तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै ६ लाख सुपारी दिएर सिटी सफारी चालकको ह*त्या

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, मंसिर २२, २०८२
|
|
३० पटक हेरिएको
Shares
तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै ६ लाख सुपारी दिएर सिटी सफारी चालकको ह*त्या

सारांश

  • सुनसरीको रामधुनीका दिनेशकुमार चौधरीको हत्या स्थानीयकै योजनामा भएको खुलेको छ।
  • दुई महिनाअघि रामधुनी २ मा भएको सिटी सफारी चालक चौधरी उपरका गोली हानी हत्याको घटनामा स्थानीय राजकिशोर साह र नन्दकिशोर साहको संलग्नता खुलेको हो।
  • सुनसरी प्रहरीका अनुसार राजकिशोर र नन्दकिशोर दाजुभाइ हुन्।

२२ मंसिर, सुनसरी ।

सुनसरीको रामधुनीका दिनेशकुमार चौधरीको हत्या स्थानीयकै योजनामा भएको खुलेको छ। दुई महिनाअघि रामधुनी २ मा भएको सिटी सफारी चालक चौधरी उपरका गोली हानी हत्याको घटनामा स्थानीय राजकिशोर साह र नन्दकिशोर साहको संलग्नता खुलेको हो। सुनसरी प्रहरीका अनुसार राजकिशोर र नन्दकिशोर दाजुभाइ हुन्। उनै साह दाजुभाइकै योजनामा सुपारी दिएर मान्छे बोलाई चौधरीको गोली हानी हत्या गराइएको हो।

सिटी सफारी चालक धामीझांक्री भएको र तन्त्रमन्त्र गरी परिवारका सदस्यलाई बिरामी बनाई दुःख दिएको भन्दै हत्या गराइएको खुलेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक केशव कुमार थेवले बताए। जिल्ला प्रहरी कार्यालय सुनसरीकाअनुसार चौधरीको हत्यामा ६ लाखको लेनदेन भएको पाइएको छ। साह दाजुभाइले ६ लाखमा सुपारी दिएर मान्छे बोलाई चौधरी उपर गोली हान्न लगाएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ। पत्रकार सम्मेलन मार्फत घटनाबारे जानकारी गराएको सुनसरी प्रहरीले हत्यामा संलग्न ७ जनालाई पक्राउ गरी कारबाही अघि बढाएको छ।

सुनसरी प्रहरीले दिएको जानकारीअनुसार हत्यामा संलग्नताका आधारमा पक्राउ परेकाहरूमा झुम्काका साह दाजुभाई ४३ वर्षका राजकिशोर र वर्ष ४० का नन्दकिशोर सहित सप्तरी राजविराजका २८ वर्षीय अंकित साह र प्रिन्सकुमार दास रहेका छन्। त्यसैगरी पक्राउ पर्नेहरूमा सुनसरी भोक्राहाका ३४ वर्षीय मोहमद इव्रान मिया, देवानगञ्ज्का ३७ वर्षीय गियास मन्सुरी र सोही गाउँपालिकाकै २५ वर्षीय मिथलेस यादव रहेका छन्। प्रहरी नियन्त्रणमा रहेका ७ जनाको हकमा सुनसरी जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान कार्य जारी रहेको सुनसरी प्रहरीले जनाएको छ। असोज २५ गते शनिबार साँझ रामधुनी नगरपालिका वडा नम्बर २ मा रहेको शिननगर–झुम्का जाने नहरको भित्री सडक खण्डमा स्थानीय सिटी सफारी चालक दिनेश कुमार चौधरी उपर गोली प्रहार भएको थियो। गोली प्रहारबाट चौधरीको घटनास्थलमै मृत्यु भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्थानीय जनप्रतिनिधिले औंल्याए शिक्षा ऐनमा संशोधन गर्नुपर्ने २७ बुँदा
स्थानीय जनप्रतिनिधिले औंल्याए शिक्षा ऐनमा संशोधन गर्नुपर्ने २७ बुँदा
अवेहलना आरोपमा गगन थापासँग लिखित जवाफ माग्न सर्वोच्चको आदेश
अवेहलना आरोपमा गगन थापासँग लिखित जवाफ माग्न सर्वोच्चको आदेश
विद्यादेवी भण्डारी एमालेमा फर्किन मिल्छ कि मिल्दैन पार्टीले निर्णय गर्छ: प्रधानमन्त्री ओली
विद्यादेवी भण्डारी एमालेमा फर्किन मिल्छ कि मिल्दैन पार्टीले निर्णय गर्छ: प्रधानमन्त्री ओली
जसपाले प्रधानमन्त्रीलाई दियो २ मन्त्री र १ राज्यमन्त्रीको नाम
जसपाले प्रधानमन्त्रीलाई दियो २ मन्त्री र १ राज्यमन्त्रीको नाम
यी प्रदेशमा चट्याङसहित बर्षाको सम्भावना
यी प्रदेशमा चट्याङसहित बर्षाको सम्भावना
नेताहरूको मानसिकताले संघीयतामाथि प्रश्न उठ्यो: सञ्चारमन्त्री गुरुङ
नेताहरूको मानसिकताले संघीयतामाथि प्रश्न उठ्यो: सञ्चारमन्त्री गुरुङ
जीवित बन्धकहरूको नयाँ सूचीमा बिपिनको नाम सार्वजनिक
जीवित बन्धकहरूको नयाँ सूचीमा बिपिनको नाम सार्वजनिक
सातै प्रदेशका मुख्‍यमन्त्री र प्रदेश प्रमुखविरूद्ध सर्वोच्चमा रिट दर्ता
सातै प्रदेशका मुख्‍यमन्त्री र प्रदेश प्रमुखविरूद्ध सर्वोच्चमा रिट दर्ता
कजाकिस्तान विमान दुर्घटनामा ३८ जनाको मृत्यु
कजाकिस्तान विमान दुर्घटनामा ३८ जनाको मृत्यु
ब्रहम्पुरी गाउँपालिकाका १६७ परिवारले पाए लालपुर्जा
ब्रहम्पुरी गाउँपालिकाका १६७ परिवारले पाए लालपुर्जा