मधेश प्रदेश प्रमुख लाभको आग्रह, संयमित आचरण देखाउनु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, कार्तिक २८, २०८२
|
|
१२१ पटक हेरिएको
Shares
मधेश प्रदेश प्रमुख लाभको आग्रह, संयमित आचरण देखाउनु

सारांश

  • मधेश प्रदेश प्रमुख डा.
  • सुरेन्द्र लाभले मधेश प्रदेशमा पछिल्ला दिनहरूमा देखिएको राजनीतिक अस्थिरताप्रति चिन्ता व्यक्त गरेका छन् ।
  • त्यसले समग्र सामाजिक, राजनीतिक, आर्थिक र प्रशासनिक गतिविधिमा नकारात्मक प्रभाव परेको उनको भनाइ छ ।

२८ कात्तिक, जनकपुरधाम ।

मधेश प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले मधेश प्रदेशमा पछिल्ला दिनहरूमा देखिएको राजनीतिक अस्थिरताप्रति चिन्ता व्यक्त गरेका छन् । त्यसले समग्र सामाजिक, राजनीतिक, आर्थिक र प्रशासनिक गतिविधिमा नकारात्मक प्रभाव परेको उनको भनाइ छ । बिहीबार पदभार ग्रहण गरेका उनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सबै पक्षलाई सहकार्य र संयमित राजनैतिक आचरण अपनाउन आग्रह गरेका छन् । समाज निरन्तर गतिशील रहने भन्दै उनलेआरोह–अवरोह आउनु स्वाभाविक भए पनि अनुशासन, संयमता र दृढताका साथ गन्तव्यतर्फ अविचल रहन  उनको सुझाव छ ।

विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘प्रदेशमा बढ्दो अनिश्चितता, आशंका, अविश्वास र आक्रोशका कारण विकासदेखि प्रशासनिक कार्यसमेत प्रभावित भइसकेको छ । त्यसैले संविधानको मूल मन्त्र ‘सहअस्तित्व, समन्वय र सहकार्य’ आत्मसात् गर्दै एक–अर्काको अस्तित्व र मर्यादालाई सम्मान गर्न सबै पक्षलाई आह्वान गर्दछु।’ मधेश प्रदेश संघीयता कार्यान्वयनमा मुखर भूमिका खेल्दै आएको भूगोल भएकाले संघीयताको सम्वर्द्धनमा यहाँका नागरिक, राजनीतिक नेतृत्व र प्रदेश सरकारको विशेष जिम्मेवारी रहेको प्रदेश प्रमुख लाभले उल्लेख गरेका छन्। उपस्थित राजनीतिक समस्याको विधिसम्मत समाधान निकाल्दै सुशासनयुक्त, सुशिक्षित, सुस्वास्थ्य र समुन्नत मधेश निर्माणको अभियानमा समस्त दल, राजनीतिक व्यक्तित्व, सञ्चार जगत, बुद्धिजीवी, व्यवसायी, नागरिक समाज तथा प्रदेशका कर्मचारीहरू एकजुट हुन उनले आग्रह गरेका छन् । समुन्नत भविष्यको मार्ग प्रशस्त गर्न सहकार्य, समन्वय र संवाद अनिवार्य छ । मधेश प्रदेशको प्रगतिको महाअभियानमा सबैले हातेमालो गर्नुपर्छ,’ विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै
माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै
बालेन शाह पदभार ग्रहणका लागि प्रधानमन्त्री कार्यालय पुग्दा
बालेन शाह पदभार ग्रहणका लागि प्रधानमन्त्री कार्यालय पुग्दा
टी-२० आईमा नेपालले एकै खेलमा बनायो ७ रेकर्ड
टी-२० आईमा नेपालले एकै खेलमा बनायो ७ रेकर्ड
कास्कीका ५ वाम दलले अध्यक्ष दाहाललाई बुझाए ज्ञापनपत्र
कास्कीका ५ वाम दलले अध्यक्ष दाहाललाई बुझाए ज्ञापनपत्र
नेपालको मुद्दाबारे ओली- अख्तियार प्रयोग हुन संस्था होइन
नेपालको मुद्दाबारे ओली- अख्तियार प्रयोग हुन संस्था होइन
प्रधानमन्त्री कार्की र सभापति लामिछानेबिच भेट, रविले बुझाए बधाई ज्ञापन
प्रधानमन्त्री कार्की र सभापति लामिछानेबिच भेट, रविले बुझाए बधाई ज्ञापन
चोरी भएका विभिन्न सामग्री तत्काल फिर्ता गर्न उर्जा मन्त्रालयको आग्रह
चोरी भएका विभिन्न सामग्री तत्काल फिर्ता गर्न उर्जा मन्त्रालयको आग्रह
गौतमबुद्ध क्रिकेट रंगशालाको काम पुनः सुरु
गौतमबुद्ध क्रिकेट रंगशालाको काम पुनः सुरु
एनआइसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुजित कुमार शाक्य नियुक्त
एनआइसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुजित कुमार शाक्य नियुक्त
नेपाल थारु सङ्घको केन्द्रीय तदर्थ कार्यसमितिमा ९८ जना सदस्य मनोनयन
नेपाल थारु सङ्घको केन्द्रीय तदर्थ कार्यसमितिमा ९८ जना सदस्य मनोनयन