कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरुले केन्द्रीय कार्यालय घेर्नुपर्छ: शंकर तिवारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, पौष ११, २०८२
|
|
५१ पटक हेरिएको
Shares
कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरुले केन्द्रीय कार्यालय घेर्नुपर्छ: शंकर तिवारी

सारांश

  • नेपाली कांग्रेसका नेता एवम विश्लेषक शंकर तिवारीले पार्टीको नियमित अधिवेशनको कार्यतालिका बदनियतपूर्वक विशेष महाधिवेशनको आवाजलाई दबाउनका लागि रचिएको तीकडम छलछाम भएको बताएका छन् ।
  • शुक्रबार सामाजिक संजालमार्फत आफ्नो धारणा राख्दै उनले कांग्रेस केन्द्रले तत्काल विशेष महाधिवेशनका लागि मार्ग प्रशस्त गर्न आग्रह पनि गरेका छन् ।
  • पुस ११ सम्मका गतिविधि हेर्दा नियमित महाधिवेशन हुने कुनै लक्षण वा गुञ्जायस नदेखिएको उल्लेख गर्दै उनले पार्टी प्रवक्ताले तोकिएको अवधिमा नियमित अधिवेशन हुन नसक्ने भनेर प्रष्ट संकेत गरेको जनाए ।

 

११ पुष, काठमाडौं ।

नेपाली कांग्रेसका नेता एवम विश्लेषक शंकर तिवारीले पार्टीको नियमित अधिवेशनको कार्यतालिका बदनियतपूर्वक विशेष महाधिवेशनको आवाजलाई दबाउनका लागि रचिएको तीकडम छलछाम भएको बताएका छन् । शुक्रबार सामाजिक संजालमार्फत आफ्नो धारणा राख्दै उनले कांग्रेस केन्द्रले तत्काल विशेष महाधिवेशनका लागि मार्ग प्रशस्त गर्न आग्रह पनि गरेका छन् । पुस ११ सम्मका गतिविधि हेर्दा नियमित महाधिवेशन हुने कुनै लक्षण वा गुञ्जायस नदेखिएको उल्लेख गर्दै उनले पार्टी प्रवक्ताले तोकिएको अवधिमा नियमित अधिवेशन हुन नसक्ने भनेर प्रष्ट संकेत गरेको जनाए ।

‘पार्टीको यस्तो ढिलोढाला प्रवृत्ति पार्टीभित्र परिवर्तनको लागि आवाज मुखरित गरेका बहुसंख्यक महाधिवेशन प्रतिनिधिहरूका प्रति गरिएको अपमान हो। विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेका पार्टीका स्वाभिमानी कार्यकर्ताहरूले पार्टीको अकर्मण्य चरित्र र पार्टीलाई यथास्थितिमा राख्ने प्रपञ्च टुलुटुलु हेरेर बस्न सक्दैनन्,’ उनले अगाडि लेखेका छन्,‘ नियमित अधिवेशनको कार्यतालिका बदनियतपूर्वक विशेष महाधिवेशनको आवाजलाई दबाउनका लागि रचिएको तीकडम छलछाम भन्दा ज्यादा केही रहेनछ । ‘रकेट गति’को भनिएको महाधिवेशनको कार्य तालिकालाई विश्वास गर्नु कार्यकर्ताहरूले गरेको महाभूल थियो । अब त्यो भूलभुलैयाबाट बाहिर निस्केर कार्यकर्ताहरूले, विशेषगरी विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेका कार्यकर्ताहरू केन्द्रीय कार्यालय घेर्न काठमाडौं आउनुपर्छ। निर्वाचनभन्दा अगाडि पार्टीलाई बदल्ने र भाद्र २३ र २४ घटनापछि पार्टीले पाठ सिकेको छ, पार्टी बदलिएको छ भन्ने सन्देश चरितार्थ गर्नका लागि कांग्रेस कार्यकर्ताहरु सामु त्योभन्दा अर्को विकल्प छैन ।’

त्यस्तै उनले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेका साथीरूलाइ कसका कारणले क्रियाशील सदस्यताको समयमा निरूपण भएन भन्ने परस्पर दोषारोपणमा दिलचस्पी नभएको औंल्याएका छन् । ‘पार्टीको गतिरोध निकासका लागि सिङ्गो कार्यसमिति बाधक छ । कार्यकर्ता र आम मानिसहरूले पार्टी केन्द्रीय कार्यसमिति भित्रका कसको के नियत छ भन्ने प्रष्ट देखेका छन् । भाद्र २३ र २४ को उथलपुथलले दिएको आघातलाइ उपेक्षा गर्दै पार्टीलाई यथास्थितिमा राख्ने बहानाबाजी स्वीकार्य छैन,’ उनले भनेका छन् । तिवारीको भनाइ जस्ताको त्यस्तै नेपाली कांग्रेस केन्द्रले तत्काल विशेष महाधिवेशनका लागि मार्ग प्रशस्त गरोस् । भाद्र २३ र २४ को उथुलपुथल पछि नेपाली कांग्रेसको ऐतिहासिक ४९ दिन लामो केन्द्रीय कार्यसमितिको बैठकले पुष २६ (२८, २०८२ का लागि केन्द्रीय महाधिवेशनको मिति तय गरेको थियो । तर पुस ११ सम्मका गतिविधि हेर्दा नियमित महाधिवेशन हुने कुनै लक्षण वा गुञ्जायस देखिएको छैन । त्यो कुरालाई पार्टी प्रवक्ताले तोकिएको अवधिमा नियमित अधिवेशन हुन नसक्ने भनेर प्रष्ट संकेत गरेका छन् । पार्टीको यस्तो ढिलोढाला प्रवृत्ति पार्टीभित्र परिवर्तनको लागि आवाज मुखरित गरेका बहुसंख्यक महाधिवेशन प्रतिनिधिहरूका प्रति गरिएको अपमान हो । विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेका पार्टीका स्वाभिमानी कार्यकर्ताहरूले पार्टीको अकर्मण्य चरित्र र पार्टीलाई यथास्थितिमा राख्ने प्रपञ्च टुलुटुलु हेरेर बस्न सक्दैनन् ।

