क्यानडाविरुद्धको दोस्रो एकदिवसीयमा नेपाल ४ विकेटले विजयी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, माघ २७, २०८०
|
|
४० पटक हेरिएको
Shares
क्यानडाविरुद्धको दोस्रो एकदिवसीयमा नेपाल ४ विकेटले विजयी

सारांश

  • क्यानडाविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा पनि नेपाल विजयी भएको छ ।
  • त्रिवि क्रिकेट मैदानमा क्यानडाले दिएको २८६ रनको लक्ष्य नेपालले २९ बल बाँकी छँदै ६ विकेट गुमाएर भेट्टायो ।
  • नेपालको जितका लागि कप्तान रोहित पौडेलले ८७, देव खनालले ७६, अनिलकुमार साहले ५०,भीम सार्कीले २३ र पवन सर्राफले १४ रनको योगदान गरे ।

२७ माघ, काठमाडौं । क्यानडाविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा पनि नेपाल विजयी भएको छ । त्रिवि क्रिकेट मैदानमा क्यानडाले दिएको २८६ रनको लक्ष्य नेपालले २९ बल बाँकी छँदै ६ विकेट गुमाएर भेट्टायो ।

नेपालको जितका लागि कप्तान रोहित पौडेलले ८७, देव खनालले ७६, अनिलकुमार साहले ५०,भीम सार्कीले २३ र पवन सर्राफले १४ रनको योगदान गरे । त्यस्तै आसिफ सेखले १०, कुशल मल्ल र सोमपाल कामीले समान ९/९ रन जोडे । क्यानडाविरुद्धको ३ एकदिवसीय सिरिजमा नेपालले दुई खेल जितिसकेको छ । अन्तिम एकदिवसीय सिरिज सोमबार हुनेछ । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस जितेर ब्याटिङ रोजेको क्यानडाले राम्रो सुरुवात गरेको थियो । ओपनरद्वय आरोन जोनसज र नवनित दालिवाले पहिलो विकेटका लागि ९४ रनको साझेदारी गरे । तर १९औं ओभरको दोस्रो बलमा डेब्यूटेन्ट आकाश चन्दले नवनितलाई ४६ रनमा आउट गरे । जोनसन ६५ रनमा आउट भए, जतिबेला क्यानडाको स्कोर १२६ रन थियो ।

त्यसपछि पनि प्रगत सिंह र निकोलस किर्तोनले पारी सम्हाल्ने प्रयास गरे । तर ३२ औं ओभरमा कप्तान रोहितकुमार पौडेलले लगातार दुई विकेट लिँदै क्यानडामाथि दबाव बनाएका थिए । ओभरको दोस्रो बलमा उनले प्रगतलाई ३८ रनमा आउट गरे । स्वीप खेल्ने क्रममा डीप स्क्वायर लेगमा सोमपाल कमीले उनलाई क्याच आउट गरेका हुन् । पाँचौं बलमा विकेटकिपर आसिफ शेखले किर्तोनलाई स्टम्पिङ गरे । उनी २० रनमा आउट भए, जतिबेला क्यानडाको स्कोर १८०/४ थियो । तर सातौं नम्बरका ब्याटर श्रेयश मोभ्भा र दशौं नम्बरका उदय भागवानले ९ औं विकेटका लागि ४४ रनको साझेदारी गरे । ४० रन बनाएका मोभ्भा अन्तिम बलमा आउट भने भागवन २० रनमा नट आउट रहे । नेपालका लागि कप्तान रोहित र कुशल मल्लले समान २ तथा पवन सर्राफ, आकाश चन्द, सूर्य तामाङ र सोमपाल कामीले समान १ विकेट लिए ।  सूर्यले एक दिवसीय करिअरको पहिलो विकेट लिएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धनगढी उपमहानगरद्वारा विषादी प्रयोग गरिएका आँप नष्ट
धनगढी उपमहानगरद्वारा विषादी प्रयोग गरिएका आँप नष्ट
देउवाले बोलाए पदाधिकारी र सिनियर नेताको बैठक
देउवाले बोलाए पदाधिकारी र सिनियर नेताको बैठक
महिला च्याम्पियनसिप आजदेखि, नेपाल र किर्गिस्तान भिड्दै
महिला च्याम्पियनसिप आजदेखि, नेपाल र किर्गिस्तान भिड्दै
परिपूर्ण सामाजिक सुरक्षा बिना सामाजिक न्याय सम्भव छैन्:  प्रधानमन्त्री कार्की
परिपूर्ण सामाजिक सुरक्षा बिना सामाजिक न्याय सम्भव छैन्: प्रधानमन्त्री कार्की
ज्ञानेन्द्र शाहलाई कानुनी कारबाहीको दायरामा ल्याउन माओवादीको माग
ज्ञानेन्द्र शाहलाई कानुनी कारबाहीको दायरामा ल्याउन माओवादीको माग
राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै
राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै
अरु कसैले देश बनाउने जिम्मा लिन्छ भने म देश छोड्न तयार छु : दुर्गा प्रसाईँ
अरु कसैले देश बनाउने जिम्मा लिन्छ भने म देश छोड्न तयार छु : दुर्गा प्रसाईँ
टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषधदेखि नागरिकता, राहदानी कीर्तेसम्मको मुद्दा दर्ता
टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषधदेखि नागरिकता, राहदानी कीर्तेसम्मको मुद्दा दर्ता
भूमिसम्बन्धी विधेयक भूमिहिनलाई औजार बनाएर चुनावमा मत बटुल्ने प्रयोजन होः सांसद गौतम
भूमिसम्बन्धी विधेयक भूमिहिनलाई औजार बनाएर चुनावमा मत बटुल्ने प्रयोजन होः सांसद गौतम
सुरक्षाकर्मीलाई रासनको अभाव छ, गुणस्तरीय पोशाक समेत किन्न सकेका छैनौँः महानिरीक्षक अर्याल
सुरक्षाकर्मीलाई रासनको अभाव छ, गुणस्तरीय पोशाक समेत किन्न सकेका छैनौँः महानिरीक्षक अर्याल