११ श्रावण २०८२, शनिबार

सुन आयोगमा महराले दिए डेढ घण्टा बयान

२५ माघ, काठमाडौं । सुन तस्करी सम्बन्धमा छानबिन गर्न डिल्लीराज आचार्य संयोजकत्वको आयोगले सत्तारुढ नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरासँग बयान लिएको छ ।

आयोगले बिहीवार सिंहदरवारमा बोलाएर महरासँग बयान लिएको हो । विद्युतीय चुरोट (भेप्स)मार्फत भएको सुन तस्करी सम्बन्धमा महराको नाम जोडिएपछि आयोगले उनीसँग बयान लिएको हो । सुन तस्करी प्रकरणमा बयानमा जाने महरा उच्च अधिकारी हुन् । महरा पूर्वउपप्रधान, गृह एवं अर्थमन्त्रीसमेत रहिसकेका नेता हुन् । सुन तस्करीमा संलग्न एक चिनियाँ व्यापारीसँग महराले पटक–पटक टेलिफोन गरेको तथ्य फेला परेको थियो ।

विमानस्थल भन्सारमा रहेको सुन छुटाउन महराले पटक पटक कमचारीलाई दबाब दिएका थिए । सुन तस्करी प्रकरणमा महराका छोरा राहुललाई सीआईबीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।  सुन तस्करी सम्बन्धमा छानबिन गर्न गठित आयोगले चूडामणि उप्रेती ‘गोरे’सहित धेरै जनासँग बयान लिइसकेको छ । यसक्रममा आयोगले हेलिकप्टरमार्फत समेत सुन तस्करी हुने गरेको तथ्य फेला पारेको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?