२३ माघ २०८२, बिहीबार

नक्कली नोटसहित सर्लाहीबाट एकजना पक्राउ

 

२५ मंसिर, सर्लाही ।

सर्लाहीमा नक्कली नोटसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कौडेना गाउँपालिका–५, छपकैयाका ३० वर्षीय फिरोज खान छन् ।

बुधबार (मंसिर २४) बेलुका विष्णु गाउँपालिका–६ बाट नेपाली एक हजार दरका ९५ थान नक्कली नोटसहित उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको ‘अनटेस्ट’ लेखिएको मोटरसाइकलमा सवार उनलाई उक्त नोटसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Post Comment

छुटाउनुभयो कि ?