निर्वाचन सुरक्षाका लागि सर्लाहीमा नेपाली सेना परिचालन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, माघ २१, २०८२
|
|
५८ पटक हेरिएको
Shares
निर्वाचन सुरक्षाका लागि सर्लाहीमा नेपाली सेना परिचालन

सारांश

  • आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सर्लाहीमा बुधबार (आजदेखि) देखि नेपाली सेना परिचालन गरिएको छ ।
  • २१ फागुनमा हुने निर्वाचनलाई भयरहित, शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गराउने उद्देश्यले जिल्लाभर सेना परिचालन गरिएको हो ।
  • प्रमुख जिल्ला अधिकारी रामु राज कडरियाका अनुसार निर्वाचन सुरक्षालाई मजबुत बनाउन नेपाली सेना फिल्डमा उतारिएको हो ।

 

२१ माघ, सर्लाही ।

आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सर्लाहीमा बुधबार (आजदेखि) देखि नेपाली सेना परिचालन गरिएको छ । २१ फागुनमा हुने निर्वाचनलाई भयरहित, शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गराउने उद्देश्यले जिल्लाभर सेना परिचालन गरिएको हो । प्रमुख जिल्ला अधिकारी रामु राज कडरियाका अनुसार निर्वाचन सुरक्षालाई मजबुत बनाउन नेपाली सेना फिल्डमा उतारिएको हो ।

जिल्लाको चारै निर्वाचन क्षेत्रमा नेपाली सेनाको कालिध्वज गण लालबन्दी – २ पाँचकुमारीबाट एक–एक टोली गस्तीमा खटिएको छ, उनले भने, “मतदान सम्पन्न नहुन्जेलसम्म सुरक्षाकर्मी फिल्डमै रहनेछन् । अहिले चार वटा निर्वाचन क्षेत्रको चार वटा स्थानमा बेस स्थापना गरी सेना परिचालन गरिएको छ र यसलाई विस्तारै जिल्लाका सबै मतदान स्थलसम्म नै पुर्‍याइने छ । ” उनका अनुसार जिल्लाका संवेदनशील तथा अति संवेदनशील मतदान केन्द्रहरूमा विशेष निगरानी बढाइएको छ । साथै सीमावर्ती क्षेत्र, मुख्य राजमार्ग र भीडभाड हुने स्थानमा सुरक्षा गस्तीलाई प्राथमिकताका साथ सञ्चालन गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?