प्रवासी श्रमिकहरुलाई मतदानको व्यवस्था गर्न ट्रेड युनियन कांगे्रसको माग

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, मंसिर १, २०८२
|
|
२९ पटक हेरिएको
Shares
प्रवासी श्रमिकहरुलाई मतदानको व्यवस्था गर्न ट्रेड युनियन कांगे्रसको माग

सारांश

  • नेपाल ट्रेड युनियन कांगे्रसले स्वदेश तथा विदेशमा रहेका  श्रमिकहरुलाई आगामी निर्वाचनमा कार्यथलोबाट मतदानमा व्यवस्था गर्न माग गरेको छ ।
  • सोमबार निर्वाचन आयोगका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई ज्ञापन पत्र बुझाउँदै ट्रेड युनियन कांगे्रसले चार बुँदे माग अघि सारेको हो ।
  • संविधानको धारा ४२(१) मा भएको व्यवस्था अनुरुप युवा, किसान श्रमिकहरुलाई पनि समानुपातिका सिद्धान्तका आधारमा राज्यको संसद लगायतका निकायहरुमा प्रतिनिधित्वका लागि बेग्लै क्लष्टर बनाउनुपर्ने, आगामी निर्वाचन मितव्ययी बनाउनुपर्ने र तोकिएको मितिमा निर्वाचन हुनु पर्नेलगायतको मागसहित ज्ञापन पत्र बुझाइएको अध्यक्ष योगेन्द्र कुँवरले जानकारी दिए ।

१ मंसिर, काठमाडौं

नेपाल ट्रेड युनियन कांगे्रसले स्वदेश तथा विदेशमा रहेका  श्रमिकहरुलाई आगामी निर्वाचनमा कार्यथलोबाट मतदानमा व्यवस्था गर्न माग गरेको छ । सोमबार निर्वाचन आयोगका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई ज्ञापन पत्र बुझाउँदै ट्रेड युनियन कांगे्रसले चार बुँदे माग अघि सारेको हो । संविधानको धारा ४२(१) मा भएको व्यवस्था अनुरुप युवा, किसान श्रमिकहरुलाई पनि समानुपातिका सिद्धान्तका आधारमा राज्यको संसद लगायतका निकायहरुमा प्रतिनिधित्वका लागि बेग्लै क्लष्टर बनाउनुपर्ने, आगामी निर्वाचन मितव्ययी बनाउनुपर्ने र तोकिएको मितिमा निर्वाचन हुनु पर्नेलगायतको मागसहित ज्ञापन पत्र बुझाइएको अध्यक्ष योगेन्द्र कुँवरले जानकारी दिए ।

सो अवसरमा कार्यवाहक निर्वाचन आयुक्त भण्डारीले आयोगले संविधान, ऐन, कानुन र नियमावलीको परिधिभित्र रहेर निर्वाचनको प्रकृयाहरुको कार्य सम्पादन गर्ने बताए । महासंघका अध्यक्ष कुँवरले लामो समयदेखि स्वदेश तथा विदेशमा रहेका श्रमिकहरुलाई मतदानको व्यवस्था हुनुपर्ने, संविधानको मुल मर्म अनुसार अन्य वर्गहरु क्लष्टरमा समावेश गरिएझै श्रमिकहरु पनि समेटिनुपर्ने आफ्नो लामो समयदेखिको मुद्दा रहेको सुनाए ।

सो अवसरमा महासंघको ज्ञापन पत्र वाचन गर्दै महासचिव अजय कुमार राईले दलहरुले चाहे जस्तो मुलुकलाई समृद्ध बनाउन आर्थिक , सामाजिक र राजनीतिक रुपान्तरण गर्न महासंघले उठाएको मुद्दाहरुलाई आयोगले सम्बोधन गर्नुपर्ने बताए । अध्यक्ष कुँवरको नेतृत्वमा गएको टोलीमा महासंघका पूर्वअध्यक्ष तथा सार्क टे«ड युनियनका महासचिव लक्ष्मण बस्नेत, वरिष्ठ उपाध्यक्ष तेजेन्द्र जंग कार्की, उपाध्यक्ष गणेश केसी, उपमहासचिव बलदेव तामाङ र सुशीला घिमिरे सहभागी थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
सामान्य प्रशासन मन्त्रीमा भगवती न्यौपाने नियुक्त
सामान्य प्रशासन मन्त्रीमा भगवती न्यौपाने नियुक्त
आरुपाटा पहिरो: ३ घाइतेलाई हेलिकप्टरमा काठमाडौँ पठाइयो, ४ बेपत्ताको खोजी जारी
आरुपाटा पहिरो: ३ घाइतेलाई हेलिकप्टरमा काठमाडौँ पठाइयो, ४ बेपत्ताको खोजी जारी
च्याम्पियन्स ट्रफी : पाकिस्तान र बंगलादेशको खेल वर्षाका कारण रद्द
च्याम्पियन्स ट्रफी : पाकिस्तान र बंगलादेशको खेल वर्षाका कारण रद्द
एसईई नतिजा चित्त नबुझे विद्यार्थीले पुनर्योगसँगै उत्तरपुस्तिकासमेत  हेर्न पाउने
एसईई नतिजा चित्त नबुझे विद्यार्थीले पुनर्योगसँगै उत्तरपुस्तिकासमेत हेर्न पाउने
सप्तरीमा कृषि सडकमा अनियमितताः निर्देशनालय प्रमुखसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सप्तरीमा कृषि सडकमा अनियमितताः निर्देशनालय प्रमुखसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अर्थमन्त्री पौडेलको वचन-निजी क्षेत्रको मनोबल बढाइन्छ, सम्भव र उपयक्त माग पूरा हुन्छ
अर्थमन्त्री पौडेलको वचन-निजी क्षेत्रको मनोबल बढाइन्छ, सम्भव र उपयक्त माग पूरा हुन्छ
पहिलो पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन
पहिलो पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
मदन भण्डारी फाउन्डेसनको अध्यक्ष बनिन् उषा किरण
मदन भण्डारी फाउन्डेसनको अध्यक्ष बनिन् उषा किरण