मधेश प्रदेशसभा : मुख्यमन्त्रीको विश्वासको मत प्रक्रिया सुरु, रोक्न लोसपाको माग

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, कार्तिक २२, २०८२
|
|
२२ पटक हेरिएको
Shares
मधेश प्रदेशसभा : मुख्यमन्त्रीको विश्वासको मत प्रक्रिया सुरु, रोक्न लोसपाको माग

सारांश

  • मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले लिन लागेको विश्वासको मतको मत विभाजन प्रक्रिया सुरु भएको छ ।
  • केहीबेर अघिबाट मत विभाजन प्रक्रिया सुरु भएको हो ।
  • बैठकमा सुरुमा प्रतिपक्षी मात्र उपस्थित थिए ।

२२ कात्तिक, काठमाडौं ।

मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले लिन लागेको विश्वासको मतको मत विभाजन प्रक्रिया सुरु भएको छ । केहीबेर अघिबाट मत विभाजन प्रक्रिया सुरु भएको हो । बैठकमा सुरुमा प्रतिपक्षी मात्र उपस्थित थिए । अहिले केही सत्तापक्षका सांसदहरू पनि पुगेका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले केहीबेर प्रक्रिया रोक्न माग गरेको छ ।

सभामुख रामचन्द्र मण्डलले मत विभाजन प्रक्रिया सुरु गरेका छन् । १०७ सदस्य प्रदेश सभामा प्रदेश सभामा सरकारको लागि ५४ आवश्यक बहुमत हो । जनमतबाट जनस्वाराज पार्टीमा सनाखत गरेका निवर्तमान मुख्यमन्त्री सतिशकुमारसिंह र त्रिभुवन शाह प्रदेश सभामा अनुपस्थित छन् । मधेश प्रदेश सभामा सत्ता गठबन्धन लोसपाको ८, जसपा नेपालको १८, जनमतको १३, नेकपा माओवादी केन्द्रको ९ र एकीकृत समाजवादीको ७ सिट छ । नागरिक उन्मुक्ति पार्टीले उनलाई विश्वासको मत दिने निर्णय गरिसकेको छ । तर मत दिने आश्वासन दिएको संघीय समाजवादी पार्टीका सांसद बिमला अन्सारी आज अनुपस्थित छिन् । माओवादी केन्द्रका प्रदेश सांसद रहवर अन्सारी र माला राईले आज सदनमै विद्रोह गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा दीपक अर्याल नियुक्त
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा दीपक अर्याल नियुक्त
पिना–गमगढी सडक स्तरोन्नतिका लागि १५ करोड बढी बजेट
पिना–गमगढी सडक स्तरोन्नतिका लागि १५ करोड बढी बजेट
शिक्षक महासंघले फेरि दियो आन्दोलनको चेतावनी
शिक्षक महासंघले फेरि दियो आन्दोलनको चेतावनी
महालेखा परीक्षकमा तोयम राया सिफारिस
महालेखा परीक्षकमा तोयम राया सिफारिस
१ लाख १० हजारका कारण सर्लाहीका  एक युवकको हत्या , शव वर्कसपमै खाल्डो खनेर गाडियो , यी हुन पक्राउ परेका अभियुक्तहरु
१ लाख १० हजारका कारण सर्लाहीका एक युवकको हत्या , शव वर्कसपमै खाल्डो खनेर गाडियो , यी हुन पक्राउ परेका अभियुक्तहरु
बुढानीलकण्ठको थानेडाँडा वनमा एक युवक मृत फेला
बुढानीलकण्ठको थानेडाँडा वनमा एक युवक मृत फेला
मधेशका दुई मन्त्रीलाई फिर्ता बोलाउने जनमतको तयारी
मधेशका दुई मन्त्रीलाई फिर्ता बोलाउने जनमतको तयारी
कीर्तिपुर क्रिकेट रङ्गशालाका गुरुयोजना स्वीकृत, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण
कीर्तिपुर क्रिकेट रङ्गशालाका गुरुयोजना स्वीकृत, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण
८४ दिनका लागि ५० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
८४ दिनका लागि ५० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
किसानलाई आधुनिक र व्यावसायिक बनाउँदै मालारानी
किसानलाई आधुनिक र व्यावसायिक बनाउँदै मालारानी