रौतहट–४ निर्वाचन रोचक बन्ने अनुमान, ऋषि धमला पनि बने उम्मेदवार

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, माघ ६, २०८२
|
|
४५ पटक हेरिएको
Shares
रौतहट–४ निर्वाचन रोचक बन्ने अनुमान, ऋषि धमला पनि बने उम्मेदवार

सारांश

  • आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि रौतहट क्षेत्र नम्बर–४ मा उत्साहजनक रूपमा उम्मेदवारी दर्ता भएको छ ।
  • यसैक्रममा चर्चित पत्रकार ऋषि धमलाले आम जनता पार्टी (आजपा) बाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन ।
  • मंगलबार चन्द्रपुरस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर धमलाले मनोनयन पत्र बुझाएका हुन ।

६ माघ, रौतहट ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि रौतहट क्षेत्र नम्बर–४ मा उत्साहजनक रूपमा उम्मेदवारी दर्ता भएको छ । यसैक्रममा चर्चित पत्रकार ऋषि धमलाले आम जनता पार्टी (आजपा) बाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन । मंगलबार चन्द्रपुरस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर धमलाले मनोनयन पत्र बुझाएका हुन ।

आम जनता पार्टीका नेता, कार्यकर्ता र समर्थकहरूको ठुलो संख्यासहित निर्वाचन कार्यालय पुगेका धमलाले उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै आफू यस क्षेत्रको समस्या र वस्तुस्थितिबारे पूर्ण जानकार रहेको बताए । उनले रौतहट क्षेत्र नम्बर–४ को समग्र विकास र समृद्धिका लागि आफूले उम्मेदवारी दिएको स्पष्ट पारे । पत्रकार धमलाको प्रवेशले यस क्षेत्रको चुनावी प्रतिस्पर्धालाई थप रोचक र चर्चाको विषय बनाएको छ । सोही निर्वाचन क्षेत्रबाट अन्य प्रमुख राजनीतिक दलहरूले पनि आफ्ना उम्मेदवारहरू चुनावी मैदानमा उतारेका छन्।

नेपाली कांग्रेसका तर्फबाट पूर्व प्रतिनिधिसभा सदस्य देव प्रसाद तिमल्सिनाले उम्मेदवारी दर्ता गराएका छन । त्यस्तै, नेकपा एमालेका तर्फबाट रामजी साह, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट गणेश पौडेल र नेपाली कम्युनिष्ट पार्टीबाट रामकुमार भट्टराईले मनोनयन पत्र दर्ता गराएका हुन । सबै उम्मेदवारहरू आ–आफ्ना समर्थक र दलबलसहित निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए, जसका कारण चन्द्रपुर क्षेत्र मंगलबार दिनभर चुनावी रौनकले भरिएको थियो। मनोनयन दर्ता प्रक्रिया सकिएसँगै अब उम्मेदवारहरू चुनावी प्रचारप्रसार र घरदैलो अभियानमा केन्द्रित हुने भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लोकप्रिय बन्दै लोक गायक रविराज‌ शाहको छठ गीत “कवना घाटे अवना जवना”
लोकप्रिय बन्दै लोक गायक रविराज‌ शाहको छठ गीत “कवना घाटे अवना जवना”
काठमाडौंको बौद्धमा आगलागी, एक जनाको मृ*त्यु
काठमाडौंको बौद्धमा आगलागी, एक जनाको मृ*त्यु
प्रतिनिधिसभा बैठकमा आज पनि विपक्षीको विरोध
प्रतिनिधिसभा बैठकमा आज पनि विपक्षीको विरोध
देवीघाटमा ५ दिनमै तयार भयो एक्रो ब्रिज
देवीघाटमा ५ दिनमै तयार भयो एक्रो ब्रिज
५७ अंकले बढेको बजारमा साढे १३ अर्ब भन्दा बढीको शेयर कारोबार
५७ अंकले बढेको बजारमा साढे १३ अर्ब भन्दा बढीको शेयर कारोबार
प्रधान सेनापतिले केहीबेरमा सम्बोधन गर्दै
प्रधान सेनापतिले केहीबेरमा सम्बोधन गर्दै
भद्रपुर उडेको बुद्ध एयरको जहाज आज फेरी ठूलो दुर्घटनाबाट जोगिएको छ : आगो देखिएसँगै बायाँ इन्जिन फेल भएको थियो
भद्रपुर उडेको बुद्ध एयरको जहाज आज फेरी ठूलो दुर्घटनाबाट जोगिएको छ : आगो देखिएसँगै बायाँ इन्जिन फेल भएको थियो
मधेश प्रदेश सभामा जनमत पार्टीको नाराबाजी, बैठक स्थगित
मधेश प्रदेश सभामा जनमत पार्टीको नाराबाजी, बैठक स्थगित
सगरमाथा आरोहणका लागि सात समूहलाई अनुमति
सगरमाथा आरोहणका लागि सात समूहलाई अनुमति
भारतबाट अवैध रूपमा आयात हुने सेतो अण्डा सशस्त्र प्रहरीद्वारा नष्ट
भारतबाट अवैध रूपमा आयात हुने सेतो अण्डा सशस्त्र प्रहरीद्वारा नष्ट