गाउँकै उत्पादन गाउँमा नै उद्योग, गाउँमा नै रोजगारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर १८, २०८२
|
|
३३ पटक हेरिएको
Shares
गाउँकै उत्पादन गाउँमा नै उद्योग, गाउँमा नै रोजगारी

सारांश

  • रामेछापको पहिचानको रूपमा चिनिने जुनार अब बिक्री नहोला भन्ने पिरबाट रामेछापका जुनार किसान मुक्त भएका छन् ।
  • किसानले उत्पादन गरेको जुनार गाउँमा नै उद्योग खोलेर प्रशोधन गरिने भएपछि जुनार खेती गर्ने किसानहरूलाई राहत भएको छ ।
  • अहिले गाउँको उत्पादन जुनार गाउँकै उद्योगमा बिक्री हुनुको साथै गाउँकै मानिसहरूको रोजगारीको थलो समेत बनेको छ ।

१८ मंसिर, रामेछाप ।

रामेछापको पहिचानको रूपमा चिनिने जुनार अब बिक्री नहोला भन्ने पिरबाट रामेछापका जुनार किसान मुक्त भएका छन् । किसानले उत्पादन गरेको जुनार गाउँमा नै उद्योग खोलेर प्रशोधन गरिने भएपछि जुनार खेती गर्ने किसानहरूलाई राहत भएको छ । अहिले गाउँको उत्पादन जुनार गाउँकै उद्योगमा बिक्री हुनुको साथै गाउँकै मानिसहरूको रोजगारीको थलो समेत बनेको छ ।

रामेछापको रामेछाप, सुकाजोर, ओख्रेनी, सालु, देउराली, गोठगाउँ, रामपुर, हिमगंगा लगायतका क्षेत्रमा उत्पादन भएको जुनार प्रशोधन गर्ने उद्योग रामेछाप नगरपालिका–७ सुकाजोरमा सञ्चालनमा आएपछि किसानले उत्पादन गरेको जुनार सोही उद्योगमा बिक्री हुन लागेको छ । मन्थली डिलक्स एग्रोफरेष्ट्री प्रालिले किसानहरूको जुनार बगैँचामा नै गएर खरिद गरी ल्याई जुस बनाउने गरेको छ । जुनार टिप्ने, जुनार ताछ्ने तथा जुनार पेल्ने काममा अहिले ७० देखि ८० जना स्थानीयले नियमित काम गरिरहेका सो कम्पनीका सञ्चालक लोकेन्द्र श्रेष्ठले जानकारी दिए ।

‘किसान आफैँले पनि रोजगारी पाएका छन्, गाउँका अन्य मानिसले पनि रोजगारी पाएका छन्’, उनले भने । जाडोमा जुनार त्यति नजाने भएकोले त्यसबाट जुस निकालेर राखी गर्मी सिजनमा बजारमा लैजाने सञ्चालक श्रेष्ठले बताए । रामेछापको जुनारको जुस केही वर्षयतादेखि देशै भरि र विदेशसम्म पुग्ने गरेको छ । ‘गर्मीयाममा चाडपर्व, कोसेलीको रूपमा जुनारको जुसको राम्रो माग रहेको छ’, उनले भने ।

यसै बिच वाग्मती प्रदेश सभाका उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्द श्रेष्ठले उद्योगको स्थलगत अवलोकन गरेका छन् । गाउँको कृषि उत्पादनमा आधारित यस्ता उद्यमहरूले ग्रामीण अर्थतन्त्रको विकासमा सहयोग गर्ने बताउँदै उनले यस्ता उद्योगलाई प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोगको लागि आफूले पहल गर्ने बताए । सरकारका तर्फबाट अनुदानमा उपकरणहरू सहयोग भए उद्योगलाई थप विस्तार गर्ने योजना रहेको सञ्चालक श्रेष्ठले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

च्याम्पियन्स ट्रफीको उपाधिका लागि भारत र न्युजिल्यान्डको भिडन्त
च्याम्पियन्स ट्रफीको उपाधिका लागि भारत र न्युजिल्यान्डको भिडन्त
अब निजी क्षेत्रले घुस खुवाउनु पर्दैन, ढुक्क भएर लगानी बढाउनुस: अर्थमन्त्री वाग्ले
अब निजी क्षेत्रले घुस खुवाउनु पर्दैन, ढुक्क भएर लगानी बढाउनुस: अर्थमन्त्री वाग्ले
लुम्बिनीको हिउँदे अधिवेशन आजबाट सुरु हुँदै, यस्ता छन् कार्यसूची
लुम्बिनीको हिउँदे अधिवेशन आजबाट सुरु हुँदै, यस्ता छन् कार्यसूची
गौरी कार्की नेतृत्वको जाँचबुझ आयोगको म्याद २० दिन थप
गौरी कार्की नेतृत्वको जाँचबुझ आयोगको म्याद २० दिन थप
कर्णालीका झण्डै १७ लाख नागरिकले गरे विपद् बीमा
कर्णालीका झण्डै १७ लाख नागरिकले गरे विपद् बीमा
पोखरामा सार्वजनिक यातायात सञ्चालनमा
पोखरामा सार्वजनिक यातायात सञ्चालनमा
कुलिङ पिरियडमा कर्मचारीले खेले, प्रधानमन्त्रीलाई घेरे : प्रवक्ता गुरुङ
कुलिङ पिरियडमा कर्मचारीले खेले, प्रधानमन्त्रीलाई घेरे : प्रवक्ता गुरुङ
बालेनविरुद्ध युवा संघले दियो साइबर ब्यूरोमा उजुरी
बालेनविरुद्ध युवा संघले दियो साइबर ब्यूरोमा उजुरी
मोरङको बाल सुधार गृहबाट तीन जना बालक फरार
मोरङको बाल सुधार गृहबाट तीन जना बालक फरार
आज बडादशैंको पाँचौँ दिन : स्कन्दमाताको पूजा गरिँदै
आज बडादशैंको पाँचौँ दिन : स्कन्दमाताको पूजा गरिँदै