Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

सुदूरपश्चिमले पावर प्लेमै गुमायो चार विकेट

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, मंसिर ३, २०८२
|
|
३६ पटक हेरिएको
Shares
सुदूरपश्चिमले पावर प्लेमै गुमायो चार विकेट

सारांश

  •   सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौँ गोर्खाज विरुद्धको खेलमा सुदूरपश्चिम रोयल्सले खराब सुरुवात गरेको छ।
  •   कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले पावर प्लेमै चार विकेट गुमाएको हो।
  • सुदूरपश्चिमका दुवै प्रारम्भिक ब्याटर जोस ब्राउन र विनोद भण्डारी शून्यमा आउट भए।

३ मंसिर, काठमाडौं । 

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौँ गोर्खाज विरुद्धको खेलमा सुदूरपश्चिम रोयल्सले खराब सुरुवात गरेको छ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले पावर प्लेमै चार विकेट गुमाएको हो। सुदूरपश्चिमका दुवै प्रारम्भिक ब्याटर जोस ब्राउन र विनोद भण्डारी शून्यमा आउट भए।

त्यसलगत्तै क्रिस लिन दुई रन बनाएर आउट भए भने चौथो विकेटको रुपमा ईशान पाण्डे ११ रनमा आउट भए। काठमाडौँका कप्तान करण केसीले पहिलो ओभरमा नै दुई विकेट लिएपछि सुदूरपश्चिम दबाबमा आएको थियो। उनले दुई ओभरमा दुई रन खर्चेर तीन विकेट लिए। त्यस्तै, काठमाडौँका लागि मिलिन्द कुमारले एक विकेट लिए।  सुदूरपश्चिमले ६ ओभरमा चार विकेटको क्षतिमा २७ रन मात्रै बनायो। सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी र आरिफ शेख क्रिजमा छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बेलायतमा नेपालको लगातार चौथो जित, आसिफ शेखको उत्कृष्ट ब्याटिङ
बेलायतमा नेपालको लगातार चौथो जित, आसिफ शेखको उत्कृष्ट ब्याटिङ
भारी वर्षाको सम्भावनाका कारण सिन्धुलीमा उच्च सतर्कता र यातायातलाई राती हिड्न प्रतिबन्ध
भारी वर्षाको सम्भावनाका कारण सिन्धुलीमा उच्च सतर्कता र यातायातलाई राती हिड्न प्रतिबन्ध
मधेश प्रदेशमा भाषा ऐन जारी गर्न उच्च अदालतको निर्देशनात्मक आदेश
मधेश प्रदेशमा भाषा ऐन जारी गर्न उच्च अदालतको निर्देशनात्मक आदेश
म्यानमारमा बाढीका कारण दुई सय बढीको मृत्यु, पाँच लाख मानिसहरू प्रभावित
म्यानमारमा बाढीका कारण दुई सय बढीको मृत्यु, पाँच लाख मानिसहरू प्रभावित
झापा–५ मा भारी मतले बालेन अगाडि
झापा–५ मा भारी मतले बालेन अगाडि
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य
सर्वसाधारणका लागि काठमाडौं उपत्यकामा प्रहरीले चलायो बस
सर्वसाधारणका लागि काठमाडौं उपत्यकामा प्रहरीले चलायो बस
कारोबारको आधारमा अनलाइनबाटै ऋण लिन सकिने व्यवस्थालाई सहज बनाउँदै राष्ट्र बैँक
कारोबारको आधारमा अनलाइनबाटै ऋण लिन सकिने व्यवस्थालाई सहज बनाउँदै राष्ट्र बैँक
होङशी शिवम् सिमेन्टले ९ महिनामै गर्‍याे १० अर्ब ३१ करोडको व्यापार
होङशी शिवम् सिमेन्टले ९ महिनामै गर्‍याे १० अर्ब ३१ करोडको व्यापार
सल्यानमा घरभित्रै दिदीबहिनी मृत फेला
सल्यानमा घरभित्रै दिदीबहिनी मृत फेला