लुम्बिनी प्रदेश प्रमुखद्वारा प्रदेशको सातौं अधिवेशन आह्वान
६ मंसिर, दाङ ।
लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन मङ्सिर ८ गते बस्ने भएको छ । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन आह्वान गर्नुभएको हो । प्रदेश सरकारले सिफारिस गरेको आधारमा प्रदेश प्रमुख घर्तीले आगामी मङ्सिर ८ गते सोमबार दिउँसो १ बजे अधिवेशन बस्ने गरी आह्वान गर्नुभएको हो ।
उहाँले लुम्बिनी प्रदेश सभा नियमावली २०७९ को नियम (३) बमोजिम प्रदेस सभा सदस्यहरूलाई जानकारी गराइएको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले उक्त जानकारी दिनुभयो ।




Post Comment