बोमा हुने यो खेल नेपाली समय अनुसार बिहान ११ः १५ बजेदेखि शुरु हुदैछ ।

 

२ फागुन, काठमाडौँ ।

भारतमा जारी टी–२० विश्वकपमा आज तीन वटा खेल हुँदैछन् । शनिबार पहिलो खेलमा समुह बी अन्तर्गत आयरल्याण्ड र ओमानबीच प्रतिस्पर्धा हुँदैछ । श्रीलंकाको कोलम्बोमा हुने यो खेल नेपाली समय अनुसार बिहान ११ः १५ बजेदेखि शुरु हुदैछ । आयरल्याण्ड र ओमान दुवैले अहिलेसम्म आफ्ना शुरुका २–२ खेलमा हार बेहोरेका छन् । त्यस्तै आजको दोस्रो खेलमा समुह सी का इङल्याण्ड र स्कटल्याण्ड भिड्दैछन् ।

भारतको कोलकोतास्थित इडेन गार्डेनमा हुने यो खेल दिउसो ३ः १५ बजेदेखि शुरु हुदैछ । जारी विश्वकपमा इङल्याण्ड र स्कटल्याण्ड दुवैले २–२ खेलमा १–१ खेल जितेका छन् भने १–१ खेलमा हार बेहोरेका छन् । त्यस्तै,आज तेस्रो खेल समुह डी का न्यूजील्याण्ड र दक्षिण अफ्रिकाबीच हुदैछ । यो खेल नेपाली समय अनुसार साँझ ७ः १५ बजेदेखि शुरु हुदैछ । न्यूजील्याण्ड र दक्षिण अफ्रिका दुवैले यसअघि खेलेका २–२ खेलमा नै जित हासिल गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लहानमा उल्टो गङ्गा : जसले लुटे, उनैले फिर्ता गर्दैछन् चामल र चिनी !
लहानमा उल्टो गङ्गा : जसले लुटे, उनैले फिर्ता गर्दैछन् चामल र चिनी !
झुण्डिएको अवस्थामा ५७ बर्षीय लिम्बुको शव फेला
झुण्डिएको अवस्थामा ५७ बर्षीय लिम्बुको शव फेला
मधेश प्रदेशको बजेट : एक करोडभन्दा कमका योजनामा बजेट नछर्ने, नयाँ गाडी नकिन्ने
मधेश प्रदेशको बजेट : एक करोडभन्दा कमका योजनामा बजेट नछर्ने, नयाँ गाडी नकिन्ने
इजरायलबाट फर्कन ८ सय ८५ जना नेपालीले नाम टिपाएका छन् : परराष्ट्रमन्त्री राणा
इजरायलबाट फर्कन ८ सय ८५ जना नेपालीले नाम टिपाएका छन् : परराष्ट्रमन्त्री राणा
सुधन गुरुङमाथि छानबिन नभएकोमा कांग्रेसले संसद्‌मा उठायो प्रश्न
सुधन गुरुङमाथि छानबिन नभएकोमा कांग्रेसले संसद्‌मा उठायो प्रश्न
पाल्पामा ५० प्रतिशतभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका
पाल्पामा ५० प्रतिशतभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका
कोहलीद्वारा टेस्ट क्रिकेटबाट सन्यासको घोषणा
कोहलीद्वारा टेस्ट क्रिकेटबाट सन्यासको घोषणा
सेयर बजार २७२२ अंकमा, पौने ११ अर्बको कारोबार
सेयर बजार २७२२ अंकमा, पौने ११ अर्बको कारोबार
मन्त्रिपरिषद् बैठकका ११ वटा निर्णयहरू सार्वजनिक
मन्त्रिपरिषद् बैठकका ११ वटा निर्णयहरू सार्वजनिक
अमरेश सिंहको क्षेत्र सर्लाही ४ बाट गगन थापा उम्मेदवार सिफारिस
अमरेश सिंहको क्षेत्र सर्लाही ४ बाट गगन थापा उम्मेदवार सिफारिस