सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

पशुपतिनाथका नागमणि प्रदर्शन गरिँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, मंसिर २, २०८२
|
|
४९ पटक हेरिएको
Shares
पशुपतिनाथका नागमणि प्रदर्शन गरिँदै

सारांश

  •   पशुपतिनाथको मणि मुकुट, कवज, एकमुखे रुद्राक्षलगायत प्राचीन सामग्रीको प्रदर्शन गरिँदै छ ।
  • पशुपति क्षेत्र विकास कोषले प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशी र मार्गशीर्ष कृष्ण आमावास्याका दिन नागमणि, मुकुट, कवज, एकमुखे रुद्राक्षलगायत प्राचीन महत्वका गरगहना आदि सामग्री सर्वसाधारणलाई देखाउने परम्परा छ ।
  • यही परम्पराअनुसार आज बिहान १० बजेदेखि ११ः३० बजेसम्म सुरक्षा निकायको सहयोग लिएर नागमणि, मुकुट, कवज, एकमुखे रुद्राक्षलगायत प्राचीन महत्वका गरगहना देखाउन लागिएको कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले जानकारी दिए ।

२ मंसिर, काठमाडौं । 

पशुपतिनाथको मणि मुकुट, कवज, एकमुखे रुद्राक्षलगायत प्राचीन सामग्रीको प्रदर्शन गरिँदै छ । पशुपति क्षेत्र विकास कोषले प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशी र मार्गशीर्ष कृष्ण आमावास्याका दिन नागमणि, मुकुट, कवज, एकमुखे रुद्राक्षलगायत प्राचीन महत्वका गरगहना आदि सामग्री सर्वसाधारणलाई देखाउने परम्परा छ ।

यही परम्पराअनुसार आज बिहान १० बजेदेखि ११ः३० बजेसम्म सुरक्षा निकायको सहयोग लिएर नागमणि, मुकुट, कवज, एकमुखे रुद्राक्षलगायत प्राचीन महत्वका गरगहना देखाउन लागिएको कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले जानकारी दिए । त्यसैगरी, मार्गशीर्ष कृष्ण आमावास्याका दिन मंसिर ४ गते बिहीबार बिहान ९ बजेदेखि ११ः४५ बजेसम्म पनि सुरक्षा निकायको सहयोग लिएर नागमणि, मुकुट, कवज, एकमुखे रुद्राक्षलगायत प्राचीन महत्वका गरगहना देखाइने उनले बताए । मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन विगत एक वर्ष सुरक्षित रूपमा यी सामग्री राखिएको र मार्गशीर्ष कृष्ण आमावास्याका दिन आगामी एक वर्ष यी सामग्री सुरक्षित रूपमा राखिन्छ भनी यी सामग्री देखाउने परम्परा रहिआएको कोषले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चिकित्सकको आत्महत्या प्रयास घटना : विद्यार्थीले लगाए डीन कार्यालयमा ताला
चिकित्सकको आत्महत्या प्रयास घटना : विद्यार्थीले लगाए डीन कार्यालयमा ताला
राष्ट्रिय गौरवको सिक्टा सिँचाइमा ९२ प्रतिशत भौतिक प्रगति
राष्ट्रिय गौरवको सिक्टा सिँचाइमा ९२ प्रतिशत भौतिक प्रगति
सबै रेकर्ड तोड्दै सबभन्दा धेरै कमाउने फिल्म बन्यो ‘स्त्री २’
सबै रेकर्ड तोड्दै सबभन्दा धेरै कमाउने फिल्म बन्यो ‘स्त्री २’
शनिबार र सार्वजनिक बिदा बाहेक सबै दिन संसद् बैठक बस्ने
शनिबार र सार्वजनिक बिदा बाहेक सबै दिन संसद् बैठक बस्ने
पालिका पूर्वअध्यक्षबाटै ठगिएको भन्दै वडाध्यक्षले दिए प्रशासनमा उजुरी
पालिका पूर्वअध्यक्षबाटै ठगिएको भन्दै वडाध्यक्षले दिए प्रशासनमा उजुरी
आज बडादशैँको छैटौँ दिन, कात्यायनी देवीको पूजाआराधना गरिँदै
आज बडादशैँको छैटौँ दिन, कात्यायनी देवीको पूजाआराधना गरिँदै
बढ्यो सुन–चाँदीको मूल्य , आज कतिमा हुँदैछ किनबेच?
बढ्यो सुन–चाँदीको मूल्य , आज कतिमा हुँदैछ किनबेच?
भिमगिठे इलाका प्रहरीको भवन निर्माण अन्तिम चरणमा
भिमगिठे इलाका प्रहरीको भवन निर्माण अन्तिम चरणमा
फरार सूचीमा रहेका विद्यार्थी नेता यादव धरौटीमा रिहा
फरार सूचीमा रहेका विद्यार्थी नेता यादव धरौटीमा रिहा
एनएमबी बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त
एनएमबी बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त