१६ मंसिर २०८२, सोमबार

रास्वपाले गर्‍यो सबै प्रदेश इन्चार्जहरूलाई जिम्मेवारी मुक्त

१० मंसिर, काठमाडौँ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रदेश इन्चार्जहरूलाई जिम्मेवारीबाट मुक्त गरेको छ । सचिवालय बैठकले इन्चार्जको भूमिका रहेका नेताहरूलाई जिम्मेवारीबाट मुक्त गरेको हो । खाली रहेको प्रदेश इन्चार्जहरू केन्द्रीय सदस्यबाट पूर्ति गरिने रास्वपाले जनाएको छ ।

प्रदेश इन्चार्जको जिम्मेवारीमा रहेका नेताहरू पार्टीको सचिवालय सदस्य समेत हुन् । २१ फागुनको निर्वाचनलाई मध्यनजर गर्दै उनीहरूलाई प्रदेश इन्चार्जबाट पदमुक्त गरिएको रास्वपाले जनाएको छ ।

Post Comment

छुटाउनुभयो कि ?