सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

प्रधानमन्त्रीको सचिवालयबाट कार्यरत १३ जना हटाइए

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, माघ २, २०८०
|
|
४७ पटक हेरिएको
Shares
प्रधानमन्त्रीको सचिवालयबाट कार्यरत १३ जना हटाइए

सारांश

  • प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको स्वकीय सचिवालयमा कार्यरत १३ जना हटाइएका छन् ।
  • एक वर्षको कार्यकालको समीक्षापछि प्रचण्डले स्वकीय सचिवालयबाट १३ जना हटाएका हुन् ।
  • १ माघदेखि सचिवालयका एक स्वकीय सहसचिव, ४ जना स्वकीय उपसचिव, एक स्वकीय शाखा अधिकृत, २ जना प्रशासन सहायक, २ जना कम्प्युटर सहायक र २ जना हलुका सवारी चालक जिम्मेवारी मुक्त भएका हुन् ।

२ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको स्वकीय सचिवालयमा कार्यरत १३ जना हटाइएका छन् । एक वर्षको कार्यकालको समीक्षापछि प्रचण्डले स्वकीय सचिवालयबाट १३ जना हटाएका हुन् ।

१ माघदेखि सचिवालयका एक स्वकीय सहसचिव, ४ जना स्वकीय उपसचिव, एक स्वकीय शाखा अधिकृत, २ जना प्रशासन सहायक, २ जना कम्प्युटर सहायक र २ जना हलुका सवारी चालक जिम्मेवारी मुक्त भएका हुन् । प्रधामनन्त्रीका प्रमुख स्वकीय सचिव सन्तु दरैकाअनुसार स्वकीय सहसचिव रहेका नारायणप्रसाद ढुंगानासहित सचिवालयका १३ जनालाई एक वर्षको योगदानको लागि धन्यवादसहित बिदा गरिएको हो । स्वकीय उपसचिवहरु रमेशप्रसाद गुरागाईं, ओमकुमारी पौडेल, सावित्रीकुमारी अधिकारी र कलबहादुर नाथ विदा भएका छन् । स्वकीय शाखा अधिकृत लाले कुमालसँगै प्रशासन सहायकद्वय युवराज शाह र रामलाल पराजुली पनि हटाइएका छन् । कम्प्युटर सहायक बासुदेव शर्मा र खड्क योगीसँगै कार्यालय सहयोगी अविनाश वाइवा पनि प्रधानमन्त्रीको सचिवालयबाट बिदा भएका छन् । हलुका सवारी चालकहरु रमेशप्रसाद घिमिरे पवित्रबहादुर शाही पनि सचिवालयबाट हटेका छन् ।

‘प्रधामनन्त्री कार्यालयको सचिवसहित विभिन्न पदको दरबन्दी कटौती गरेर चुस्त बनाउने क्रममा सचिवालयमा पनि कटौती गरिएको हो,’ प्रमुख स्वकीय सचिव दरैले भने,‘यो प्रधामनन्त्रीको अठोट बमोजिमको सुधारको काम हो ।’ १३ जना विदाइ भएपनि सचिवालयका अत्यावश्यक ठाउँमा केही जनशक्ति पनि ल्याइने उनले बताए । सचिवालयमा राष्ट्रिय समाचार समितिबाट हरि लामिछानेलाई लगिएको छ । प्रधामनन्त्रीले अर्थ मामिलाका सल्लाहकार पनि सचिवालयमा थप्न सक्ने अधिकारीहरु बताउँछन् । अहिलेसम्म प्रधामनन्त्रीको स्वीकय सचिवालयमा ३५ जना नियुक्त भएर कार्यरत थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्वराष्ट्रपतिका छोरा र भतिजी बने कांग्रेस समानुपातिक सांसद
पूर्वराष्ट्रपतिका छोरा र भतिजी बने कांग्रेस समानुपातिक सांसद
प्रधानमन्त्री कार्कीले गरिन् जेनजी आन्दोलका घाइतेहरूसँग छलफल
प्रधानमन्त्री कार्कीले गरिन् जेनजी आन्दोलका घाइतेहरूसँग छलफल
यी दुई सर्त पूरा नभए आफू अन्तरिम सरकारको नेतृत्व लिन नसक्ने कार्कीकाे अडान !
यी दुई सर्त पूरा नभए आफू अन्तरिम सरकारको नेतृत्व लिन नसक्ने कार्कीकाे अडान !
सूर्यविनायक–धुलिखेल सडकको काम समयमै सकिँदैनः आयोजना
सूर्यविनायक–धुलिखेल सडकको काम समयमै सकिँदैनः आयोजना
सिन्धुपाल्चोकको माझीटार केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प
सिन्धुपाल्चोकको माझीटार केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प
मोटरसाइकलको ठक्करबाट एक साइकल यात्रीको मृत्यु
मोटरसाइकलको ठक्करबाट एक साइकल यात्रीको मृत्यु
सरकारले कुलमान घिसिङलाई हटाएकोमा विपक्षीहरूले गरे प्रतिनिधि सभामा विरोध (लाइभ)
सरकारले कुलमान घिसिङलाई हटाएकोमा विपक्षीहरूले गरे प्रतिनिधि सभामा विरोध (लाइभ)
ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, चालक फरार
ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, चालक फरार
उच्च अदालतको आदेशपछि घरबाटै पक्राउ परे रवि लामिछाने
उच्च अदालतको आदेशपछि घरबाटै पक्राउ परे रवि लामिछाने
पार्टीका केही साथीहरुको प्रवृत्ति आत्माघाती छ: डा.महत
पार्टीका केही साथीहरुको प्रवृत्ति आत्माघाती छ: डा.महत