एकतामात्रै गरेर हुँदैन, पार्टी सुदृढ बनाऔं : नारायणकाजी श्रेष्ठ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर २०, २०८२
|
|
३६ पटक हेरिएको
Shares
एकतामात्रै गरेर हुँदैन, पार्टी सुदृढ बनाऔं : नारायणकाजी श्रेष्ठ

सारांश

  • नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले जनताका लागि जति गर्नुपर्थ्यो त्यो गर्न नसकेकोमा आत्मालोचना गर्नुपर्ने बताएका छन् ।
  • शनिबार मधेश प्रदेशको जनकपुरधाममा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
  • ‘हामीले जति गर्न सक्नुपर्थ्यो त्यति गर्न नसकेकोमा हामी जनताका सामु आत्मालोचना हुनुपर्छ,’ श्रेष्ठले भनेका छन् ।

२० मंसिर, जनकपुरधाम ।

नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले जनताका लागि जति गर्नुपर्थ्यो त्यो गर्न नसकेकोमा आत्मालोचना गर्नुपर्ने बताएका छन् । शनिबार मधेश प्रदेशको जनकपुरधाममा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘हामीले जति गर्न सक्नुपर्थ्यो त्यति गर्न नसकेकोमा हामी जनताका सामु आत्मालोचना हुनुपर्छ,’ श्रेष्ठले भनेका छन् । उनले मधेश पहाड र हिमालाई एकताबद्ध गराउन नसके पार्टी निर्माणमा अघि बढ्न नसक्ने जिकिर गरे । ‘हामीले मधेश पहाड र हिमालाई एकताबद्ध गराउन सकेनौं भने, मधेशी जनतालाई अधिकार सम्पन्न र विकसित गर्न सकेनौं भने हामीले नेपालको राष्ट्रिय एकता, राष्ट्रिय एवं भौगोलिक विकासको रक्षा र नेपालाई सम्पन्न बनाउन सक्दैनौं,’ उनले भने ।

कांग्रेस एमाले लगायत र मधेशवादी दलहरूले मधेशमा सत्ता सञ्चालन गर्न नसकेपछि आफूहरूले जिम्मा लिएको बताए । भिजन निर्माण र वैचारिक, सैद्धान्तिक कुरामा आफूहरू प्रष्ट रहेको उनले बताए । उनले पार्टी एकतामात्रै गरेर नहुने बताउँदै सुदृढ बनाउनुपर्ने बताए । ‘पार्टी एकतामात्रै गरेर हुँदैन, यो पार्टीलाई सुदृढ बनाउनपर्छ,’ उनले भने, ‘भ्रष्टाचार गर्ने, घुस खाने हाम्रो पार्टीमा छैनन् भन्ने बनाउनुपर्ने हुन्छ । विधि पद्धतिमा अनुशासित पार्टी बनाउनुपर्छ ।’ भ्रष्टाचारीलाई पार्टीबाट हटाउन शुद्धिकरण अभियान चलाउनुपर्ने पनि उनको भनाइ थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काभ्रे भञ्ज्याङबाट १० क्विन्टल चिनी बरामद
काभ्रे भञ्ज्याङबाट १० क्विन्टल चिनी बरामद
लाइभमै युवकले गरे आत्मह*त्या, जेनजी भन्दै निर्वस्त्र पारेर कुटपिट गरेको आरोप
लाइभमै युवकले गरे आत्मह*त्या, जेनजी भन्दै निर्वस्त्र पारेर कुटपिट गरेको आरोप
काँकरभिट्टा नाकाबाट दुई महिनामै दुई अर्ब ८४ करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात
काँकरभिट्टा नाकाबाट दुई महिनामै दुई अर्ब ८४ करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात
एसईईमा ३.६० देखि ४ जीपीए ल्याउने विद्यार्थी ४८ हजार, कुन ग्रेडमा कति?
एसईईमा ३.६० देखि ४ जीपीए ल्याउने विद्यार्थी ४८ हजार, कुन ग्रेडमा कति?
सन्दीप जोराको शतकमा नेपाल ए ले अमेरिकालाई दियो २६५ रनको लक्ष्य
सन्दीप जोराको शतकमा नेपाल ए ले अमेरिकालाई दियो २६५ रनको लक्ष्य
आफ्नै पार्टी कार्यालय छिर्न पाएनन् तरुण दलका युवा, सुरक्षाकर्मी लगाइयो
आफ्नै पार्टी कार्यालय छिर्न पाएनन् तरुण दलका युवा, सुरक्षाकर्मी लगाइयो
ईपीएस प्रक्रियामा अन्याय भएको भन्दै विद्यार्थी द्वारा ईपीएस कोरिया शाखा अगाडि आन्दोलन
ईपीएस प्रक्रियामा अन्याय भएको भन्दै विद्यार्थी द्वारा ईपीएस कोरिया शाखा अगाडि आन्दोलन
गृहमन्त्रीले बोलाए केन्द्रीय सुरक्षा समितिको बैठक
गृहमन्त्रीले बोलाए केन्द्रीय सुरक्षा समितिको बैठक
शेयरबजारमा हरियाली, २७ सय नाघ्यो नेप्से
शेयरबजारमा हरियाली, २७ सय नाघ्यो नेप्से
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य