धनुषामा एक महिलाको शंकास्पद मृत्यु, प्रहरीद्वारा अनुसन्धान शुरु

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर १४, २०८२
|
|
४६ पटक हेरिएको
Shares
धनुषामा एक महिलाको शंकास्पद मृत्यु, प्रहरीद्वारा अनुसन्धान शुरु

सारांश

  •   धनुषामा एक जना महिलाको शंकास्पद मृत्यु भएको छ ।
  • जनकपुरधाम उपमहानगरपालिका–४ कि रोशनी झाको शंकास्पद मृत्यु भएको हो ।
  • गत बिहीवार राति रोशनी झा भर्याँङबाट खसेको भनी उनको माइतमा ससुराली पक्षले टेलिफोनमार्फत जानकारी गराएका थिए ।

१४ मंसिर, जनकपुर । 

धनुषामा एक जना महिलाको शंकास्पद मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–४ कि रोशनी झाको शंकास्पद मृत्यु भएको हो ।गत बिहीवार राति रोशनी झा भर्याँङबाट खसेको भनी उनको माइतमा ससुराली पक्षले टेलिफोनमार्फत जानकारी गराएका थिए । रोशनीको माइत पक्षका आफन्तहरु रोशनीको ससुराली पुग्दा ससुराली पक्षले ‘फाँसी’ लागेको बताएपछि घटनाले शंकास्पद मोड लिएको छ । रोशनीको हत्या उनकै श्रीमान प्रशान्त मिश्राले गरेको माइती पक्षले आरोप लगाउँदै न्याय गुहारेका छन् ।

यता धनुषाका एसपी रुगम बहादुर कुँवरले आज विहान आफंै घटनास्थलको निरीक्षण गरेका छन् । उनले प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार रोशनीले आत्महत्या गरे जस्तो नदेखिएको सञ्चारकर्मीहरुलाई जानकारी दिए । उनका अनुसार पोस्टमार्टमको रिपोर्टले थप कुरा पुष्टि हुनेछ । प्रहरीले सुक्षम तरिकाले घटनाको छानविन गरिरहेको र घटनामा संलग्न दोषीलाई कारबाही हुने उनले प्रतिबद्धता जाहेर गरे ।

‘हत्याका आरोपीहरुले पटक–पटक अभिव्यक्ति परिवर्तन गरेकाले घटना शंकास्पद बनेको छ’,रोशनीका मामा पंकज झाको आरोप छ । ससुराली पक्षले रोशनीको हत्या गरेर प्रमाणहरु जलाएर नष्ट पारेको आरोप समेत उनले लगाएका छन् । घटनास्थलमा भने रोशनीको कपडा लगायतका सामानहरु जलाइएको अवशेषहरु पनि फेला परेको छ । प्रहरीले जलेको अवस्थामा फेला परेका अवषेशहरुको नमूना परिक्षणका लागि पठाएको छ ।

यता रोशनीको श्रीमान प्रशान्त मिश्रासहितका व्यक्तिहरुमाथि किटानी जाहेरी दिन पीडित परिवरजन अहिले जिल्ला प्रहरी कार्यालय धनुषा पुगेका छ्न् । घटनाको सुक्ष्म जाँच गर्नुपर्ने माग गर्दै प्रहरी समक्ष परिवारजनले गुहार गरेका छ्न् । घटनामा आरोपिका आफन्तहरु डा.धिरज झा, मिश्राको बहिनी र भिनाजुलगायतले प्रमाण नष्ट गर्न सहयोग गरेको स्थानीयवासीहरुले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अन्तरिक्ष स्टेशनमाबाट सुनिता र बुचको पत्रकार सम्मेलन
अन्तरिक्ष स्टेशनमाबाट सुनिता र बुचको पत्रकार सम्मेलन
प्रधानमन्त्री ओलीले आफूले गरेको अपराधको माफी नमागेसम्म एकता नहुने हुँदैन : पाण्डे
प्रधानमन्त्री ओलीले आफूले गरेको अपराधको माफी नमागेसम्म एकता नहुने हुँदैन : पाण्डे
यौनजन्य हिंसाका पीडितलाई शीघ्र न्यायका लागि कानून संशोधन गर्ने कानुनमन्त्री गौतमको निर्णय
यौनजन्य हिंसाका पीडितलाई शीघ्र न्यायका लागि कानून संशोधन गर्ने कानुनमन्त्री गौतमको निर्णय
ऊर्जामन्त्री कुलमान घिसिङले बुझाए सम्पत्ति विवरण
ऊर्जामन्त्री कुलमान घिसिङले बुझाए सम्पत्ति विवरण
एकता नभएपछि समानुपातिकको सूची बनाउने गृहकार्यमा जुट्यो उज्यालो नेपाल पार्टी
एकता नभएपछि समानुपातिकको सूची बनाउने गृहकार्यमा जुट्यो उज्यालो नेपाल पार्टी
नेपाल युवा उद्यमी मञ्चको अध्यक्षमा सुदिप घिमिरे निर्वाचित
नेपाल युवा उद्यमी मञ्चको अध्यक्षमा सुदिप घिमिरे निर्वाचित
शुक्लाफाँटामा ६ करोडको लागतमा खानेपानी आयोजना निर्माण
शुक्लाफाँटामा ६ करोडको लागतमा खानेपानी आयोजना निर्माण
नक्कली नागरिकता प्रकरणमा सर्लाहीका वडा अध्यक्ष सुवोध राय पक्राउ
नक्कली नागरिकता प्रकरणमा सर्लाहीका वडा अध्यक्ष सुवोध राय पक्राउ
ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा २७ वर्षीय युवकको मृत्यु
ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा २७ वर्षीय युवकको मृत्यु
सकुम्बासीको न्यायका लागि संघर्ष समितिद्वारा देशव्यापी आन्दोलनको घोषणा, नेपाल बन्दसम्म
सकुम्बासीको न्यायका लागि संघर्ष समितिद्वारा देशव्यापी आन्दोलनको घोषणा, नेपाल बन्दसम्म