Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

रौतहटको गौरमा एकदिने स्वास्थ्य शिविर सम्पन्न

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, पौष २४, २०८२
|
|
८७ पटक हेरिएको
Shares
रौतहटको गौरमा एकदिने स्वास्थ्य शिविर सम्पन्न

सारांश

  • स्वास्थ्य शिविर उद्घाटन समारोहको अध्यक्षता नगर प्रमुख श्री शम्भु शाहले गर्नुभएको थियो ।
  • कार्यक्रममा नगरपालिका विभिन्न वडाका वडाध्यक्षहरू, शिक्षा शाखा प्रमुख, स्वास्थ्य संयोजक, तथा समावेशी शिक्षा सञ्जाल (GIEN) का प्रतिनिधिहरू, शिक्षक, अभिभावक तथा सहयोगी संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
  • शिविर श्री आधारभुत विद्यालय बालमन्दिर, गौर ५ मा आयोजना गरिएको थियो ।

रौतहटको गौर नगरपालिका, स्ट्रिट चाइल्ड अफ नेपाल तथा आसमान नेपालको सहकार्यमा सक्षम परियोजना अन्तर्गत बिद्यालयका बिद्यार्थी लक्षित एकदिने स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न गरेको छ। स्वास्थ्य शिविर उद्घाटन समारोहको अध्यक्षता नगर प्रमुख श्री शम्भु शाहले गर्नुभएको थियो । कार्यक्रममा नगरपालिका विभिन्न वडाका वडाध्यक्षहरू, शिक्षा शाखा प्रमुख, स्वास्थ्य संयोजक, तथा समावेशी शिक्षा सञ्जाल (GIEN) का प्रतिनिधिहरू, शिक्षक, अभिभावक तथा सहयोगी संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

शिविर श्री आधारभुत विद्यालय बालमन्दिर, गौर ५ मा आयोजना गरिएको थियो । स्वास्थ्य शिविरमा गौर नगरपालिकाका १५ ओटा सामुदायिक विद्यालयमा अपाङ्गता प्रारम्भिक पहिचान (Early Screening) का क्रममा सम्भावित कठिनाइ भएका करीब १६० जनाभन्दा बढी विद्यार्थीहरूको स्वास्थ्य परीक्षण गरिएको थियो । स्वास्थ्य परीक्षणका लागि विभिन्न विशेषज्ञ चिकित्सकहरूको सहयोगमा दृष्टि, सुनाइ, हिँडडूल र मानसिक तथा मनोसामाजिकसम्बन्धी सम्भावित कठिनाइ पहिचान भएका विद्यार्थीहरूको स्वास्थ्य परीक्षण गरिएको थियो । स्वास्थ्य परीक्षणका क्रममा आवश्यकता अनुरूपका औषधी तथा परामर्श सेवासमेत प्रदान गरिएको थियो ।

स्वास्थ्य परीक्षणपश्चात् करीब ४५ जनाभन्दा बढी विद्यार्थीहरूको थप जटिल स्वास्थ्य समस्या देखिएको हुँदा थप स्वास्थ्य परीक्षणका लागि रेफरल सेवा, अपाङ्गता परिचयपत्र, व्यवस्थापकीय तथा शैक्षणिक सेवासुविधाहरूको आवश्यकता देखिएको छ । गौर नगरपालिकाले यस प्रकारको विद्यालयका बालबालिका लक्षित पहिलो पटक स्वास्थ्य शिविर सञ्चालन गर्दै समयमै स्वास्थ्य समस्या पहिचान तथा सम्बोधन र आवश्यकता केन्द्रित उपलब्ध शैक्षणिक तथा व्यवस्थापकीय सेवासुविधाहरूको सुनिश्चिततासँगै समावेशी र गुणस्तरीय शिक्षामासमेत मद्दतपुग्ने कुरा नगर प्रमुखले बताउनु भएको थियो । साथै यसप्रकारको कार्यका लागि सहकार्य गरी सहयोग गरिरहनु भएका स्ट्रिट चाइल्ड तथा आसमान नेपालप्रति धन्यवाद व्यक्त गर्दै आगामि दिनमासमेत निरन्तर सहकार्यको आवश्यकता रहेको वताउनु भएको थियो ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वास्थ्य बीमा कार्यक्रमलाई चरम आर्थिक अभाव, सुधारको खाका कोर्दै सरकार
स्वास्थ्य बीमा कार्यक्रमलाई चरम आर्थिक अभाव, सुधारको खाका कोर्दै सरकार
शिक्षक आन्दोलनलाई प्रधानमन्त्रीको जवाफ : आफ्नो हित मात्रै हेरेर समस्या समाधान हुँदैन
शिक्षक आन्दोलनलाई प्रधानमन्त्रीको जवाफ : आफ्नो हित मात्रै हेरेर समस्या समाधान हुँदैन
दानव खोलामा बेपत्ता तीन मध्य एक बालक मृत फेला
दानव खोलामा बेपत्ता तीन मध्य एक बालक मृत फेला
रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्ने
रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्ने
अब प्रधानमन्त्री देउवाजीलाई हस्तान्तरण गर्छु : प्रधानमन्त्री ओली
अब प्रधानमन्त्री देउवाजीलाई हस्तान्तरण गर्छु : प्रधानमन्त्री ओली
दर्ज्यानी चिन्ह ग्रहण गर्दै महानिरीक्षक पौडेलले भने : नागरिक सुरक्षाप्रति मेरो निष्ठा सँधै अटल रहनेछ
दर्ज्यानी चिन्ह ग्रहण गर्दै महानिरीक्षक पौडेलले भने : नागरिक सुरक्षाप्रति मेरो निष्ठा सँधै अटल रहनेछ
एसिया कपका लागि नेपाली यू–१९ टोली घोषणा
एसिया कपका लागि नेपाली यू–१९ टोली घोषणा
बाबुआमाले लछारपछार गर्दा शिशुको मृ*त्यु
बाबुआमाले लछारपछार गर्दा शिशुको मृ*त्यु
नेपाली क्रिकेट टोलीले विश्वकप छनोटअघि अस्ट्रेलियामा टी-२० सिरिज खेल्ने
नेपाली क्रिकेट टोलीले विश्वकप छनोटअघि अस्ट्रेलियामा टी-२० सिरिज खेल्ने
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल