दशरथ रंगशालामा नेपाल र चीनबीच मैत्रीपूर्ण महिला फुटबल हुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, माघ १२, २०८२
|
|
३६ पटक हेरिएको
Shares
दशरथ रंगशालामा नेपाल र चीनबीच मैत्रीपूर्ण महिला फुटबल हुने

सारांश

  • सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर अखिल नेपाल फुटबल संघ (एन्फा), युनान विश्वविद्यालयको शारीरिक शिक्षा संकाय तथा नेपाल ओभरसिज चिनिया संघको संयुक्त आयोजना तथा नेपालस्थित चिनिया राजदूतावास र राष्ट्रिय खेलकुद परिषद्को समन्वयमा उक्त खेल हुन लागेको जानकारी गराइएको हो ।
  • चिनिया नयाँ वर्षको उपलक्ष्यमा आयोजना गरिन लागेको यस खेलले नेपाली यू–२० महिला टोलीको तयारी तथा अन्तर्राष्ट्रिय अनुभव अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।
  • साथै, यस प्रकारका मैत्रीपूर्ण खेलहरूले खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धात्मक वातावरणमा खेल्ने अवसर प्रदान गर्नुका साथै नेपाली महिला फुटवलको समग्र विकासमा महत्वपूर्ण योगदान पुयाउने विश्वास लिइएको छ ।

१२ माघ,काठमाडौ

आगामी २०२६ जनवरी ३१ का दिन दशरथ रंगशालामा नेपाली राष्ट्रिय यू–२० महिला फुटवल टोली र चीनको युनान यूथ महिला टोलीबीच एक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल आयोजना हुने भएको छ ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर अखिल नेपाल फुटबल संघ (एन्फा), युनान विश्वविद्यालयको शारीरिक शिक्षा संकाय तथा नेपाल ओभरसिज चिनिया संघको संयुक्त आयोजना तथा नेपालस्थित चिनिया राजदूतावास र राष्ट्रिय खेलकुद परिषद्को समन्वयमा उक्त खेल हुन लागेको जानकारी गराइएको हो ।

चिनिया नयाँ वर्षको उपलक्ष्यमा आयोजना गरिन लागेको यस खेलले नेपाली यू–२० महिला टोलीको तयारी तथा अन्तर्राष्ट्रिय अनुभव अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ । साथै, यस प्रकारका मैत्रीपूर्ण खेलहरूले खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धात्मक वातावरणमा खेल्ने अवसर प्रदान गर्नुका साथै नेपाली महिला फुटवलको समग्र विकासमा महत्वपूर्ण योगदान पुयाउने विश्वास लिइएको छ । खेलअघि नेपाल र चीनका विभिन्न सांस्कृतिक विविधता झल्काउने सांस्कृतिक प्रस्तुतिहरू पनि प्रस्तुत गरिने कार्यक्रम रहेका छ । उक्त खेलका लागि चिनियाँ टोली २०२६ जनवरी २९ मा नेपाल आइपुग्ने जानकारी तयारी गरिएको छ ।

एन्फाले विगत तीन वर्षदेखि नेपाल र चिनियाँ युवा टोलीहरूबीच यस प्रकारका मैत्रीपूर्ण खेलहरूको आयोजना गर्दै आइरहेको छ । यस खेलका लागि नेपाली राष्ट्रिय यू–२० महिला टोली मुख्य प्रशिक्षक याम प्रसाद गुरुङको नेतृत्वमा हाल बन्द प्रशिक्षणमा रहेको छ । खेलको प्रत्यक्ष प्रसारण साउथ एशिया नेटवर्क टिभीको वेवसाइट बाट गरिनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लुक्लामा मौसम खराब हुँदा रामेछापमा रोकिए सयौँ पर्यटक
लुक्लामा मौसम खराब हुँदा रामेछापमा रोकिए सयौँ पर्यटक
कांग्रेसका ९ लाख क्रियाशील सदस्यमध्ये ३ लाखको मात्रै नवीकरण
कांग्रेसका ९ लाख क्रियाशील सदस्यमध्ये ३ लाखको मात्रै नवीकरण
पोखरा विमानस्थल प्रकरण : पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर
पोखरा विमानस्थल प्रकरण : पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर
झ्याप्ले खोलाको पहिरोमा थप सवारीसाधन पुरिएको आशङ्कामा पुनः खोजी गरिँदै
झ्याप्ले खोलाको पहिरोमा थप सवारीसाधन पुरिएको आशङ्कामा पुनः खोजी गरिँदै
प्रधानमन्त्री ओलीको मोदीसँग अन्तत: भेट हुदै
प्रधानमन्त्री ओलीको मोदीसँग अन्तत: भेट हुदै
देशका ९८ प्रतिशत जनताको घरमा बिजुली
देशका ९८ प्रतिशत जनताको घरमा बिजुली
आजको मौसम : यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना
महिलाका लागि ‘ब्लु बस’ सञ्चालन गर्ने सरकारको घोषणा
महिलाका लागि ‘ब्लु बस’ सञ्चालन गर्ने सरकारको घोषणा
नेपाली सेनामा भर्ना खुल्यो (सूचनासहित)
नेपाली सेनामा भर्ना खुल्यो (सूचनासहित)
नेपाललाई नेत्र उपचारको क्षेत्रीय केन्द्र बनाउने सरकारको लक्ष्यः मन्त्री पन्त
नेपाललाई नेत्र उपचारको क्षेत्रीय केन्द्र बनाउने सरकारको लक्ष्यः मन्त्री पन्त