हेटौंडाका दुई पेट्रोल पम्पलाई इन्धन नदिन आयल निगमलाई पत्राचार

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, मंसिर १२, २०८२
|
|
३६ पटक हेरिएको
Shares
हेटौंडाका दुई पेट्रोल पम्पलाई इन्धन नदिन आयल निगमलाई पत्राचार

सारांश

  • सडक डिभिजन कार्यालय हेटौंडाले राष्ट्रिय राजमार्गको सार्वजनिक जग्गाभित्र बनेका दुई पेट्रोल पम्पलाई इन्धन नदिन नेपाल आयल निगमलाई पत्राचार गरेको छ ।
  • कार्यालयले हेटौंडा उपमहानगरपालिका–१०, स्थित बलरामदास पेट्रोल पम्प र ४ नम्बर वडाको ओम आयललाई त्याहाँबाट तत्काल स्थानान्तरण हुन र नेपाल आयल निगमलाई ती पम्पहरूमा इन्धन आपूर्ति नगर्न पत्राचार गरिएको सडक डिभिजन प्रमुख गुरुप्रसाद अधिकारीले जानकारी दिए ।
  • कार्यालयले हेटौंडाको मुख्य बजार क्षेत्रका महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको सडक विस्तारको तयारी गरिरहेको छ ।

१२ मंसिर, हेटौंडा ।

सडक डिभिजन कार्यालय हेटौंडाले राष्ट्रिय राजमार्गको सार्वजनिक जग्गाभित्र बनेका दुई पेट्रोल पम्पलाई इन्धन नदिन नेपाल आयल निगमलाई पत्राचार गरेको छ । कार्यालयले हेटौंडा उपमहानगरपालिका–१०, स्थित बलरामदास पेट्रोल पम्प र ४ नम्बर वडाको ओम आयललाई त्याहाँबाट तत्काल स्थानान्तरण हुन र नेपाल आयल निगमलाई ती पम्पहरूमा इन्धन आपूर्ति नगर्न पत्राचार गरिएको सडक डिभिजन प्रमुख गुरुप्रसाद अधिकारीले जानकारी दिए ।

कार्यालयले हेटौंडाको मुख्य बजार क्षेत्रका महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको सडक विस्तारको तयारी गरिरहेको छ । राष्ट्रिय राजमार्ग छेउमा पेट्रोल, डिजेल, एलपी ग्यास फिलिंग स्टेशन स्थापना सम्बन्धी मापदण्ड–२०७८ अनुसार प्रक्रिया पूरा नगरेसम्म इन्धन आपूर्ति नगरी सडक सीमा संरक्षण कार्यमा समन्वय गरिदिन आयल निगमलाई गरिएको पत्राचार भनिएको छ । महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको सडक सीमाभित्र पर्ने अन्य पेट्रोल पम्पहरूको नक्शांकन भइरहेको र सार्वजनिक जग्गामा बनेको पाइए कारबाही अगाडि बढाइने डिभिजन प्रमुख अधिकारीले बताए । सडक डिभिजन हेटौंडाले त्रिभुवन राजपथको सडक सीमासँगै जोडिएको मकवानपुर उद्योग वाणिज्य संघलाई पनि संरचना हटाउन पत्राचार गरिसकेको छ ।

हेटौंडा उपमहानगरपालिका कार्यालयलाई पनि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पताल बाहिरको र नगर क्षेत्रभित्र रहेका अन्य संरचना हटाउन पत्राचार गरिसकिएको डिभिजन प्रमुख अधिकारीले बताए । सडक डिभिजन कार्यालयको पत्राचारपछि हेटौंडा वितरण केन्द्र, नेपाल विद्युत प्राधिकरण हेटौंडाले सडक सीमाभित्र निर्मित संरचनामा रहेका विद्युतको मिटर बक्सलगायत विद्युतीय उपकरणहरूको व्यवस्थापन तथा स्थानान्तरण गर्न सार्वजनिक सूचना जारी गरेको छ । सडक डिभिजन हेटौंडाले हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र पर्ने महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको सडक विस्तारका लागि स्थायी तथा अस्थायी संरचना हटाउन गत ५ मंसिरमै १५ दिनको अल्टिमेटम दिइसकेको छ । आगामी १९ मंसिरसम्म सडक सीमा केन्द्र रेखादेखि २५–२५ गजभित्र बनेका स्थायी तथा अस्थायी प्रकृतिका घरटहरा, संरचना हटाउने समयसीमा तोकिएको हो ।

रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र बुद्धचोकदेखि सामरी पुलसम्मको सडक सीमा २५/२५ गज (७५/७५ फिट) भित्र बनेका स्थायी र अस्थायी घरटहरा तथा अन्य संरचनाहरू हटाउन भनेको हो । २० मंसिरदेखि हेटौंडाको मुख्य बजार क्षेत्रभित्र पर्ने दुई राजमार्गमा सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले जानकारी दिए । सडक डिभिजन कार्यालय मकवानपुरका इन्जिनियर यादव सुवेदीको नेतृत्वमा गठित टास्क फोर्स टिमले बिहीबारदेखि रातोमाटे क्षेत्रबाट सडक सीमा क्षेत्रको नक्शांकन गरिरहेको छ । नक्शांकनको क्रममा स्थानीयबाट सामान्य केही अवरोधहरू भएको डिभिजन प्रमुख अधिकारीले बताए । टास्क फोर्स टिममा हेटौंडा उपमहानगरपालिका, जिल्ला प्रहरी कार्यालय, नापी कार्यालय, खानेपानी व्यवस्थापन बोर्ड, वन कार्यालय, नेपाल विद्युत् प्राधिकरण, दूरसञ्चार प्राधिकरण लगायत सम्बन्धित निकायका प्रतिनिधि सदस्य छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सशस्त्र प्रहरीको पूर्व-पश्चिम झण्डा मार्च सर्लाहीमा
सशस्त्र प्रहरीको पूर्व-पश्चिम झण्डा मार्च सर्लाहीमा
नेपाल र थाइल्याण्डबीच विभिन्न सम्झौतामा हस्ताक्षर
नेपाल र थाइल्याण्डबीच विभिन्न सम्झौतामा हस्ताक्षर
तरुण दलको अधिवेशनमा खुकुरी हान्ने व्यक्ति पक्राउ
तरुण दलको अधिवेशनमा खुकुरी हान्ने व्यक्ति पक्राउ
युके पठाइदिन्छु भन्दै ३२ लाख ५७ हजार ठगी गरेको आरोपमा एक जना पक्राउ
युके पठाइदिन्छु भन्दै ३२ लाख ५७ हजार ठगी गरेको आरोपमा एक जना पक्राउ
स्कटल्यान्डविरुद्ध ७ विकेटको जित निकाल्दै नेपालको विश्वकप यात्रा सकियो
स्कटल्यान्डविरुद्ध ७ विकेटको जित निकाल्दै नेपालको विश्वकप यात्रा सकियो
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
शिक्षामन्त्री पुनलाई भिसीहरूको जवाफ- विश्वविद्यालयलाई राजनीतिमुक्त नबनाएसम्म सुधार हुँदैन
शिक्षामन्त्री पुनलाई भिसीहरूको जवाफ- विश्वविद्यालयलाई राजनीतिमुक्त नबनाएसम्म सुधार हुँदैन
आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?
आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?
जीबीसहित साहारा सहकारीका १७ विरुद्ध मुद्दा दर्ता, साढे ३७ करोड मागदाबी
जीबीसहित साहारा सहकारीका १७ विरुद्ध मुद्दा दर्ता, साढे ३७ करोड मागदाबी
अनुमति विना काठमाडौं आएका ७ जना भारतीय नागरीक सीआईबीको नियन्त्रणमा
अनुमति विना काठमाडौं आएका ७ जना भारतीय नागरीक सीआईबीको नियन्त्रणमा