राष्ट्रिय सभा बैठक आज बस्दै, वार्षिक प्रतिवेदन र समितिका अध्ययन प्रतिवेदन पेस हुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, फाल्गुन १, २०८२
|
|
२५ पटक हेरिएको
Shares
राष्ट्रिय सभा बैठक आज बस्दै, वार्षिक प्रतिवेदन र समितिका अध्ययन प्रतिवेदन पेस हुने

सारांश

  • संघीय संसदअन्तर्गत रहेको राष्ट्रिय सभाको आज उन्नाइसौँ अधिवेशनको नवौँ बैठक बस्ने भएको छ ।
  • बैठक अपराह्न १२ः१५ बजे बस्ने भएको हो ।
  • बैठकको सम्भावित दैनिक कार्यसूची सार्वजनिक गरिएको छ ।

१ फागुन, काठमाडौं ।

संघीय संसदअन्तर्गत रहेको राष्ट्रिय सभाको आज उन्नाइसौँ अधिवेशनको नवौँ बैठक बस्ने भएको छ । बैठक अपराह्न १२ः१५ बजे बस्ने भएको हो । बैठकको सम्भावित दैनिक कार्यसूची सार्वजनिक गरिएको छ । कार्यसूची अनुसार राष्ट्रिय सभाका अध्यक्षले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा सभालाई जानकारी गराउने छन्। त्यसैगरी प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री सुशिला कार्कीले मुस्लिम आयोगको आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ ।

बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दाहालर्ले संघीय एकाइहरुबीच विधायिकी अन्तरसम्बन्धः अध्ययन प्रतिवेदन, २०८२’ तर्था बालबालिका सम्बन्धी ऐन, २०७५ मा रहेका बाल सहभागिता सम्बन्धी प्रावधानहरुको कार्यान्वयन मापन प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यक्रम छ । यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति माया प्रसाद शर्माले अध्यागमन ऐन, २०४९ तथा सो ऐनअन्तर्गत बनेका प्रत्यायोजित विधायनसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ। बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलद्धारा अधिवेशन अन्त्य सम्बन्धी प्राप्त पत्रको व्यहोरा पनि सभालाई जानकारी गराइनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मानव तस्करीमा संलग्न रहेको आरोपमा १ जना पक्राउ
मानव तस्करीमा संलग्न रहेको आरोपमा १ जना पक्राउ
मुग्लिन–नारायणगढ सडक खण्डमा पहिरो, करिब चार घण्टा यातायात अवरुद्ध
मुग्लिन–नारायणगढ सडक खण्डमा पहिरो, करिब चार घण्टा यातायात अवरुद्ध
अवैध रूपमा भारतमा बसिरहेको आरोपमा १५ विदेशी पक्राउ, डिपोर्टको तयारी
अवैध रूपमा भारतमा बसिरहेको आरोपमा १५ विदेशी पक्राउ, डिपोर्टको तयारी
राजावादी छाडा हुँदैछन्, इँटको जवाफ पत्थरले दिनेगरी तयारी गर्नुस् : प्रचण्ड
राजावादी छाडा हुँदैछन्, इँटको जवाफ पत्थरले दिनेगरी तयारी गर्नुस् : प्रचण्ड
कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै
कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै
जेनजी आन्दोलनमा ताकिताकी गोली हान्ने आदेश थिएन, प्रहरीसँग नभएका हतियारले गोली हानिएको छ : ओली
जेनजी आन्दोलनमा ताकिताकी गोली हान्ने आदेश थिएन, प्रहरीसँग नभएका हतियारले गोली हानिएको छ : ओली
सर्लाहीमा‌ कटुवा पेस्तोलसहित एक युवक पक्राउ
सर्लाहीमा‌ कटुवा पेस्तोलसहित एक युवक पक्राउ
सहकारी ठगी प्रकरण : ज्योति गुरुङसहित दुई जनाविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोलमा प्रहरीको पत्र
सहकारी ठगी प्रकरण : ज्योति गुरुङसहित दुई जनाविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोलमा प्रहरीको पत्र
बैंकिङ कसूर मुद्दाका फरार तीनजना प्रतिवादी पक्राउ
बैंकिङ कसूर मुद्दाका फरार तीनजना प्रतिवादी पक्राउ
जीबी राई मलेसियामा भएको पत्ता लागिसक्यो : गृहमन्त्री रवि लामिछाने
जीबी राई मलेसियामा भएको पत्ता लागिसक्यो : गृहमन्त्री रवि लामिछाने