टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, माघ ३, २०८२
|
|
३३ पटक हेरिएको
Shares
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ

सारांश

  • आगामी फेब्रुअरी-मार्चमा भारत र श्रीलंकामा हुने आईसीसी टी-२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ ।
  • नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार एक कार्यक्रमको आयोजना गरी नेपाली टोलीको बिदाइ गरेको हो ।
  • नेपाली टोलीले विश्वकप अघि श्रीलंका र भारतमा गएर अभ्यास शृंखला पनि खेल्ने भएकाले टोलीलाई आज नै बिदाइ गरिएको हो ।

३ माघ, काठमाडौं ।

आगामी फेब्रुअरी-मार्चमा भारत र श्रीलंकामा हुने आईसीसी टी-२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार एक कार्यक्रमको आयोजना गरी नेपाली टोलीको बिदाइ गरेको हो । नेपाली टोलीले विश्वकप अघि श्रीलंका र भारतमा गएर अभ्यास शृंखला पनि खेल्ने भएकाले टोलीलाई आज नै बिदाइ गरिएको हो । नेपाली टोली आइतबार प्रस्थान गर्ने छ । बिदाइ कार्यक्रममा‌ बोल्दै क्यान सचिव पारस खड्काले नेपाली टोलीलाई‌ विश्वकपका लागि शुभकामना दिए ।

‘यो समग्र विश्वले पनि हेर्ने कुरा हो, हामी राम्रो गरिरहेका छौं । विश्वकपका लागि खेलाडीदेखि व्यवस्थापन टिम सबैलाई शुभकामना छ’, खड्काले भने, ‘भारतमा गएर समर्थकहरूले पनि साथ दिनुहुन्छ भन्ने आशा छ ।’ कप्तान रोहित पौडेलले तयारी निकै राम्रो भएको बताए । ‘तयारी राम्रो भइरहेको छ । अभ्यासले पनि राम्रो बिल्डअप भएको जस्तो लाग्छ’, रोहितले भने, ‘सन् २०२५ एकदम राम्रो भएको थियो । आशा छ यो वर्ष पनि राम्रो हुने छ । हामी समग्र नेपालीलाई प्राउड फिल गराउने छौं ।’ प्रशिक्षक स्टुअर्ट लले‌ पनि विश्वकपमा राम्रो गर्ने विश्वास व्यक्त गरे । ‘हामी योजनालाई अन्तिम रूप दिनेछौं अभ्यासमार्फत । विश्वकपमा राम्रो प्रदर्शन गरेर सारा‌ नेपालीलाई खुसी दिनेछौं’, प्रशिक्षक लले भने ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले पनि टोलीलाई शुभकामना दिँदै तयारी राम्रो देखिएको र राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे । ‘तयारी धेरै राम्रो देखिएको छ, कुनै प्रश्न छैन । भारतसँग कन्डिशन पनि मिल्छ । राम्रो प्रदर्शन गर्नुहोला, शुभकामना छ’, चन्दले भने। नेपाली क्रिकेट टोलीले विश्वकपको‌ समूह चरणमा इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटलीसँग खेल्ने तालिका छ । त्यसअघि श्रीलंका गएर श्रीलंका ‘ए’ अनि भारतमा गएर मुम्बईको एमसीए प्रेसिडेन्ट ११ सँग पनि अभ्यास खेल्ने छ । विश्वकपका लागि रोहित पौडेलको कप्तानीमा नेपालको टोली घोषणा भइसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उद्यमी व्यवसायीको मनोवल उकास्नेगरी सुरक्षाको प्रत्याभूति चेम्बरको आग्रह
उद्यमी व्यवसायीको मनोवल उकास्नेगरी सुरक्षाको प्रत्याभूति चेम्बरको आग्रह
कपिलवस्तु अदालतका दुई कर्मचारी घुससहित अख्तियारको फन्दामा
कपिलवस्तु अदालतका दुई कर्मचारी घुससहित अख्तियारको फन्दामा
काठमाडौँ उपत्यकाभर रास्वपाको ‘जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’
काठमाडौँ उपत्यकाभर रास्वपाको ‘जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’
तिकूल मौसमबिच माथिल्लो त्रिशूली– ३ ‘ए’ मा रातभर खटियो उद्धार टोली
तिकूल मौसमबिच माथिल्लो त्रिशूली– ३ ‘ए’ मा रातभर खटियो उद्धार टोली
कोशी प्रदेशका प्रमुख सडक खण्डहरू अवरुद्ध, यात्रा जोखिमपूर्ण
कोशी प्रदेशका प्रमुख सडक खण्डहरू अवरुद्ध, यात्रा जोखिमपूर्ण
विशेष महाधिवेशन माग्नु पार्टी फुटाउने प्रयास होइन : गगन थापा
विशेष महाधिवेशन माग्नु पार्टी फुटाउने प्रयास होइन : गगन थापा
अर्थमन्त्री विष्णु पौडेल र प्रचण्डबीच भेट
अर्थमन्त्री विष्णु पौडेल र प्रचण्डबीच भेट
लोक सेवा आयोगद्वारा शाखा अधिकृत पदको विज्ञापन प्रकाशित
लोक सेवा आयोगद्वारा शाखा अधिकृत पदको विज्ञापन प्रकाशित
मुग्लिन–नारायणगढ सडक खण्डमा पहिरो, करिब चार घण्टा यातायात अवरुद्ध
मुग्लिन–नारायणगढ सडक खण्डमा पहिरो, करिब चार घण्टा यातायात अवरुद्ध
नारायणघाट बुटवल खण्डको नारायणी नदी पुल क्षेत्रमा दुई दिन राति गाडी सञ्चालनमा रोक
नारायणघाट बुटवल खण्डको नारायणी नदी पुल क्षेत्रमा दुई दिन राति गाडी सञ्चालनमा रोक