सुदूरपश्चिममाथि विराटनगरको सानदार जित

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर २०, २०८२
|
|
८६ पटक हेरिएको
Shares
सुदूरपश्चिममाथि विराटनगरको सानदार जित

सारांश

  • फाफ डु प्लेसी र सम हिजलेटको आक्रमक अर्धशतकमा विराटनगरले किंग्सले सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग ९एनपीएल० मा सुदूरपश्चिम रोएल्सलाई ६ विकेटले पराजित गर्दै ६ खेलको अपराजित यात्रामा ब्रेक लगाइदिएको छ ।
  • सुदूरपश्चिमले दिएको १४८ रनको लष्य विराटनगरले ११।
  • ५ ओभरमा ४ विकेट गुमाएर १५० रन बनाउदै पूरा गरेको हो ।

२० मंसिर, काठमाडौं ।

फाफ डु प्लेसी र सम हिजलेटको आक्रमक अर्धशतकमा विराटनगरले किंग्सले सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग ९एनपीएल० मा सुदूरपश्चिम रोएल्सलाई ६ विकेटले पराजित गर्दै ६ खेलको अपराजित यात्रामा ब्रेक लगाइदिएको छ । सुदूरपश्चिमले दिएको १४८ रनको लष्य विराटनगरले ११।५ ओभरमा ४ विकेट गुमाएर १५० रन बनाउदै पूरा गरेको हो । यो जितपछि ७ खेलमा ५ जितबाट १० अंक जोडेको विराटनगर अंकतालिकामा दोस्रो स्थानमा उक्लेको छ र अब पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँगै खेल्ने पक्का भएको हो । ७ खेलबा६ ५ जित र २ हारको नतिजाबाट विराटनगर र काठमान्डुले समान १० अंक जोडेपनि नेटरनरेटमा विराटनगरले काठमान्डुलाई पछि पार्दै लिगमा दोस्रो भएको हो । यसअघि नै शीर्ष स्थानमा रहने पक्का भइसकेको सुदूरपश्चिमले आजको खेलमा स्कट कुगेलेइन क्रिस लिन जस्ता खेलाडीहरुलाई आराम दिएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको सुदूरले १४७ रन बनाएको थियो । विराटनगरले उक्त लक्ष्य १३।५ ओभर अगाडि नै पूरा गरेमा काठमाडौंलाई पछि पार्दै दोस्रो हुने थियो ।

त्यही अनुसा फाफ डु प्लेसी र साम हिजलेटले आक्रमक ब्याटिङ गरेपछि १४८ रनको लक्ष्य विराटनगरले १३। ओभरमा २ विकेट गुमाएर पूरा गरेको हो । विराटनगरका लागि साम हिजलेटले सर्वाधिक ५१ रन बनाए भने डु प्लेसीले ५० रन बनाए । १४८ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगरका लागि फाफ डु प्लेसी र साम हिजलेटले ओपनिङ गर्दै आक्रमक सुरुवात दिलाएका थिए । यो जोडीले पावरप्लेमा अहिलेसम्मकै कीर्तिमानी ८७ रनको साझेदारी गर्‍यो । यस्तै डु प्लेसीले १९ बलमै अर्धशतक बनाउँदै एनपीएलमा संयुक्त रुपमा दोस्रो छिटो अर्धशतक पूरा गरे । अर्धशतक प्रहार गरेलगत्तै अर्को बलमा उनी आउट भए । २० बल खेलेका डु प्लेसीले ५ चौका र ४ छक्का प्रहार गरे । यस्तै हिजलेट पनि अर्धशतक बनाएलगत्तै आउट भए । हिजलेटले २७ बल खेल्दै ३ चौका र ४ छक्का मदतमा ५१ रन जोडे ।

यस्तै वान डाउनमा ब्याटिङ गरेका मार्टिन गप्टिलले पनि आक्रमक ब्याटिङ गर्दै ९ बलमा २२ रन योगदान गरे । यसक्रममा उनले ३ छक्का प्रहार गरे । प्रतिश जिसीले ३ बलमा २ छक्का मदतमा अविजित १३ रन बनाए । बलिङमा सुदूरपश्चिमका लागि अविनश बोहराले २ तथा हर्मित सिंहले १ विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिवारको पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४७ रन बनाएको थियो । सुदूरपश्चिमका लागि आरिफ शेखले ३२ बलमा १ चौका ३ छकक् मदतमा अविजित रहँदै ४५ रन बनाए । यस्तै इशान पाण्डेले ३५ बल खेल्दै २ चौका र २ छक्का मदतमा ३८ रन जोड । तेस्रो विकेटका लागि इशान पाण्डे र आरिफ शेखले ७२ रनको साझेदारी गरेका थिए ।

यस्तै ओपनर जोश ब्राउनले २५ बलमा २४ रन, कप्तान दीपेन्द्र सिंह ऐरीले ११ बलमा २ छक्का प्रहार गर्दै १९ रन बनाए । विनोद भण्डारीले १३ बलमा १५ रन जोडे । बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछानेले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । अन्तिम ओभर मात्र बलिङ गरेका प्रतिश जिसीले ४ रन खर्चेर २ तथा बसिर अहमदले १ विकेट लिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

त्रिभुवन विश्वविद्यालयको आज ५१औँ दीक्षान्त समारोह गरिदै
त्रिभुवन विश्वविद्यालयको आज ५१औँ दीक्षान्त समारोह गरिदै
काठमाडौंसहित चार प्रदेशमा पानी पर्ने सम्भावना
काठमाडौंसहित चार प्रदेशमा पानी पर्ने सम्भावना
गौर हत्याकाण्डमा सर्वोच्चको आदेश र उपनिर्वाचनबारे छलफल गर्न मोर्चाले बोलायो बैठक
गौर हत्याकाण्डमा सर्वोच्चको आदेश र उपनिर्वाचनबारे छलफल गर्न मोर्चाले बोलायो बैठक
काठमाडौं प्लाजा सर्वसाधारणको सवारी पार्किङका लागि खुला हुने
काठमाडौं प्लाजा सर्वसाधारणको सवारी पार्किङका लागि खुला हुने
भूमि विधेयकको प्रतिवेदनबाट हटेन सूचित आदेशले हदबन्दी तोक्ने विषय
भूमि विधेयकको प्रतिवेदनबाट हटेन सूचित आदेशले हदबन्दी तोक्ने विषय
कर्मचारीलाई हात लगाएपछि न्युजिल्याण्डका मन्त्रीद्वारा राजीनामा
कर्मचारीलाई हात लगाएपछि न्युजिल्याण्डका मन्त्रीद्वारा राजीनामा
रवि लामिछाने तारिख बुझ्न कास्कीमा
रवि लामिछाने तारिख बुझ्न कास्कीमा
४२ लाखको लागूऔषध सहित नेपाली युवक भारतमा पक्राउ
४२ लाखको लागूऔषध सहित नेपाली युवक भारतमा पक्राउ
दुई–तीन हप्तामा टियु क्रिकेट मैदान नयाँ स्वरुपमा तयार हुन्छ : सचिव खड्का
दुई–तीन हप्तामा टियु क्रिकेट मैदान नयाँ स्वरुपमा तयार हुन्छ : सचिव खड्का
आज विश्व स्वास्थ्य दिवस मनाइँदै
आज विश्व स्वास्थ्य दिवस मनाइँदै