Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

भयरहित वातावरणमा चुनाव गराउन रास्वपाको माग

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, पौष ७, २०८२
|
|
३६ पटक हेरिएको
Shares
भयरहित वातावरणमा चुनाव गराउन रास्वपाको माग

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले विदेशमा भएका नागरिकलाई भोटिङ्को अधिकार सुनिश्चितता गर्न नसके कानूनी प्रावधान गरेर भएपनि अगाडि बढ्नु पर्नेमा जोड दिएका छन् ।
  • सोमबार बसेको सर्वदलीय बैठकमा उनले विदेशमा भएको नागरिकको भोटिङ्को अधिकारको लागि कानूनी प्रावधान गरेर अगाडि बढ्नको लागि निर्वाचन आयोग र सरकारलाई ध्यानाकर्षण गराएका छन् ।
  • उनले भने, ‘समयले विदेशमा भएका नागरिकलाई भोटिङ्को अधिकार सुनिश्चितता गर्न सक्दैन भने राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सम्पूर्ण दलहरुलाई कम्तीमा कानूनी प्रावधान गरेर जाऔं भन्न चाहन्छु ।

 

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले विदेशमा भएका नागरिकलाई भोटिङ्को अधिकार सुनिश्चितता गर्न नसके कानूनी प्रावधान गरेर भएपनि अगाडि बढ्नु पर्नेमा जोड दिएका छन् । सोमबार बसेको सर्वदलीय बैठकमा उनले विदेशमा भएको नागरिकको भोटिङ्को अधिकारको लागि कानूनी प्रावधान गरेर अगाडि बढ्नको लागि निर्वाचन आयोग र सरकारलाई ध्यानाकर्षण गराएका छन् ।

उनले भने, ‘समयले विदेशमा भएका नागरिकलाई भोटिङ्को अधिकार सुनिश्चितता गर्न सक्दैन भने राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सम्पूर्ण दलहरुलाई कम्तीमा कानूनी प्रावधान गरेर जाऔं भन्न चाहन्छु । जसका कारण चुनावमा स्पष्ट तरिकाले अगाडि बढ्न पाइन्छ । हामीले पटक पटक निर्वाचन आयोग वा सरकारलाई ध्यानाकर्षण पनि गराएका छौ ।’ यस्तै, उनले चुनावमा नेता, पार्टी र उम्मेदवारहरु र मतदाताको सुरक्षाको जिम्मेवारी सरकारको भएको भन्दै त्यसतर्फ पनि ध्यानाकर्षण गराएका छन् । उनले भने, ‘अत्यन्त महत्वपूर्ण विषय भनेको चुनावमा शान्ति सुरक्षाको विषय नै हो । चुनावको प्रचारप्रसारको विषय नै हो । त्यसको लागि भयरहित वातावरणमा सहभागिता गराउन सक्नुपर्छ । नेता, पार्टी र उम्मेदवारहरुको सुरक्षाको ग्यारेन्टी र मतदाताको पनि सुरक्षाको जिम्मेवारी सरकारको हो । यसतर्फ पनि सरकारको ध्यानाकर्षण गर्न चाहन्छु ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कानुन निर्माण प्रक्रियामा जनताको सहभागिता र राज्यका तीनै अंगबिच समन्वय आवश्यक छ : डीपी अर्याल
कानुन निर्माण प्रक्रियामा जनताको सहभागिता र राज्यका तीनै अंगबिच समन्वय आवश्यक छ : डीपी अर्याल
गलेश्वरमा रु ५१ लाख भेटी सङ्कलन
गलेश्वरमा रु ५१ लाख भेटी सङ्कलन
शिक्षक नियुक्ति घुस काण्ड : प्रधानाध्यापकसहित दुई जना पक्राउ
शिक्षक नियुक्ति घुस काण्ड : प्रधानाध्यापकसहित दुई जना पक्राउ
सहकारी पीडितको वचत फिर्ताको माग गर्दै मोटरसाइकल र्‍याली, १६ समस्याग्रस्त सहकारीको सूचि प्राधिकरणमा बुझाइयो
सहकारी पीडितको वचत फिर्ताको माग गर्दै मोटरसाइकल र्‍याली, १६ समस्याग्रस्त सहकारीको सूचि प्राधिकरणमा बुझाइयो
जीवन बीमक संघको नयाँ कार्यसमिति गठन
जीवन बीमक संघको नयाँ कार्यसमिति गठन
डिजिटल अधिकारमा एकपक्षीय नीति नै मुख्य चुनौती : तारानाथ दाहाल
डिजिटल अधिकारमा एकपक्षीय नीति नै मुख्य चुनौती : तारानाथ दाहाल
काठमाडौं महानगर र ट्राफिक प्रहरीको सहकार्यमा सवारीसाधनको प्रदूषण जाँच
काठमाडौं महानगर र ट्राफिक प्रहरीको सहकार्यमा सवारीसाधनको प्रदूषण जाँच
छुट्टाछुट्टै दुर्घटनामा १० जनाको मृत्यु
छुट्टाछुट्टै दुर्घटनामा १० जनाको मृत्यु
बसुन्धरामा स्कुटर दुर्घटना हुँदा एक किशोरीको मृ*त्यु
बसुन्धरामा स्कुटर दुर्घटना हुँदा एक किशोरीको मृ*त्यु
जनकपुरमा आज नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा
जनकपुरमा आज नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा