Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

निर्वाचनमा मतदान अधिकृतको जिम्मेवारी र अधिकार के के हुन् ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, माघ २, २०८२
|
|
४१ पटक हेरिएको
Shares
निर्वाचनमा मतदान अधिकृतको जिम्मेवारी र अधिकार के के हुन् ?

सारांश

  • आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाता मतदान केन्द्र पुग्दा सबै प्रक्रिया व्यवस्थित र सुरक्षित देखिन्छ।
  • तर, यो व्यवस्थाको केन्द्रमा रहने व्यक्ति हुन्– मतदान अधिकृत ।
  • मतदान केन्द्रको सम्पूर्ण व्यवस्थापन, सुरक्षा र निष्पक्षताको जिम्मेवारी उनकै काँधमा हुन्छ ।

 

काठमाडौं ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाता मतदान केन्द्र पुग्दा सबै प्रक्रिया व्यवस्थित र सुरक्षित देखिन्छ। तर, यो व्यवस्थाको केन्द्रमा रहने व्यक्ति हुन्– मतदान अधिकृत । मतदान केन्द्रको सम्पूर्ण व्यवस्थापन, सुरक्षा र निष्पक्षताको जिम्मेवारी उनकै काँधमा हुन्छ । निर्वाचन आयोगले जारी गरेको ‘प्रतिनिधिसभा सदस्य मतदान निर्देशिका, २०८२’ अनुसार मतदान अधिकृत नियुक्त भएपछि निर्वाचनसम्बन्धी अनिवार्य तालिममा सहभागी हुनुपर्छ। साथै, मतदानका लागि आवश्यक मतपेटिका, मतपत्र, मतदाता सूची, छापलगायतका सामग्री रुजु गरी बुझिलिनुपर्ने व्यवस्था छ।

मतदान अधिकृतले आफूलाई तोकिएको मतदान केन्द्रमा पुगेर सहायक मतदान अधिकृत, कर्मचारी, स्वयंसेवक तथा सुरक्षाकर्मीसँग समन्वय गर्छन्। मतदान केन्द्र समयमै निर्माण गर्ने, मतदानअघि मतदाता परिचयपत्र वितरण गर्ने तथा कर्मचारीहरूलाई कामको बाँडफाँट गर्ने जिम्मेवारी पनि उनकै हुन्छ। मतदान सुरु भएपछि मतदातालाई मतपत्र दिनुअघि त्यसमा हस्ताक्षर गर्ने, मतदान प्रक्रिया शान्त, व्यवस्थित र निष्पक्ष ढंगले सञ्चालन भइरहेको छ कि छैन भन्ने विषयमा निरन्तर अनुगमन गर्ने दायित्व मतदान अधिकृतको हुन्छ। मतदानको अवस्थाबारे समय–समयमा निर्वाचन अधिकृतलाई जानकारी गराउनुपर्ने व्यवस्था पनि निर्देशिकामा उल्लेख छ।

मतदानका दिन केन्द्रमा आउने पर्यवेक्षक, पत्रकार, अनुगमनकर्ता तथा घुम्ती टोलीलाई मतदानको अवस्थाबारे जानकारी गराउने, निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गराउने र कुनै पनि गैरकानुनी गतिविधि हुन नदिन सतर्कता अपनाउनु मतदान अधिकृतको अर्को महत्वपूर्ण जिम्मेवारी हो। मतदान सम्पन्न भएपछि मतपेटिका शिलबन्दी गरी मुचुल्कासहित सुरक्षित तरिकाले निर्वाचन अधिकृतलाई बुझाउनुपर्छ। साथै, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ बमोजिमको अधिकार प्रयोग गर्दै निर्वाचनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र रूपमा सम्पन्न गराउनु मतदान अधिकृतको प्रमुख कर्तव्य हुने निर्वाचन आयोगले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेश प्रदेश सरकार माध्यमिक शिक्षा परीक्षा कार्यक्रममा सहभागी नहुने
मधेश प्रदेश सरकार माध्यमिक शिक्षा परीक्षा कार्यक्रममा सहभागी नहुने
भरतपुर क्यान्सर अस्पतालको २५औं वार्षिकोत्सव, राष्ट्रपति पौडेल चितवन आउँदै
भरतपुर क्यान्सर अस्पतालको २५औं वार्षिकोत्सव, राष्ट्रपति पौडेल चितवन आउँदै
चलचित्र विधेयक २०८१ मा ३० प्रतिशतसम्म संशोधन आवश्यक : मन्त्री खरेल
चलचित्र विधेयक २०८१ मा ३० प्रतिशतसम्म संशोधन आवश्यक : मन्त्री खरेल
भेरी नदीमा बेपत्ता पुरूषको शव निकालियो
भेरी नदीमा बेपत्ता पुरूषको शव निकालियो
अनिल सिन्हाले सम्हाले पर्यटन मन्त्रालयको जिम्मेवारी
अनिल सिन्हाले सम्हाले पर्यटन मन्त्रालयको जिम्मेवारी
मकवानपुर र कैलालीबाट ठूलो परिमाणको गाँजा र अफिम बरामद, ७ जना पक्राउ
मकवानपुर र कैलालीबाट ठूलो परिमाणको गाँजा र अफिम बरामद, ७ जना पक्राउ
मधेश प्रदेशका सबै स्थानीय तहलाई कर्मचारीको विवरण बुझाउन प्रदेश सरकारको अल्टिमेटम
मधेश प्रदेशका सबै स्थानीय तहलाई कर्मचारीको विवरण बुझाउन प्रदेश सरकारको अल्टिमेटम
स्थानीय तह उपनिर्वाचनः शान्तिपूर्ण रूपमा मतदान हुँदै
स्थानीय तह उपनिर्वाचनः शान्तिपूर्ण रूपमा मतदान हुँदै
स्वास्थ्य बीमा सुधार समितिको प्रतिवेदन मन्त्री पौडेललाई हस्तान्तरण
स्वास्थ्य बीमा सुधार समितिको प्रतिवेदन मन्त्री पौडेललाई हस्तान्तरण
२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन
२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन