नेप्से दोहोरो अंक घट्याे, कारोबार ५ अर्बमाथि

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, पौष २०, २०८२
|
|
३१ पटक हेरिएको
Shares
नेप्से दोहोरो अंक घट्याे, कारोबार ५ अर्बमाथि

सारांश

  • नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकले गिरावट आएको छ ।
  • साताको पहिलो दिन आइतबार नेप्से सूचक १०.
  • २९ अंकले घटेर २६१०.

२० पुष, काठमाडौं ।

नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकले गिरावट आएको छ । साताको पहिलो दिन आइतबार नेप्से सूचक १०.२९ अंकले घटेर २६१०.६३ अंकमा अडेको हो ।

वित्तीय क्षेत्रको ब्याजदर न्यून भएको अवस्थामा सेयर बजार सूचक घटेको हो । अर्थतन्त्रमा देखिएका समस्याका कारण पनि सेयर लगानीकर्ताको मनोबल कमजोर भएको हो । अर्थतन्त्रमा माग बढ्न नसक्नु, आर्थिक गतिविधि सुस्त हुँदा सेयर बजारले पनि सकारात्मक गति लिन सकेको छैन । गत साता नेप्सेमा कारोबार भएका हुने केही दिन सेयर बजार सूचक बढेको थियो । त्यसका कारण वैकल्पिक राजनीतिक शक्तिहरू एक भएको र आगामी २१ फागुनमा निर्वाचन हुने संकेत देखिएपछि त्यसले सेयर बजार लगानीकर्ताको मनोबल बढेको थियो । तर, त्यो सुधार धेरै टिक्न सकेन ।

आइतबार कारोबार सुरु हुँदादेखि नकारात्मक रहेको नेप्से बन्द हुँदासम्म कायम रह्यो । नेप्सेमा सेयर किनबेच भएको कुल कारोबार रकम हेर्दा सेयरको माग रहेको र आगामी दिन झनै बढ्न सक्ने अनुमान गर्न सकिन्छ । आइतबार नेप्सेमा ३ सय २३ कम्पनीको सेयर खरिद–बिक्री भएको छ । तीमध्ये १ सय ७१ कम्पनीको सेयर मूल्य घटेको छ । साथै, ७९ कम्पनीको सेयर मूल्य बढेको नेप्सेले जनाएको छ । आइतबार नेप्सेमा कारोबार भएका ९ कम्पनीको सेयर मूल्यमा कुनै पनि परिवर्तन आएन । साथै, नेप्सेमा विन नेपाल लघुवित्त र श्रीनगर एग्रिटेक कम्पनीको सेयर मूल्यमा सकारात्मक सकिर्ट लागेको छ ।

आइतबार नेप्सेमा कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्यसँगै समूहगत सूचक पनि नकारात्मक भएका छन् । नेप्सेमा बैंकिङ १.९३, विकास बैंक ४४.१६, वित्त २.९९, जलविद्युत् १६.५७, लगानी ०.३३, जीवन बीमा ११३.९४, माइक्रोफाइनान्स १५.८१, सामूहिक लगानी कोष ०.०६, निर्जीवन बीमा ९४.४४ र अन्य समूह ४०.१० अंकले घटेको छ ।

आइतबार नेप्सेमा उत्पादनमूलक ८९.१०, होटल समूह ४३.३७ र व्यापार समूह १२.९१ अंकले बढेका छन् । आइतबार नेप्सेमा ३ सय २३ कम्पनीको ७९ हजार कारोबारबाट ५ अर्ब १ करोड रुपैयाँ बराबरको १ करोड २ लाख ७४ हजार कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ । यो कारोबार रकम गत साता बिहीबारको धेरै हो । त्यस दिन नेप्सेमा ४ अर्ब ६० करोड बराबर सेयर खरिद–बिक्री भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाललाई दोस्रो सफलता, मलेसियाको दुई विकेट गयो
नेपाललाई दोस्रो सफलता, मलेसियाको दुई विकेट गयो
वीरगञ्जस्थित फोहर पानी प्रशोधन केन्द्रको कागजात अख्तियारको नियन्त्रणमा
वीरगञ्जस्थित फोहर पानी प्रशोधन केन्द्रको कागजात अख्तियारको नियन्त्रणमा
जुम्लामा सिलिन्डर ग्यास अभाव हुने त्रास, वितरण प्रणाली पारदर्शी बनाइने
जुम्लामा सिलिन्डर ग्यास अभाव हुने त्रास, वितरण प्रणाली पारदर्शी बनाइने
कुलमान हटाउन अन्तिम अस्त्र प्रयोग गरिँदै
कुलमान हटाउन अन्तिम अस्त्र प्रयोग गरिँदै
टेक्सासमा आएको भीषण बाढीमा परी कम्तीमा १३ को मृत्यु, २० भन्दा बढी बेपत्ता
टेक्सासमा आएको भीषण बाढीमा परी कम्तीमा १३ को मृत्यु, २० भन्दा बढी बेपत्ता
पर्यटन पूर्वाधार विकासका लागि ५ अर्ब ४६ करोड बजेट
पर्यटन पूर्वाधार विकासका लागि ५ अर्ब ४६ करोड बजेट
विधायन व्यवस्थापनसहित दुईवटा संसदीय समितिको बैठक बस्दै
विधायन व्यवस्थापनसहित दुईवटा संसदीय समितिको बैठक बस्दै
मौसम पूर्वानुमान : देशभर गर्मी बढ्ने, दुई प्रदेशमा वर्षाको सम्भावना
मौसम पूर्वानुमान : देशभर गर्मी बढ्ने, दुई प्रदेशमा वर्षाको सम्भावना
तीन समस्याग्रस्त सहकारीका १४८ बचतकर्ताले पाए रकम फिर्ता
तीन समस्याग्रस्त सहकारीका १४८ बचतकर्ताले पाए रकम फिर्ता
महासंघमा महिला सहभागिता बढाउन सुनिता नेमाफुकीको उम्मेदवारी
महासंघमा महिला सहभागिता बढाउन सुनिता नेमाफुकीको उम्मेदवारी