महानगरपालिकाभित्र फोहर, प्लाष्टिक तथा प्लाष्टिकजन्य बस्तु बाल्न प्रतिवन्ध

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक २३, २०८२
|
|
३२ पटक हेरिएको
Shares
महानगरपालिकाभित्र फोहर, प्लाष्टिक तथा प्लाष्टिकजन्य बस्तु बाल्न प्रतिवन्ध

सारांश

  • काठमाडौं महानगरपालिकाको खुला ठाउँमा प्लाष्टिक, प्लाष्टिकजन्य बस्तु र फोहर बाल्न रोक लगाएको छ ।
  • चिसो बढेसँगै फोहर, प्लाष्टिक र अन्य बस्तु खुला ठाउँमा बाल्ने क्रम बढेको भन्दै यस्ता बस्तु बाल्न रोक लगाइएको वातावरण व्यवस्थापन विभागले जनाएको छ ।
  •  विभागका अनुसार जाडो महिनामा काठमाडौं उपत्यकाको वायु प्रदुषणको स्तर अत्याधिक रुपमा बढ्ने गरेको छ ।

२३ कात्तिक, काठमाडौं ।

काठमाडौं महानगरपालिकाको खुला ठाउँमा प्लाष्टिक, प्लाष्टिकजन्य बस्तु र फोहर बाल्न रोक लगाएको छ । चिसो बढेसँगै फोहर, प्लाष्टिक र अन्य बस्तु खुला ठाउँमा बाल्ने क्रम बढेको भन्दै यस्ता बस्तु बाल्न रोक लगाइएको वातावरण व्यवस्थापन विभागले जनाएको छ ।  विभागका अनुसार जाडो महिनामा काठमाडौं उपत्यकाको वायु प्रदुषणको स्तर अत्याधिक रुपमा बढ्ने गरेको छ । प्रदुषण बढ्नमा यसरी खुला रुपमा बालिने बस्तुको महत्वपूर्ण हिस्सा रहेको विभागका प्रमुख सरिता राईले बताइन् । उनले भनिन्, ‘जनस्वास्थ्य र वातावरणमा पर्ने प्रतिकुल असर घटाउन यसप्रकारको निर्णय गरिएको हो ।’

वायु प्रदुषणले बालबालिका, जेष्ठ नागरिक, दम खोकी जस्ता श्वासप्रश्वासका बिरामी, मुटुमा समस्या भएका तथा दीर्घ रोगको सामना गरिरहेका व्यक्तिहरुलाई बढी असर गर्छ । ती व्यक्तिहरुसँगै सहरबासी सबैको स्वास्थ्य र वातावरण जोगाउन खुला रुपमा बस्तु बालेर धुँवा उत्सर्जन घटाउनुपर्छ । राईले भनिन्, ‘महानगरपालिकाले जारी गरेको प्रतिबन्ध सम्बन्धी अनुरोध कसैले अटेर गरेमा काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ तथा आर्थिक ऐन, २०८२ बमोजिम कारबाही हुनेछ ।’ यस व्यवस्था बमोजिम प्रतिपटक १० हजार रुपियाँ जरिवाना हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्माण व्यवसायी संघ धनुषाको कोषाध्यक्ष यादवको उम्मेदवारी
निर्माण व्यवसायी संघ धनुषाको कोषाध्यक्ष यादवको उम्मेदवारी
विश्नोईको नाममा धम्की दिएको आरोपमा पक्राउ परेका व्यक्ति झापाका हरिचन्द्र
प्रतिपक्षीको बहिस्कारबीच मधेशमा मुख्यमन्त्री यादवले लिए विश्वासको मत
प्रतिपक्षीको बहिस्कारबीच मधेशमा मुख्यमन्त्री यादवले लिए विश्वासको मत
सर्लाहीको लालबन्दीमा करेन्ट लागेर एक जनाको मृ*त्यु
सर्लाहीको लालबन्दीमा करेन्ट लागेर एक जनाको मृ*त्यु
उपनिर्वाचनका ४१० उम्मेदवारमध्ये २ जनाविरुद्ध  उजुरी, को हुन् ती ? के छ आरोप ?
उपनिर्वाचनका ४१० उम्मेदवारमध्ये २ जनाविरुद्ध उजुरी, को हुन् ती ? के छ आरोप ?
धनगढीमा टिप्परको ठक्करबाट पैदल यात्रीको मृ*त्यु
धनगढीमा टिप्परको ठक्करबाट पैदल यात्रीको मृ*त्यु
संसद् छाडेर बाहिरिए राप्रपाका सांसद
संसद् छाडेर बाहिरिए राप्रपाका सांसद
पत्रकार यादवको हत्या योजनाको सिसिटीभी भिडियो फेला, धनुषा प्रहरी सख्त
पत्रकार यादवको हत्या योजनाको सिसिटीभी भिडियो फेला, धनुषा प्रहरी सख्त
पक्राउ परेको ९ दिनमै मधेश प्रदेशका पूर्वप्रमुख अहिराजविरुद्ध मुद्दा दायर
पक्राउ परेको ९ दिनमै मधेश प्रदेशका पूर्वप्रमुख अहिराजविरुद्ध मुद्दा दायर
आईपीएल क्रिकेटमा आज कोलकाता र पञ्जाब खेल्दै
आईपीएल क्रिकेटमा आज कोलकाता र पञ्जाब खेल्दै