Press 4K
शुक्रबार, २६ भाद्र २०८३

उद्योग, पर्यटन र युवा उद्यमको विकासबिना समृद्धि सम्भव छैन : मन्त्री श्रेष्ठ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, पौष २९, २०८२
|
|
८४ पटक हेरिएको
Shares
उद्योग, पर्यटन र युवा उद्यमको विकासबिना समृद्धि सम्भव छैन : मन्त्री श्रेष्ठ

सारांश

  • वाग्मती प्रदेशकी उद्योग, वाणिज्य, भूमि तथा सामान्य प्रशासनमन्त्री बिन्दु श्रेष्ठले उद्योग, पर्यटन तथा युवा उद्यमको विकास नगरी समृद्धि सम्भव नहुने बताएकी छिन् ।
  • मंगलबार मन्थली नगरपालिकामा आयोजित छलफल कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले प्रदेश र स्थानीय सरकारबीच अपेक्षित सहकार्य हुन नसक्दा कतिपय गर्न सकिने कामसमेत गर्न नसकिएको बताइन् ।
  • सहकार्यको कमीका कारण मन्त्रालयबाट सञ्चालन हुने केही कार्यक्रम प्रभावकारी हुन नसकेको उनको भनाइ छ ।

२९ पुस, रामेछाप ।

वाग्मती प्रदेशकी उद्योग, वाणिज्य, भूमि तथा सामान्य प्रशासनमन्त्री बिन्दु श्रेष्ठले उद्योग, पर्यटन तथा युवा उद्यमको विकास नगरी समृद्धि सम्भव नहुने बताएकी छिन् । मंगलबार मन्थली नगरपालिकामा आयोजित छलफल कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले प्रदेश र स्थानीय सरकारबीच अपेक्षित सहकार्य हुन नसक्दा कतिपय गर्न सकिने कामसमेत गर्न नसकिएको बताइन् । सहकार्यको कमीका कारण मन्त्रालयबाट सञ्चालन हुने केही कार्यक्रम प्रभावकारी हुन नसकेको उनको भनाइ छ ।

बजारको माग के छ भन्ने आधारमा कार्यक्रम छनोट हुनुपर्नेमा जोड दिँदै उनले व्यक्तिगत रूपमा योजना राख्दा कार्यक्रम प्रभावकारी हुन नसक्ने अवस्था रहेको बताइन् । सिमान्तकृत समुदायलाई उद्यमसँग जोड्ने उद्देश्यले मन्त्रालयले केही महत्वाकांक्षी कार्यक्रम ल्याएको उल्लेख गर्दै उनले ती कार्यक्रम सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताइन् । प्रदेश सरकार, स्थानीय तह र उद्यमीबीचको सहकार्यमा सञ्चालन हुने कार्यक्रम बढी प्रभावकारी हुन सक्ने धारणा उनले राखिन् । छलफलमा वाग्मती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्द श्रेष्ठले मन्त्रालयमार्फत केही तालिम तथा अनुदानका कार्यक्रम सञ्चालन भए पनि ती पर्याप्त नभएको बताए । अन्य जिल्लाको तुलनामा रामेछापमा केही काम भए पनि त्यसले मात्र नपुग्ने उनको भनाइ थियो ।

मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले कम्तीमा एउटा मात्रै भए पनि देखिने खालको उद्यम सञ्चालन गर्न सकिए काम भएको अनुभूति हुने बताए । नगरमा केही कृषि उद्यमीहरू देखिन थाले पनि उनीहरूको उत्पादनलाई व्यवस्थित उद्यमसँग जोड्न नसकिएको उनले बताए । त्यस्ता उद्यममा मन्थली नगरपालिका ५० प्रतिशतसम्म लगानी गर्न तयार रहेको उनको भनाइ छ । स्थानीय व्यवसायी सुरेश उदासले रामेछापमा ठूला मालबाहक गाडीहरू सिन्धुलीबाट प्रवेश गर्न नदिँदा उद्यम तथा व्यवसाय सञ्चालनमा समस्या भइरहेको बताए । ठूला मालबाहक गाडी सिधै रामेछापसम्म आउन नपाउँदा ढुवानी खर्च बढ्ने र त्यसको असर उत्पादन तथा उपभोग्य वस्तुको मूल्यमा पर्ने गरेको उल्लेख गर्दै उनले यातायात सहज बनाइदिन आग्रह गरे । छलफलका क्रममा मन्त्री श्रेष्ठले वाग्मती प्रदेश सरकारको सहयोगमा सञ्चालनमा रहेका विभिन्न उद्योगहरूको स्थलगत अनुगमन गर्दै आवश्यक सुझावसमेत दिएकी थिइन् ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२३ भदौमा संसद् भवन बाहिरको घटनामा कार्की आयोगले औंल्याएका त्रुटि
२३ भदौमा संसद् भवन बाहिरको घटनामा कार्की आयोगले औंल्याएका त्रुटि
सरकार दृढताका साथ निर्वाचनमा अगाडि बढेको छ :मन्त्री खरेल
सरकार दृढताका साथ निर्वाचनमा अगाडि बढेको छ :मन्त्री खरेल
नक्साल भाटभटेनीमा लुटपाटपछि आगजनी
नक्साल भाटभटेनीमा लुटपाटपछि आगजनी
सात महिनामा एक हजार २९० महिला हिंसाको उजुरी
सात महिनामा एक हजार २९० महिला हिंसाको उजुरी
सरकारले जिउँदै छोडेको छ, यही मेरो जित हो; लुटतन्त्र टुलुटुलु हेरेर बस्दिनँ : रवि लामिछाने
सरकारले जिउँदै छोडेको छ, यही मेरो जित हो; लुटतन्त्र टुलुटुलु हेरेर बस्दिनँ : रवि लामिछाने
संसदको संयुक्त बैठकअघि राष्ट्रियसभाको बैठक बस्दै
संसदको संयुक्त बैठकअघि राष्ट्रियसभाको बैठक बस्दै
सरकार आर्थिक रुपमा कमजोर छ, धेरै काम गर्न सकिएको छैन्: मन्त्री गुप्ता
सरकार आर्थिक रुपमा कमजोर छ, धेरै काम गर्न सकिएको छैन्: मन्त्री गुप्ता
जल, जमिन र जंगलसँगै जनसंख्या नेपालको सबैभन्दा ठूलो धन हो : गगन थापा
जल, जमिन र जंगलसँगै जनसंख्या नेपालको सबैभन्दा ठूलो धन हो : गगन थापा
समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता
समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता
घुस ‘डिल’ प्रकरण : सामान्य प्रशासनमन्त्री गुप्तालाई हटाइँदै
घुस ‘डिल’ प्रकरण : सामान्य प्रशासनमन्त्री गुप्तालाई हटाइँदै

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...