२३ माघ २०८२, बिहीबार

मलंगवामा आज मदिरा र माछामासु बिक्री वितरणमा रोक

 

२९ मंसिर, सर्लाही । राजु यादव सबैको साथ

सर्लाही सदरमुकाम मलंगवामा श्रीमद् भागवत कथा महापुराण ज्ञान महायज्ञको कलश‌यात्राको अवसरमा एक दिन मदिरा तथा माछा/मासु बिक्री वितरणमा रोक लगाइएको छ । मलंगवा नगरपालिकाले हिजो एक सूचना जारी गर्दै मङ्सिर २९ गते सोमबारका दिन मदिरा तथा माछा/मासुको बिक्री वितरणमा रोक लगाएको हो ।

श्रीमद् भागवत कथा महापुराण ज्ञान महायज्ञलाई सुरक्षित, मर्यादित र सौहार्दपूर्ण वातावरणमा मनाउनका लागि नगरपालिकाले यस्तो निर्णय गरेको शाखा अधिकृतले विज्ञप्ति मार्फत जानकारी दिए। यस अवसरमा आज एकदिन मलंगवा नगर क्षेत्रभित्र मदिरा बिक्री वितरण, सेवन तथा पशुपक्षी काट्न, माछा, मासु बिक्री वितरण, ओसारपसार गर्न निषेध गरिएको विज्ञप्तिमा उल्लेख छ।

Post Comment

छुटाउनुभयो कि ?