मधेश सरकार गठनविरुद्ध ७४ सांसदको हस्ताक्षरसहित सर्वोच्च पुगे दलहरू
२५ कात्तिक, जनकपुरधाम ।
मधेश प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध सांसदहरूले सर्वोच्च अदालतमा रिट हाल्ने भएका छन् । संविधानको धारा १६८ को उपधारा ३ बमोजिम गठन भएको सरकारविरुद्ध दलहरू सर्वोच्च अदालत पुगेका छन् । उनीहरु मधेशका ७४ प्रदेश सांसदको हस्ताक्षरसहित दलहरु रिट दिन सर्वोच्चमा पुगेका हुन् । नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादव, जसपा नेपालका संसदीय दलका नेता सरोजकुमार यादव, माओवादी केन्द्र संसदीय दलका उपनेता युवराज भट्टराई, लोसपा संसदीय दलका नेता जयलुन राइन्सहितका नेताहरु सर्वोच्च पुगेका हुन् ।





Post Comment