Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

कुलमान घिसिङको पार्टीको नाम उज्यालो नेपाल रहने सहमति, चुनाव चिह्न चिम

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, कार्तिक २४, २०८२
|
|
३३ पटक हेरिएको
Shares
कुलमान घिसिङको पार्टीको नाम उज्यालो नेपाल रहने सहमति, चुनाव चिह्न चिम

सारांश

  • उर्जामन्त्री कुलमान घिसिङको पार्टीको नाम उज्यालो नेपाल रहने सहमति भएको छ ।
  • तत्कालको लागि पूर्वसचिव अनुपकुमार उपाध्यायको संयोजकत्वमा अरु सबै सदस्य रहने गरी निर्वाचन आयोगमा पार्टी दर्ता हुने भएको हो ।
  • चुनाव चिह्न भने बिजुलीको चिम नै रहने भएको छ ।

२४ कात्तिक, काठमाडौं।

उर्जामन्त्री कुलमान घिसिङको पार्टीको नाम उज्यालो नेपाल रहने सहमति भएको छ । तत्कालको लागि पूर्वसचिव अनुपकुमार उपाध्यायको संयोजकत्वमा अरु सबै सदस्य रहने गरी निर्वाचन आयोगमा पार्टी दर्ता हुने भएको हो । चुनाव चिह्न भने बिजुलीको चिम नै रहने भएको छ । यसअघि नेपाल जनसेवा पार्टी राख्ने सहमति भइसके पनि आइतबार राति बसेको बैठकले उज्यालो नेपाल नै पार्टीको नाम लिएर आयोग जाने सहमति गरेको हो । तत्कालको लागि कोही पदाधिकारी नहुने कुलमान घिसिङनिकट एक नेताले बताए ।

उनकाअनुसार अहिले उपाध्यायको संयोजकत्वमा ५१ जनाको केन्द्रीय कमिटी आउने छ । ‘सुमना जी, अरु केही पदाधिकारीमा रहने साथीहरू पछि दोस्रो चरणमा जोडिनुहुन्छ। अहिलेको लागि प्लेन नै आउँछ,’ ती नेताले भने, ‘अहिले हामी माइन्यूटिङ र हस्ताक्षरको काम गर्दैछौँ । सम्भव भएसम्म आज ४ बजेसम्म टुंगाएर आजै दर्ताको प्रयास हुन्छ। नभए भोलि।’ अहिले केन्द्रीय कमिटीमा रहनेको नाम टुंगाउनको लागि छलफल चलिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?