चन्द्र भण्डारी र सुनील शर्मा भन्छन् : पार्टी विभाजन हुन दिंदैनौं

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, पौष २६, २०८२
|
|
४० पटक हेरिएको
Shares
चन्द्र भण्डारी र सुनील शर्मा भन्छन् : पार्टी विभाजन हुन दिंदैनौं

सारांश

  • नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले कुनै पनि हालतमा पार्टीलाई विभाजन हुन नदिने बताएका छन् ।
  • शनिबार काठमाडौंमा आयोजित विशेष महाधिवेशनसम्बन्धी संयुक्त पत्रकार सम्मेलनमा उनले अहिले पार्टीभित्र विवादको अवस्था सिर्जना भएको र पार्टी फुट्ने हो कि , टुक्रिने हो की भन्ने प्रश्न उठेको भन्दै कुनैपनि हालतमा पार्टीलाई विभाजन हुन नदिने बताए ।
  • उनले भने, ‘नेपाली जनताको निराशा पैदा भएको बेला काङ्ग्रेस पार्टीभित्रको विवादले झन् दुःख पैदा गरेको छ ।

काठमाडौं ।

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले कुनै पनि हालतमा पार्टीलाई विभाजन हुन नदिने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित विशेष महाधिवेशनसम्बन्धी संयुक्त पत्रकार सम्मेलनमा उनले अहिले पार्टीभित्र विवादको अवस्था सिर्जना भएको र पार्टी फुट्ने हो कि , टुक्रिने हो की भन्ने प्रश्न उठेको भन्दै कुनैपनि हालतमा पार्टीलाई विभाजन हुन नदिने बताए । उनले भने, ‘नेपाली जनताको निराशा पैदा भएको बेला काङ्ग्रेस पार्टीभित्रको विवादले झन् दुःख पैदा गरेको छ । पार्टीमा जुन विवाद आइ रहेको छ, यस्तोबेला हाम्रो भूमिका के हो भन्ने प्रश्न सबैमाथि उठेको छ । पार्टी फुट्ने होकि, टुक्रिने हो की भन्ने पनि छ ।

देशभर भएका साथीहरुलाई के आग्रह गर्न चाहन्छौं भने कुनैपनि हालतमा पार्टीलाई विभाजन हुन दिदैँनौ ।’ अहिले जुन विशेष महाधिवेशनको नाममा देशभरबाट आएका सदस्यहरुलाई उत्साहित गर्दै चार महिना पछि हुने महाधिवेशनमा आउन आग्रह गर्ने पनि उनको भनाई छ । उनले पार्टीलाई विभाजन नगरी इतिहासले दिएको कुरालाई अगाडि लान पनि आग्रह गरेका छन् । सोही क्रममा नेपाली कांग्रेसका नेता डा. सुनील शर्माले संस्थापन पक्षले विधानको व्यवस्थालाई बेवास्था गरेको कारणले आज भीरमा गएर काङ्ग्रेस अड्किएको बताए ।

उनले भने, ‘५४ प्रतिशत साथीहरुले मुलुकभरबाट विशेष महाधिवेशनको बारेमा छलफल गरौं भनेर विधानसम्मत हिसाबले छलफल गरेको अवस्थामा विधानको व्यवस्थालाई बेवास्था गरेर संस्थापन पक्षले कमजोरी गरेको छ । जसका कारण आज अवस्था यस्तो भयो कि एउटा डिलमा भीरमा गएर काङ्ग्रेस पार्टी अड्किएको अवस्था छ ।’ साथै, उनले यस विषयमा रात दिन निन्द्रा, भोक र प्यास नभनी एक हप्तादेखि लागि परेको पनि उनको भनाई छ । उनले भने, ‘हामी एक हप्तादेखि बिहानको २ बजेसम्म छलफल गरेर मात्र सुत्ने गरेका छौं । न निन्द्रा, न भोक, न प्यास । तर उपलब्धी निर्णायक ठाँउमा पुगेको छैन् । सेमीफाइनलको अवस्थामा पुगेका छौं । हामीले गगनजी, विश्वप्रकाशजीलगायत अन्य साथीहरुलाई भेटेर छलफल गर्ने क्रममा छौ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सङ्घीय सरकारलाई बागमतीका अर्थमन्त्रीको चुनौती– आफ्नो चालु खर्च घटाएर देखाउनुहोस्
सङ्घीय सरकारलाई बागमतीका अर्थमन्त्रीको चुनौती– आफ्नो चालु खर्च घटाएर देखाउनुहोस्
स्याङ्जामा पिकअप दुर्घटना हुँदा चालकको मृत्यु
स्याङ्जामा पिकअप दुर्घटना हुँदा चालकको मृत्यु
सुनको मूल्यमा सामान्य गिरावट,कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्यमा सामान्य गिरावट,कतिमा हुँदैछ कारोबार ?
वैदेशिक रोजगारबाट फर्किएकाहरुको पुँजी र सीपलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्ने सरकारको नीति छः प्रधानमन्त्री
वैदेशिक रोजगारबाट फर्किएकाहरुको पुँजी र सीपलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्ने सरकारको नीति छः प्रधानमन्त्री
आज काठमाडौँ, ललितपुरसहित ३३ जिल्लामा बाढीको जोखिम,
आज काठमाडौँ, ललितपुरसहित ३३ जिल्लामा बाढीको जोखिम,
चन्द्रनिगाहपुरमा १३७ औँ अन्तर्राष्ट्रिय मजदुर दिवस भव्यताका साथ मनाइयो
चन्द्रनिगाहपुरमा १३७ औँ अन्तर्राष्ट्रिय मजदुर दिवस भव्यताका साथ मनाइयो
संसद्‌मा अमरेशको उत्तेजक अभिव्यक्ति : बालेनको घर अगाडि कबाडी थुपारौं
संसद्‌मा अमरेशको उत्तेजक अभिव्यक्ति : बालेनको घर अगाडि कबाडी थुपारौं
बाजुराको सदरमुकाम मार्तडी बजारमा भीषण आगलागी
बाजुराको सदरमुकाम मार्तडी बजारमा भीषण आगलागी
मलेसिया जाने नेपाली कामदारको न्यूनतम पारिश्रमिक ५३ हजार
मलेसिया जाने नेपाली कामदारको न्यूनतम पारिश्रमिक ५३ हजार
सुनसहित विमानस्थलबाट एक महिला पक्राउ
सुनसहित विमानस्थलबाट एक महिला पक्राउ