नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, कार्तिक २४, २०८२
|
|
७३ पटक हेरिएको
Shares
नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त

सारांश

  • नेपाल प्रहरीको महानिरीक्षकमा एआईजी दानबहादुर कार्की नियुक्त भएका छन् ।
  • उनी काठमाडौं उपत्यका कार्यालय, रानीपोखरीमा कार्यरत छन् ।
  • सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई महानिरीक्षक नियुक्त गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

२४ कात्तिक, काठमाडौं ।

नेपाल प्रहरीको महानिरीक्षकमा एआईजी दानबहादुर कार्की नियुक्त भएका छन् । उनी काठमाडौं उपत्यका कार्यालय, रानीपोखरीमा कार्यरत छन् ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई महानिरीक्षक नियुक्त गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । प्रहरी नियमावलीमा उल्लेख रहेको ३० वर्षे सेवा अवधिका कारण वर्तमान आईजीपी चन्द्रकुवेर खापुङ २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा जाँदैछन् । त्यसअघि नै आज सरकारले नयाँ महानिरीक्षक नियुक्त गरेको हो । २४ भदौमा जेनजी आन्दोलन हुँदा कार्कीले उपत्यकाको कमाण्ड सम्हालेका थिए ।

२३ भदौमा भने उपत्यकाको कमाण्ड एआईजीविहीन थियो । उपत्यका कमाण्ड सम्हाल्नुअघि उनी प्रहरी प्रधान कार्यालयस्थित मानव स्रोत साधन विभागको प्रमुख थिए । डीआईजी हुँदा भने उनले लुम्बिनी प्रदेशको कमाण्ड सम्हाले । एसएसपीको जिम्मेवारीमा उनले काठमाडौं जिल्ला प्रहरी परिसरको कमाण्ड सम्हाल्दा भुटानी शरणार्थी प्रकरणको मुद्दा चलेको थियो । चुनौतीपूर्ण मानिने काठमाडौं जिल्लादेखि उपत्यकाको कमाण्ड सम्हालेका कार्कीले इमान्दार प्रहरी अधिकृतको परिचय बनाएका छन् । कुनै ठूलो आर्थिक विवादमा नमुछिएका कार्कीसँग फिल्डदेखि आईजीपी सचिवालयसम्म बसेर काम गरेको अनुभव छ । विदेशमा विभिन्न तालिम लिइसकेका उनी नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता समेत भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौँका नदी र खोलाबाट स्वयंसेवकद्वारा फोहर सङ्कलन
काठमाडौँका नदी र खोलाबाट स्वयंसेवकद्वारा फोहर सङ्कलन
भोटेकोशीको बाढीमा परेका ९०३ जनाको शव भेटियो, १०, ४५१ को उद्धार
भोटेकोशीको बाढीमा परेका ९०३ जनाको शव भेटियो, १०, ४५१ को उद्धार
ब्राउन सुगरसहित २ जना पक्राउ
ब्राउन सुगरसहित २ जना पक्राउ
चाँदी आयातमा भारतको नयाँ कडाइ, उच्च शुद्धतायुक्त सिल्भर ‘रिस्ट्रिक्टेड’ सूचीमा
चाँदी आयातमा भारतको नयाँ कडाइ, उच्च शुद्धतायुक्त सिल्भर ‘रिस्ट्रिक्टेड’ सूचीमा
बैतडीमा जीप दुर्घटना : २ जनाको मृत्यु, ४ घाइते
बैतडीमा जीप दुर्घटना : २ जनाको मृत्यु, ४ घाइते
आज राति बागमती प्रदेशका पहाडी भागमा भारी वर्षा हुने पूर्वानुमान
आज राति बागमती प्रदेशका पहाडी भागमा भारी वर्षा हुने पूर्वानुमान
सांसद खरेलको सम्पर्क कार्यालय उद्घाटन, चुनाव जितेपछि हराउने प्रथाको अन्त्य गर्ने उद्देश्य
सांसद खरेलको सम्पर्क कार्यालय उद्घाटन, चुनाव जितेपछि हराउने प्रथाको अन्त्य गर्ने उद्देश्य
जाजरकोट भूकम्पका घाइतेलाई केएमसीमा निःशुल्क उपचार गरिने
जाजरकोट भूकम्पका घाइतेलाई केएमसीमा निःशुल्क उपचार गरिने
एआईजी बढुवा नहुँदा ६ विभाग एक महिनादेखि डीआईजीको भरमा
एआईजी बढुवा नहुँदा ६ विभाग एक महिनादेखि डीआईजीको भरमा
आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै
आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै