कारागार फर्कन तयार भए रवि लामिछाने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र २७, २०८२
|
|
१९ पटक हेरिएको
Shares
कारागार फर्कन तयार भए रवि लामिछाने

सारांश

  •   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कानुनी प्रक्रिया पूरा गरेर कारागार फर्कन सहमत भएका छन् ।
  • शुक्रबार अपरान्ह कार्यवाहक सभापति डिपी अर्याल, जिल्ला प्रशासन प्रमुख र कारागार प्रमुखबीच भएको भेटवार्तापछि यस्तो सहमति बनेको हो ।
  •   भेटवार्तापछि पत्रकारसँग कुरा गर्दै पार्टीका प्रवक्ता मनिष झाले भने, ‘प्रशासनले आवश्यक प्रक्रिया पूरा गरी खबर गरेपश्चात अध्यक्षज्यू कारागार फर्किन तयार हुनुहुन्छ ।

२५ भदौ, काठमाडौं । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कानुनी प्रक्रिया पूरा गरेर कारागार फर्कन सहमत भएका छन् । शुक्रबार अपरान्ह कार्यवाहक सभापति डिपी अर्याल, जिल्ला प्रशासन प्रमुख र कारागार प्रमुखबीच भएको भेटवार्तापछि यस्तो सहमति बनेको हो ।  भेटवार्तापछि पत्रकारसँग कुरा गर्दै पार्टीका प्रवक्ता मनिष झाले भने, ‘प्रशासनले आवश्यक प्रक्रिया पूरा गरी खबर गरेपश्चात अध्यक्षज्यू कारागार फर्किन तयार हुनुहुन्छ ।’

यसअघि जेन–जी आन्दोलनका क्रममा नख्खु कारागारमा रहेका कैदीबन्दीलाई भिडले बाहिर ल्याएको थियो । सोहीक्रममा सभापति लामिछाने पनि बाहिरिएका थिए । तर, अहिले उनी पुनः कानुनी प्रक्रियाअनुरूप कारागार फर्कन इच्छुक रहेको प्रवक्ता झाले स्पष्ट पारे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