नियमित अधिवेशनको कार्यतालिका बदनियतपूर्वक विशेष महाधिवेशनको आवाजलाई दबाउनका लागि रचिएको तीकडम छलछाम भन्दा ज्यादा केही रहेनछ । ‘रकेट गति’ को भनिएको महाधिवेशनको कार्य तालिका लाई विश्वास गर्नु कार्यकर्ताहरूले गरेको महाभूल थियो । अब त्यो भूलभुलैयाबाट बाहिर निस्केर कार्यकर्ताहरूले, विशेष गरी विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेका कार्यकर्ताहरू केन्द्रीय कार्यालय घेर्न काठमांडू आउनु पर्छ । निर्वाचनभन्दा अगाडि पार्टीलाई बदल्ने र भाद्र २३ र २४ घटनापछि पार्टीले पाठ सिकेको छ, पार्टी बदलिएको छ भन्ने सन्देश चरितार्थ गर्नका लागि कांग्रेस कार्यकर्ताहरु सामु त्योभन्दा अर्को विकल्प छैन ।
विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेका साथीरूलाइ कसका कारणले क्रियाशील सदस्यताको समयमा निरूपण भएन भन्ने परस्पर दोषारोपणमा दिलचस्पी छैन । पार्टीको गतिरोध निकासका लागि सिङ्गो कार्यसमिति बाधक छ । कार्यकर्ता र आम मानिसहरूले पार्टी केन्द्रीय कार्यसमिति भित्रका कसको के नियत छ भन्ने प्रष्ट देखेका छन् । भाद्र २३ र २४ को उथलपुथलले दिएको आघातलाइ उपेक्षा गर्दै पार्टीलाई यथास्थितिमा राख्ने बहानाबाजी स्वीकार्य छैन । बीपी कोइराला लगायत अग्रजहरुले प्रतिपादित गरेको सिद्धान्त दर्शन र विचारहरूबाट दीक्षित कार्यकर्ताहरूले निर्णय गर्ने बेला आएको छ । सत्ताको चास्नीको मात्र सपना देख्ने र जपना गर्ने गर्नेहरुबाट समय सुहाउँदो कांग्रेस सम्भव छैन । समय छँदै कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति र कांग्रेस केन्द्रले विचार पु¥याओस् । होइन भने विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेका कार्यकर्ताहरूले आफै निर्णय गर्नेछन् । पार्टी अनुशासनको नाममा पार्टीलाई बन्धक बनाउने छुट कसैलाई छैन। पार्टी विधानभन्दा माथि कोही पनि छैन । पार्टी विधानको दफा १७। २ पालन पार्टी केन्द्रले गरोस् । पार्टी केन्द्रले विधानको अनुशासन नमाने विशेष महाधिवेशनका हस्ताक्षरकर्ताले विधान उल्लंघन गरेर भएपनि पार्टीलाई नयाँ बनाउनुपर्नेछ । नेपाली कांग्रेस केन्द्रले तत्काल विशेष महाधिवेशनका लागि मार्ग प्रशस्त गरोस् । अब अति अति भयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो मातातीर्थ सबस्टेसनको आज उद्घाटन
काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो मातातीर्थ सबस्टेसनको आज उद्घाटन
सरकारी निकायका १० वेबसाइट ह्याक
सरकारी निकायका १० वेबसाइट ह्याक
मधेशका नवनियुक्त शिक्षामन्त्री सिंहको प्राथमिकता : शैक्षिक गुणस्तर सुधार, साक्षरता दर वृद्धि
मधेशका नवनियुक्त शिक्षामन्त्री सिंहको प्राथमिकता : शैक्षिक गुणस्तर सुधार, साक्षरता दर वृद्धि
अर्थमन्त्री पौडेल डिस्चार्ज हुँदै, मेयर आचार्य केही दिन अस्पतालमै रहने
अर्थमन्त्री पौडेल डिस्चार्ज हुँदै, मेयर आचार्य केही दिन अस्पतालमै रहने
कारागारभित्रै सीप सिकेर कमाउँछ कैदीबन्दीहरू
कारागारभित्रै सीप सिकेर कमाउँछ कैदीबन्दीहरू
संसद्को उद्योग समितिको बैठक स्थगित
संसद्को उद्योग समितिको बैठक स्थगित
चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माण : प्रधानमन्त्री
चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माण : प्रधानमन्त्री
सर्वोच्चको फैसला नआएसम्म आन्दोलन जारी राख्ने ७ दलको निर्णय
सर्वोच्चको फैसला नआएसम्म आन्दोलन जारी राख्ने ७ दलको निर्णय
सभामुखमा मनोनयन दर्तापछि डीपी अर्यालले भने : संविधान र कानुनको परिधिमा रहेर काम गर्ने छु
सभामुखमा मनोनयन दर्तापछि डीपी अर्यालले भने : संविधान र कानुनको परिधिमा रहेर काम गर्ने छु
दृष्टिविहीन विश्वकप क्रिकेट : नेपालले दक्षिण अफ्रिकालाई हरायो
दृष्टिविहीन विश्वकप क्रिकेट : नेपालले दक्षिण अफ्रिकालाई हरायो