कांग्रेस संसदीय दलको बैठक आज पनि

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, माघ १४, २०८१
|
|
२९ पटक हेरिएको
Shares
कांग्रेस संसदीय दलको बैठक आज पनि

सारांश

  • आज दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा कांग्रेस संसदीय दलको बैठक बस्ने छ ।
  • बैठकमा सरकारको कामकारबाहीका बारेमा छलफल भइरहेको छ ।
  • सांसदहरूले मन्त्रीहरूको जवाफ पनि मागेका छन् ।

 

१४ माघ, सत्ता साझेदार दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दै छ । आज दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा कांग्रेस संसदीय दलको बैठक बस्ने छ । बैठकमा सरकारको कामकारबाहीका बारेमा छलफल भइरहेको छ ।

सांसदहरूले मन्त्रीहरूको जवाफ पनि मागेका छन् । आज मन्त्रीहरूले आफ्नो धारणा राख्ने तयारी छ । बैठकमा प्रमुख सचेतक श्याम घिमिरेले संसदीय समितिदेखि संसद बैठकसम्म नियमित उपस्थित हुन सांसदहरूलाई भनेका थिए । ‘अनुशासन समिति बनिसक्यो । माननीय एक्टिभ भएर बस्नुपर्छ । कांग्रेसको कमजोर प्रस्तुति हुन दिन्नँ म । माननीयहरू नै उपस्थित नहुने कुरा राम्रो होइन,

कडाइका साथ मैले भनेँ भन्नुभयो,’ बैठकमा सहभागी सांसदले भने । प्रमुख सचेतक घिमिरेले सरकारले ल्याएको अध्यादेशका विषयवस्तुमा खुलेर छलफल भएको जानकारी दिए । ‘अध्यादेश किन ल्याउनुपर्‍यो ? यसभित्र के–के छन् ?,’ घिमिरेले बैठकमा भएको छलफलबारे भने, ‘ती कन्टेन्टमा केही समस्या छन् भने पनि आज खुलेर छलफल भएको छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?