विवादबीच आह्वान भयो काँग्रेसको विशेष महाधिवेशन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, पौष २३, २०८२
|
|
३७ पटक हेरिएको
Shares
विवादबीच आह्वान भयो काँग्रेसको विशेष महाधिवेशन

सारांश

  • नेपाली काँग्रेसमा देखिएको पछिल्लो विवादबीच विशेष महाधिवेशन आह्वान गरिएको छ ।
  • विशेष महाधिवेशन सञ्चार तथा प्रचार प्रसार समितिले काठमाडौँमा एक पत्रकार सम्मेलन आयोजना गर्दै यही पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने आह्वान गरेको हो ।
  • ‘पार्टीले २०८२ पौष २८ भित्र १५ औँ महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक पनि गरेको थियो, तर तोकिएको समयमा १५ औँ महाधिवेशन सम्पन्न हुन सकेन,’ विशेष महाधिवेशन पक्षधरले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘यस्तो अवस्थामा हाम्रो मागबमोजिमको विशेष महाधिवेशन स्वतः निर्विकल्प विकल्प बनेको छ ।

२३ पुष, काठमाडौँ।

नेपाली काँग्रेसमा देखिएको पछिल्लो विवादबीच विशेष महाधिवेशन आह्वान गरिएको छ । विशेष महाधिवेशन सञ्चार तथा प्रचार प्रसार समितिले काठमाडौँमा एक पत्रकार सम्मेलन आयोजना गर्दै यही पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने आह्वान गरेको हो । ‘पार्टीले २०८२ पौष २८ भित्र १५ औँ महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक पनि गरेको थियो, तर तोकिएको समयमा १५ औँ महाधिवेशन सम्पन्न हुन सकेन,’ विशेष महाधिवेशन पक्षधरले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘यस्तो अवस्थामा हाम्रो मागबमोजिमको विशेष महाधिवेशन स्वतः निर्विकल्प विकल्प बनेको छ ।’

बाध्यकारी अवस्थामा आफूहरूले विशेष महाधिवेशन आह्वान गरिएको विशेष महाधिवेशन पक्षधरले जनाएको छ । ‘विधानको यही मर्म र भावनालाई पूर्ण सम्मान गर्दै यही २०८२ पौष २७ र २८ गते काठमाडौँमा हुन गइरहेको विशेष केन्द्रीय महाधिवेशनमा सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको उत्साहपूर्ण सक्रिय उपस्थिति र सहभागिताका लागि हार्दिक आग्रह गर्दछौँ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

विशेषका लागि सचिवालयका तर्फबाट शान्ति सुरक्षाका व्यवस्थाका लागि स्थानीय प्रशासनमा पत्राचार समेत भइसकेको छ । विशेष पक्षधरले महाधिवेशनका लागि यसअघि नै भृकुटीमण्डप ‘बुकिङ’ गरिसकेको छ । सचिवालयले विशेष महाधिवेशनका लागि विभिन्न उपसमितिहरू पनि गठन गरिएको पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।

महामन्त्रीद्वय थापा र शर्मा पक्षले नियमित महाधिवेशनको कार्यतालिका प्रभावित भएकाले अब विशेष महाधिवेशनको विकल्प नभएको जनाएको छ । तर सभापति शेरबहादुर देउवा पक्षले भने फागुन २१ को प्रतिनिधि सभा निर्वाचन अगाडि विशेष महाधिवेशन गर्न नसकिने जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचन आयोगले आज दलहरुसँग छलफल गर्दै
निर्वाचन आयोगले आज दलहरुसँग छलफल गर्दै
याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ आजदेखि खुला
याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ आजदेखि खुला
नयाँ वर्षमा नयाँ ऊर्जा, सङ्कल्प र सम्भावनाको खोजी गर्छाैं : प्रधानमन्त्री ओली
नयाँ वर्षमा नयाँ ऊर्जा, सङ्कल्प र सम्भावनाको खोजी गर्छाैं : प्रधानमन्त्री ओली
मधेशमा ढल्यो जसपा नेपालको सरकार, मुख्यमन्त्री यादव पदमुक्त
मधेशमा ढल्यो जसपा नेपालको सरकार, मुख्यमन्त्री यादव पदमुक्त
आज पनि उच्च अंकले घट्यो नेप्से
आज पनि उच्च अंकले घट्यो नेप्से
आज जुडशीतल पर्व, मधेस प्रदेशमा सार्वजनिक बिदा
आज जुडशीतल पर्व, मधेस प्रदेशमा सार्वजनिक बिदा
सर्वोच्चले सोध्यो : ललिता निवासमा पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई किन मुद्दा चलाइएन ?
सर्वोच्चले सोध्यो : ललिता निवासमा पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई किन मुद्दा चलाइएन ?
जेनजी आन्दोलनमा कारागारबाट भागेका ६० किलो सुन तस्करी अभियुक्त पक्राउ
जेनजी आन्दोलनमा कारागारबाट भागेका ६० किलो सुन तस्करी अभियुक्त पक्राउ
अस्पतालका लागि बनाइएको भवनमा चर्च सञ्चालन, धनगढी उपमहानगरले चलायो डोजर
अस्पतालका लागि बनाइएको भवनमा चर्च सञ्चालन, धनगढी उपमहानगरले चलायो डोजर
पानीको प्रयोगबाटै देश समृद्ध बनाउने लक्ष्य लिएका छौं : ऊर्जामन्त्री खड्का
पानीको प्रयोगबाटै देश समृद्ध बनाउने लक्ष्य लिएका छौं : ऊर्जामन्त्री खड्का