नेपाल–चीनबीचको मालसामान ढुवानी चार महिनादेखि पूर्णरूपमा अवरुद्ध

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, कार्तिक २६, २०८२
|
|
५७ पटक हेरिएको
Shares
नेपाल–चीनबीचको मालसामान ढुवानी चार महिनादेखि पूर्णरूपमा अवरुद्ध

सारांश

  • गत असार २४ गते चीनको ल्हेन्दे खोलामा आएको विनाशकारी बाढीका कारण केरुङ नाकामा रहेको मित्तेरी पुल बगाएपछि नेपाल–चीनबीचको मालसामान ढुवानी चार महिनादेखि पूर्णरूपमा अवरुद्ध भएको छ ।
  • बाढीले जनधनसहित ठूलो संख्यामा ट्रक र कन्टेनरहरूमा क्षति पु¥याएपछि नेपाल ट्रक यातायात व्यवसायी महासंघले बुधबार परराष्ट्र मन्त्रालयमा पत्र दिँदै तत्काल आवश्यक पहल गर्न आग्रह गरेको छ ।
  • महासंघका महासचिव राजेन्द्र विक्रम बाँनियाका अनुसार २०८२ असार २४ गते आएको बाढीले केरुङ नाका आसपासका क्षेत्रहरूमा व्यापक क्षति पु¥याएको र जसका कारण नेपालतर्फका सयौं ट्रक कन्टेनरहरू बगाएका छन् ।

२६ कात्तिक,काठमाडौं ।

गत असार २४ गते चीनको ल्हेन्दे खोलामा आएको विनाशकारी बाढीका कारण केरुङ नाकामा रहेको मित्तेरी पुल बगाएपछि नेपाल–चीनबीचको मालसामान ढुवानी चार महिनादेखि पूर्णरूपमा अवरुद्ध भएको छ ।बाढीले जनधनसहित ठूलो संख्यामा ट्रक र कन्टेनरहरूमा क्षति पु¥याएपछि नेपाल ट्रक यातायात व्यवसायी महासंघले बुधबार परराष्ट्र मन्त्रालयमा पत्र दिँदै तत्काल आवश्यक पहल गर्न आग्रह गरेको छ ।

महासंघका महासचिव राजेन्द्र विक्रम बाँनियाका अनुसार २०८२ असार २४ गते आएको बाढीले केरुङ नाका आसपासका क्षेत्रहरूमा व्यापक क्षति पु¥याएको र जसका कारण नेपालतर्फका सयौं ट्रक कन्टेनरहरू बगाएका छन् ।यस्तै, झण्डै ३०० वटा कन्टेनर चीनतर्फ भन्सार प्रक्रियामा अल्झिएका छन्। ती कन्टेनरहरूमध्ये धेरैमा नेपालका व्यवसायीहरूले चीनबाट ल्याइरहेका सामान लोड रहेको र ढुवानी अवरुद्ध हुँदा व्यवसायीहरू ठूलो आर्थिक संकटमा परेको महासंघले जनाएको छ । महासंघले परराष्ट्र मन्त्रालयलाई चीन सरकारसँग समन्वय गरी केरुङ नाकामा रोकिएका कन्टेनरहरू छिटो नेपाल ल्याउने प्रक्रिया सहज बनाउन आग्रह गरेको छ। महासचिव बाँनियाले भने, “यस विषयमा बुधबार परराष्ट्र मन्त्रालयका सचिवसँग भेटघाट पनि भएको छ ।

व्यवसायीहरूको समस्या विस्तृत रूपमा राख्दा मन्त्रालयले सकारात्मक प्रतिक्रिया व्यक्त गर्दै आवश्यक पहल गर्ने आश्वासन दिएको छ ।” यसैबीच, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सडक विभागको यान्त्रिक कार्यालय नुवाकोटले रसुवागढी बाढीबाट क्षतिग्रस्त भएका सवारीसाधनहरूको मर्मत खर्च सम्बन्धी विस्तृत मूल्याङ्कन विवरण तयार पारेको छ ।कार्यालयका अनुसार बाढीले क्षति पु¥याएका सात वटा मालवाहक कन्टेनर ट्रकहरूको अनुमानित मर्मत खर्च करिब २४ लाख ३० हजार रुपैयाँभन्दा बढी हुने देखिएको छ । यान्त्रिक कार्यालयका अनुसार सवारी साधनहरू ढोका लक अवस्थामा भएकाले पूर्ण निरीक्षण गर्न कठिनाइ भएको र प्रतिवेदन बाहिरी निरीक्षणका आधारमा तयार पारिएको हो । त्यसैले वास्तविक मर्मत खर्च फरक पर्न सक्ने उल्लेख गरिएको छ ।

महासंघका महासचिव बाँनियाले बाढीपछिको लामो ठप्प अवस्थाका कारण सदस्य व्यवसायीहरू गम्भीर आर्थिक संकटमा परेका बताउँदै, चीनतर्फ रोकिएका कन्टेनरहरू छिटो नेपाल ल्याउन र क्षतिग्रस्त सवारी साधनहरूको मर्मत प्रक्रिया सहज बनाउन सरकारको सक्रिय पहल अपरिहार्य रहेको बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२०३५ सालमा रेडियो चोरी गरेका व्यक्ति ४७ वर्षपछि पक्राउ
२०३५ सालमा रेडियो चोरी गरेका व्यक्ति ४७ वर्षपछि पक्राउ
बागमती प्रदेश श्रम सल्लाहकार परिषद्को दोस्रो पूर्ण बैठक सम्पन्न, रोजगारी र श्रमिक अधिकारमा जोड
बागमती प्रदेश श्रम सल्लाहकार परिषद्को दोस्रो पूर्ण बैठक सम्पन्न, रोजगारी र श्रमिक अधिकारमा जोड
जंगली हात्तीको आक्रमणबाट एक युवकको मृत्यु
जंगली हात्तीको आक्रमणबाट एक युवकको मृत्यु
पर्यटनमन्त्री किरातीलाई तत्काल बर्खास्त गर्न माग गर्दै पशुपतिक्षेत्रमा बिरोध प्रदर्शन
पर्यटनमन्त्री किरातीलाई तत्काल बर्खास्त गर्न माग गर्दै पशुपतिक्षेत्रमा बिरोध प्रदर्शन
नेपाल पर्यटन बोर्ड र कोशी प्रदेश सरकारबीच कोशी भ्रमण वर्षबारे समझदारी पत्रमा सम्झौता
नेपाल पर्यटन बोर्ड र कोशी प्रदेश सरकारबीच कोशी भ्रमण वर्षबारे समझदारी पत्रमा सम्झौता
भारतमा हेलिकप्टर दुर्घटना, पाँच जनाको मृ*त्यु
भारतमा हेलिकप्टर दुर्घटना, पाँच जनाको मृ*त्यु
नयाँ शक्तिको अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित
नयाँ शक्तिको अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित
संसदमा राष्ट्रिय सूचना आयोगको प्रतिवेदन पेस हुँदै
संसदमा राष्ट्रिय सूचना आयोगको प्रतिवेदन पेस हुँदै
पर्यटन पूर्वाधार विकासका लागि ५ अर्ब ४६ करोड बजेट
पर्यटन पूर्वाधार विकासका लागि ५ अर्ब ४६ करोड बजेट
आर्थिक वर्ष सकिनै लाग्दा सांसदका योजनामा बजेट थप्दै बागमती सरकार
आर्थिक वर्ष सकिनै लाग्दा सांसदका योजनामा बजेट थप्दै बागमती सरकार