बालेन शाहको मण्डिखाटारस्थित घरमा चोरी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, माघ १७, २०८२
|
|
३२ पटक हेरिएको
Shares
बालेन शाहको मण्डिखाटारस्थित घरमा चोरी

सारांश

  • रास्वपाका वरिष्ठ नेता बालेन शाहको राजधानीको मण्डिखाटारमा रहेको घरमा चोरी भएको छ ।
  • काठमाडौँका पूर्वमेयर समेत रहेका बालेन र उनकी पत्नी हाल बाहिर रहेको समयमा घरमा चोरी भएको हो ।
  • शुक्रबार साँझ बालेनको मामा ससुराका छोराले घर पुग्दा चोरी भएको थाहा पाएका थिए ।

१७ माघ, काठमाडौं ।

रास्वपाका वरिष्ठ नेता बालेन शाहको राजधानीको मण्डिखाटारमा रहेको घरमा चोरी भएको छ । काठमाडौँका पूर्वमेयर समेत रहेका बालेन र उनकी पत्नी हाल बाहिर रहेको समयमा घरमा चोरी भएको हो । शुक्रबार साँझ बालेनको मामा ससुराका छोराले घर पुग्दा चोरी भएको थाहा पाएका थिए । उनले नै घरमा पुगेर नियमित रूपमा घरमा बत्ती बाल्ने, निभाउने र बिरुवामा पानी हाल्न जाने जस्ता काम गर्दै आएको बताइएको छ ।  हिजो साँझ घर पुग्दा मूल ढोका फोडिएको र सामानहरू तितरबितर भएको देखेपछि उनले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीका अनुसार चोरहरूले घरमा जडान गरिएका २-३ वटा सिसीटिभी क्यामेरा, फुटेज रेकर्ड हुने डिभिआर र बाथरुम तथा भान्साका धाराका टुटीहरू समेत चोरेर लगेका छन् । अरु सामान पनि चोरी भएको-नभएको भन्नेबारे थप खुलाइएको छैन । घटनाको जानकारी पाएलगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालय, महाराजगञ्ज प्रहरी वृत्त र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली अनुसन्धानका लागि खटिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले घटनाको पुष्टि गर्दै एक इन्स्पेक्टरको नेतृत्वमा विशेष टोली बनाएर अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रहरीको प्रारम्भिक अनुमान अनुसार चोरहरू पर्खाल नाघेर घरभित्र प्रवेश गरेका थिए। सिसीटिभी फुटेज र अन्य प्राविधिक पक्षको अध्ययन गर्दा यो काम ‘प्रोफेसनल’ चोरहरूको समूहले गरेको हुन सक्ने देखिएको प्रहरीको भनाइ छ । घटना गत १४ गतेदेखि हिजो साँझको बीचमा भएको हुनसक्ने प्रहरीको भनाइ छ । प्रहरीले अहिले घटनास्थलको मुचुल्का उठाएर शंकास्पद व्यक्तिहरूको खोजी कार्य तीव्र पारेको जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्युतीय मोटर चलाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु
विद्युतीय मोटर चलाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
राष्ट्र बैंकद्वारा डिजिटल वित्तीय सेवा प्रयोग गर्न आग्रह
राष्ट्र बैंकद्वारा डिजिटल वित्तीय सेवा प्रयोग गर्न आग्रह
एमाले प्रतिनिधि छनोट विवाद  : केन्द्रको पत्र कार्यान्वयनमा धनकुटा र ओखलढुंगामा आनाकानी
एमाले प्रतिनिधि छनोट विवाद : केन्द्रको पत्र कार्यान्वयनमा धनकुटा र ओखलढुंगामा आनाकानी
पत्रकार दिनेश सिटौलाको निधन
पत्रकार दिनेश सिटौलाको निधन
पौडी खेल्ने क्रममा डुबेर किशोरको मृ*त्यु
पौडी खेल्ने क्रममा डुबेर किशोरको मृ*त्यु
पार्टी एकतामा जोड दिन नेता, कार्यकर्तालाई एमाले अध्यक्ष ओलीको निर्देशन
पार्टी एकतामा जोड दिन नेता, कार्यकर्तालाई एमाले अध्यक्ष ओलीको निर्देशन
भूमाफियाबाट वनको जग्गा जोगाउने डिएफओलाई मुख्यमन्त्रीको सराहना
भूमाफियाबाट वनको जग्गा जोगाउने डिएफओलाई मुख्यमन्त्रीको सराहना
सर्लाहीमा मोटरसाइकल र साइकल ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते
सर्लाहीमा मोटरसाइकल र साइकल ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते
कञ्चनपुरमा हत्या अभियोगमा फरार भएका कांग्रेसका नेता बोहरा पक्राउ
कञ्चनपुरमा हत्या अभियोगमा फरार भएका कांग्रेसका नेता बोहरा पक्राउ