सर्लाहीमा वन चौकीदारको विभत्स हत्या, टाउको बिनाको शव फेला
सर्लाही, १९ पुष। ईश्वरपुर नगरपालिका–२, राइटरखोरस्थित सागरनाथ वन विकास परियोजनामा कार्यरत वन चौकीदार रामईश्वर महतोको विभत्स हत्या भएको छ।
स्थानीय ४७ वर्षीय महतो शनिबार बिहान जंगलतर्फ गएका थिए। दिउँसोसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा करिब ५ सय मिटर टाढा जंगलमा उनको टाउकोबिनाको शव फेला परेको प्रहरीले जनाएको छ। काटिएको टाउको भने अझै फेला परेको छैन।
प्रहरी नायब उपरीक्षक सरोज राईका अनुसार घटनास्थल नजिकै रुख काटेको आवाज सुनेपछि महतो जंगलतर्फ गएका थिए। त्यसपछि उनी घर नफर्किएपछि परिवार र गाउँलेले खोजी गर्दा शव भेटिएको हो।
प्रहरीले एक जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ। तालिम प्राप्त कुकुरको सहयोगमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।




Post Comment