९ चैत्र २०८२, सोमबार

कारबाहीपछि विश्वप्रकाश- गगनले मात्रै देश र पार्टी बदल्न सक्छन्

३० पुस, काठमाडौं ।

नेपाली कांग्रेसको देउवा पक्षले महामन्त्रीबाट कारबाहीमा परेका विश्वप्रकाश शर्माले पार्टी र देशलाई बदल्नसक्ने मान्छे गगन थापा मात्रै भएको बताएका छन् । बुधबार भृकुटीमण्डपस्थित बन्दसत्र हलमा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘हामी प्रतिबद्ध गर्छौं, यो कांग्रेस नेतृत्व गर्नसक्ने र देशलाई बदल्नसक्ने दह्रो मान्छे गगन थापा हो । यहाँ अलमलिनुपर्ने कारण नै छैन,’ उनले भने । आफू कारबाहीबाट नआत्तिएको बताउँदै राजनीतिमा कहिलेकाहीं यस्तो हुने जिकिर गरे । यसलाई स्वाभाविक रुपमा लिन पनि शर्माले जानकारी दिएका छन् । ‘हामी यसलाई बदल्छौं । कारबाहीमा परेका हामी नै आत्तिएका छैनौं । राजनीतिमा यस्तो हुन्छ । यो स्वाभाविक हो,’ उनले भनेका छन् ।

Post Comment

छुटाउनुभयो कि ?