Press 4K
बिहिबार, २५ आषाढ २०८३

लौरो चुनाव चिन्ह दुरुपयोग भएको आरोप

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, पौष २४, २०८२
|
|
२९ पटक हेरिएको
Shares
लौरो चुनाव चिन्ह दुरुपयोग भएको आरोप

सारांश

  • लौरो अभियान, स्वतन्त्र अभियान तथा जेन–जी अभियानले संयुक्त रूपमा विशेष भेला तथा पत्रकार सम्मेलन गर्दै ‘लौरो चुनाव चिन्ह’ को दुरुपयोग भएको गम्भीर आरोप लगाएका छन् ।
  • बिहीबार आयोजित पत्रकार सम्मेलनमा स्वतन्त्र उम्मेदवार तथा अभियन्ताहरूले केही सीमित व्यक्तिहरूले लौरो चुनाव चिन्हलाई व्यक्तिगत र समूहगत राजनीतिक स्वार्थका लागि सौदाबाजीको माध्यम बनाएको दाबी गरेका हुन् ।
  • वक्तव्यमा जनाइएअनुसार गत निर्वाचनमा देशभर संघ र प्रदेश तहमा गरी ३६७ जना स्वतन्त्र तथा वैकल्पिक राजनीतिक शक्तिका उम्मेदवारहरूले साझा चुनाव चिन्हका रूपमा लौरो प्रयोग गरेका थिए ।

 

काठमाडौं ।

लौरो अभियान, स्वतन्त्र अभियान तथा जेन–जी अभियानले संयुक्त रूपमा विशेष भेला तथा पत्रकार सम्मेलन गर्दै ‘लौरो चुनाव चिन्ह’ को दुरुपयोग भएको गम्भीर आरोप लगाएका छन् ।बिहीबार आयोजित पत्रकार सम्मेलनमा स्वतन्त्र उम्मेदवार तथा अभियन्ताहरूले केही सीमित व्यक्तिहरूले लौरो चुनाव चिन्हलाई व्यक्तिगत र समूहगत राजनीतिक स्वार्थका लागि सौदाबाजीको माध्यम बनाएको दाबी गरेका हुन् । वक्तव्यमा जनाइएअनुसार गत निर्वाचनमा देशभर संघ र प्रदेश तहमा गरी ३६७ जना स्वतन्त्र तथा वैकल्पिक राजनीतिक शक्तिका उम्मेदवारहरूले साझा चुनाव चिन्हका रूपमा लौरो प्रयोग गरेका थिए । उनीहरूको भनाइमा लौरो चुनाव चिन्ह कुनै व्यक्ति वा समूहको निजी सम्पत्ति नभई दलगत राजनीतिबाट दिक्क भएका नागरिकहरूको आशा, विकल्प र प्रतिरोधको प्रतीक भएको जनाएका छन् ।

पत्रकार सम्मेलनमा तत्कालीन ‘हाम्रो नेपाली पार्टी’ लाई केवल कानुनी प्रयोजनका लागि अस्थायी रूपमा प्रयोग गरिएको संरचना भएको दाबी गरिएको छ । सबै स्वतन्त्र उम्मेदवारहरूले साझा चुनाव चिन्ह प्रयोग गर्न सकून् भन्ने उद्देश्यले निर्वाचन आयोगमा दर्ता गरिएको उक्त पार्टीलाई राजनीतिक दलको रूपमा विकास गर्ने कुनै सहमति नरहेको वक्तव्यमा उल्लेख छ । तर सोही पार्टीका अध्यक्ष अनन्तराज घिमिरे र प्रवक्ता रोहन कार्कीले कुनै छलफल वा सहमति बिना नै पार्टीको नाम परिवर्तन गरी ‘देश विकास पार्टी’ बनाउँदै लौरो चुनाव चिन्हलाई राजनीतिक बार्गेनिङको साधन बनाएको आरोप लगाइएको छ । उनीहरूले दुई जना केन्द्रीय सदस्य पद प्राप्त गर्ने उद्देश्यले यस्तो कदम चालेको दाबी पनि गरिएको छ । यस्तै, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले समेत उक्त अवस्थालाई राजनीतिक सौदाबाजीको हतियारका रूपमा प्रयोग गरेको देखिएको भन्दै स्वतन्त्र अभियन्ताहरूले आपत्ति जनाएका छन्।

 

