Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

मुगुमा निर्वाचन लक्षित संयुक्त सुरक्षा नमुना अभ्यास प्रदर्शन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, माघ २२, २०८२
|
|
९८ पटक हेरिएको
Shares
मुगुमा निर्वाचन लक्षित संयुक्त सुरक्षा नमुना अभ्यास प्रदर्शन

सारांश

  • फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण, भयमुक्त र मर्यादित रूपमा सम्पन्न गराउने उद्देश्यले मुगुमा निर्वाचन लक्षित संयुक्त सुरक्षा नमुना अभ्यास प्रदर्शन गरिएको छ ।
  • नेपाली सेनाको श्री हनुमानध्वज गुल्म, हुटु मुगुको आयोजनामा सदरमुकाम गमगढीस्थित श्री देवीदत्त गण (ख) गुल्म, सुसेमुमा सुरक्षा प्रदर्शन गरिएको हो।
  • निर्वाचन अवधिमा एकीकृत सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्ने तथा जिल्लाको समग्र सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउने उद्देश्यसहित अभ्यास सञ्चालन गरिएको आयोजकले जनाएको छ।

 

२२ माघ, मुगु ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण, भयमुक्त र मर्यादित रूपमा सम्पन्न गराउने उद्देश्यले मुगुमा निर्वाचन लक्षित संयुक्त सुरक्षा नमुना अभ्यास प्रदर्शन गरिएको छ । नेपाली सेनाको श्री हनुमानध्वज गुल्म, हुटु मुगुको आयोजनामा सदरमुकाम गमगढीस्थित श्री देवीदत्त गण (ख) गुल्म, सुसेमुमा सुरक्षा प्रदर्शन गरिएको हो। निर्वाचन अवधिमा एकीकृत सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्ने तथा जिल्लाको समग्र सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउने उद्देश्यसहित अभ्यास सञ्चालन गरिएको आयोजकले जनाएको छ।

जिल्लास्थित तीनवटै सुरक्षा निकाय—नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल—तथा जिल्ला निर्वाचन कार्यालयको समन्वयमा एकीकृत सुरक्षा तालिम अन्तर्गत उक्त प्रदर्शन गरिएको हो। निर्वाचनका क्रममा हुन सक्ने विभिन्न निर्वाचनविरोधी गतिविधि नियन्त्रण गरी निष्पक्ष, शान्तिपूर्ण र भयमुक्त वातावरणमा मतदान सम्पन्न गराउने अभ्यास सुरक्षाकर्मीहरूले योजनाबद्ध रूपमा प्रस्तुत गरेका थिए। मतदान केन्द्र सुरक्षामा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त भूमिकाबारे पनि नमुना अभ्यासमार्फत जानकारी दिइएको श्री हनुमानध्वज गुल्म, हुटुका सेनानी खड्गबहादुर श्रेष्ठले बताए।

एकीकृत तालिमको अन्तिम दिन आयोजित सुरक्षा प्रदर्शन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले निर्वाचन शान्तिपूर्ण बनाउन राजनीतिक दलहरू स्वयं पनि मर्यादित र जिम्मेवार हुनुपर्ने आवश्यकता औँल्याए । उनले निर्वाचनका क्रममा विभिन्न स्वरूपका घटना हुन सक्ने भएकाले त्यस्ता गतिविधि नियन्त्रणमा सुरक्षाकर्मीको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्दै यस्ता अभ्यासले मतदान केन्द्रलाई सुरक्षित र व्यवस्थित रूपमा सञ्चालन गर्न सहयोग पुग्ने बताए। यस सुरक्षा अभ्यासले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई सुरक्षित, व्यवस्थित र विश्वसनीय बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेश प्रदेशका सबै स्थानीय तहलाई कर्मचारीको विवरण बुझाउन प्रदेश सरकारको अल्टिमेटम
मधेश प्रदेशका सबै स्थानीय तहलाई कर्मचारीको विवरण बुझाउन प्रदेश सरकारको अल्टिमेटम
अर्थमन्त्रीसँग चौथाइवालेको भेटवार्ता
अर्थमन्त्रीसँग चौथाइवालेको भेटवार्ता
वैदेशिक रोजगारमा पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ
वैदेशिक रोजगारमा पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ
देउतीबज्यै मन्दिरका पुजारी मृत फेला
देउतीबज्यै मन्दिरका पुजारी मृत फेला
मेयर सिंहलाई पक्राउ गर्न प्रहरीको विशेष टोली परिचालन
मेयर सिंहलाई पक्राउ गर्न प्रहरीको विशेष टोली परिचालन
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भू*कम्प
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भू*कम्प
नेप्सेले दियो गिरावटलाई निरन्तरता, कारोबार रकममा देखियो सुधार
नेप्सेले दियो गिरावटलाई निरन्तरता, कारोबार रकममा देखियो सुधार
पशुपतिनाथको सम्पत्ति २१ वर्षपछि फिर्ता, मारवाडीको कब्जाबाट मुक्त भयो गौशाला धर्मशाला
पशुपतिनाथको सम्पत्ति २१ वर्षपछि फिर्ता, मारवाडीको कब्जाबाट मुक्त भयो गौशाला धर्मशाला
जरिवाना नतिरेका ६ दललाई निर्वाचनमा भाग लिन दिने/नदिने आयोगको हातमा
जरिवाना नतिरेका ६ दललाई निर्वाचनमा भाग लिन दिने/नदिने आयोगको हातमा
बाजुराको हिमालीका अधिकांश अन्धकार बस्ती आठ महिनापछि पुनः झिलिमिली
बाजुराको हिमालीका अधिकांश अन्धकार बस्ती आठ महिनापछि पुनः झिलिमिली