माघ १ देखि टिचिङ अस्पताल स्वास्थ्य बिमा कार्यक्रमबाट बाहिरिने

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, पौष २८, २०८२
|
|
३३ पटक हेरिएको
Shares
माघ १ देखि टिचिङ अस्पताल स्वास्थ्य बिमा कार्यक्रमबाट बाहिरिने

सारांश

  • त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले स्वास्थ्य बिमा कार्यक्रमबाट बाहिरिने निर्णय गरेको छ।
  • अस्पतालले सूचनामार्फत आउने माघ १ देखि स्वास्थ्य बिमाअन्तर्गतका सम्पूर्ण उपचार सेवा बन्द गर्ने निर्णय भएको जनाएको हो।
  • त्रिवि शिक्षण अस्पतालले लामो समयदेखि बिमा बोर्डले दाबी भुक्तानी नगर्दा अस्पतालको आर्थिक अवस्था धरासायी बनेको जनाएको छ।

२८ पुस, काठमाडौं ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले स्वास्थ्य बिमा कार्यक्रमबाट बाहिरिने निर्णय गरेको छ। अस्पतालले सूचनामार्फत आउने माघ १ देखि स्वास्थ्य बिमाअन्तर्गतका सम्पूर्ण उपचार सेवा बन्द गर्ने निर्णय भएको जनाएको हो। त्रिवि शिक्षण अस्पतालले लामो समयदेखि बिमा बोर्डले दाबी भुक्तानी नगर्दा अस्पतालको आर्थिक अवस्था धरासायी बनेको जनाएको छ।

हालसम्म अस्पतालले बीमा दाबीबापत झण्डै ४० करोड रुपैयाँ पाउन बाँकी रहेको दाबी गरेको छ। मासिक करिब ५ करोड रुपैयाँभन्दा बढी खर्च भइरहे पनि बिमा बोर्डबाट ५० प्रतिशत मात्र दाबी स्वीकृत हुँदै आएको अस्पतालले सूचनामा उल्लेख गरेको छ।  उपचार दररेटमा बिमा बोर्ड र अस्पतालबीच ठूलो अन्तर रहेको, पटकपटक ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाइ नभएकाले बाहिरिने निर्णय गरिएको सूचनामा उल्लेख छ। दुई वर्षदेखि आन्तरिक स्रोतबाट दैनिक खर्च धानिरहेको उल्लेख गर्दै  अस्पतालले अब थप घाटा बेहोर्न नसक्ने जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अर्थसचिव घनश्याम उपाध्यायले लिए राष्ट्र बैंक सञ्चालकको शपथ
अर्थसचिव घनश्याम उपाध्यायले लिए राष्ट्र बैंक सञ्चालकको शपथ
माघ महिनाका लागि वाणिज्य बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, कुनको कति ?
माघ महिनाका लागि वाणिज्य बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, कुनको कति ?
हसिनाको परिवारमाथि पाँच अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
हसिनाको परिवारमाथि पाँच अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
झापाका १२ पालिका जलेर खरानी, यस्तो छ जनप्रतिनिधिहरूको साझा धारणा
झापाका १२ पालिका जलेर खरानी, यस्तो छ जनप्रतिनिधिहरूको साझा धारणा
बालेन र सुदनविरुद्ध अर्को जाहेरी, प्रहरीले आयोगमा पठाउने
बालेन र सुदनविरुद्ध अर्को जाहेरी, प्रहरीले आयोगमा पठाउने
संविधान रक्षा र प्रतिनिधि सभा पुनःस्थापनाका लागि हेटौंडामा ‘जनयात्रा’
संविधान रक्षा र प्रतिनिधि सभा पुनःस्थापनाका लागि हेटौंडामा ‘जनयात्रा’
करिब दुई घण्टापछि पुनः सञ्चालनमा आयाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
करिब दुई घण्टापछि पुनः सञ्चालनमा आयाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
हाम्रा दूतावास कुखुराको खोरभन्दा साना छन् : परराष्ट्रमन्त्री
हाम्रा दूतावास कुखुराको खोरभन्दा साना छन् : परराष्ट्रमन्त्री
अशान्त बंगलादेश : प्रधानमन्त्री र गृहमन्त्री निवासमा लुटपाट, कैयौं स्थानमा आगजनी
अशान्त बंगलादेश : प्रधानमन्त्री र गृहमन्त्री निवासमा लुटपाट, कैयौं स्थानमा आगजनी
उपत्यकामा मात्रै प्रहरीका ३४६ सवारी जलाइए
उपत्यकामा मात्रै प्रहरीका ३४६ सवारी जलाइए