वक्तव्यमा भनिएको छ, ‘ निजी स्वार्थका आधारमा, दुई जना केन्द्रीय सदस्य पद प्राप्त गर्ने उद्देश्यले लौरो चुनाव चिन्ह नै सौदाबाजी गरी पार्टीको नाम परिवर्तन गर्दै ‘देश विकास पार्टी’ बनाएको गम्भीर तथ्य हाम्रो सामु आएको छ । यसपछि कालान्तरमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले समेत उक्त अवस्थालाई राजनीतिक बार्गेनिङको हतियारका रूपमा प्रयोग गरेको देखिएकाले, हामी स्वतन्त्र व्यक्ति तथा लौरो अभियानका अभियन्ताहरूको गम्भीर ध्यानाकर्षण भएको छ । यस सन्दर्भमा हामी स्पष्ट रूपमा भन्न चाहन्छौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश नगर्दासम्म स्वतन्त्र लौरो अभियानका एक स्टेकहोल्डर थिए । तर जब उनी र उनको टिमले दलगत राजनीतिमा प्रवेश गरे, त्यस क्षणदेखि ‘लौरो चुनाव चिन्ह’ उनको वा उनको समूहको रहन सक्दैन । किनकि लौरो भनेको स्वतन्त्रहरूको प्रतीक मात्र होइन, यो आस्था, धरोहर र स्वतन्त्र राजनीतिक आन्दोलनको मन्दिर हो । त्यसैले, वर्तमान अवस्थामा बालेन्द्र शाह र उनको टिमले लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई सुरक्षित, सम्मानजनक र आधिकारिक रूपमा फिर्ता गर्नुपर्दछ भन्ने हाम्रो स्पष्ट माग छ ।’ स्वतन्त्र समूहले लौरो चुनाव चिन्ह एक हप्ताभित्र स्वतन्त्र उम्मेदवार तथा समूहलाई आधिकारिक रूपमा फिर्ता गर्न अल्टिमेटम दिएको छ । तोकिएको समयभित्र चिन्ह फिर्ता नगरिए देश विकास पार्टीको कार्यालय तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको घर वा कार्यालय अगाडि विरोध तथा धर्नाका कार्यक्रम गर्ने चेतावनी दिइएको छ । त्यसैगरी निर्वाचन आयोगले तत्कालीन हाम्रो नेपाली पार्टीका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको हस्ताक्षर सनाखत नगरी पार्टीको नाम परिवर्तन गरिएको भन्दै उक्त प्रक्रिया अवैधानिक भएको दाबी गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

७२ वर्ष पुगेँ, अझै केही वर्ष भिड्छु : प्रचण्ड
७२ वर्ष पुगेँ, अझै केही वर्ष भिड्छु : प्रचण्ड
कोशीका पूर्वमन्त्री लीलाबल्लभ अधिकारी मानव तस्करीका आरोपमा विराटनगरबाट पक्राउ
कोशीका पूर्वमन्त्री लीलाबल्लभ अधिकारी मानव तस्करीका आरोपमा विराटनगरबाट पक्राउ
देश गम्भीर अवस्थामा छ, सबै एक भएर अगाडि बढ्नुपर्छ : घिसिङ
देश गम्भीर अवस्थामा छ, सबै एक भएर अगाडि बढ्नुपर्छ : घिसिङ
कुलमानका विषयमा ऊर्जामन्त्रीले सदनमा झुट बोले : लिङ्देन
कुलमानका विषयमा ऊर्जामन्त्रीले सदनमा झुट बोले : लिङ्देन
विश्व कविता दिवसमा कविता प्रतियोगिता
विश्व कविता दिवसमा कविता प्रतियोगिता
सर्लाहीमा अज्ञात समूहको गोली प्रहार, यादवको मृत्यु
सर्लाहीमा अज्ञात समूहको गोली प्रहार, यादवको मृत्यु
राप्रपा केन्द्रीय कार्यसमिति बैठक जारी, धवलशम्शेर पक्षको बहिष्कार
राप्रपा केन्द्रीय कार्यसमिति बैठक जारी, धवलशम्शेर पक्षको बहिष्कार
जलस्रोत तथा सिँचाइ विभागका पूर्वमहानिर्देशक भण्डारीविरुद्ध साढे ३ करोडको भ्रष्टाचार मुद्दा दायर
जलस्रोत तथा सिँचाइ विभागका पूर्वमहानिर्देशक भण्डारीविरुद्ध साढे ३ करोडको भ्रष्टाचार मुद्दा दायर
दुई महिनाभित्र पशु कल्याण ऐन ल्याउने कृषि मन्त्री अधिकारीको प्रतिवद्धता
दुई महिनाभित्र पशु कल्याण ऐन ल्याउने कृषि मन्त्री अधिकारीको प्रतिवद्धता
जय ट्रफी फाइनल : १०३ रनको लक्ष्य पछ्याएको आर्मी लड्खडाउँदै
जय ट्रफी फाइनल : १०३ रनको लक्ष्य पछ्याएको आर्मी लड्खडाउँदै

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...